जन्मिएको केही महिनापछि शिशुलाई आँखामा गाजल लगाइदिएर चिटिक्क पार्ने चलन छ । त्यसै त बच्चा सुन्दर हुन्छन्, गाजलले झनै ‘क्युट’ देखिन्छन् उनीहरु । गाजल लगाइदिनाले आँखामा चिसो नपस्ने र आँखा पनि ठूलो हुन्छ भन्ने सोच समाजमा देखिन्छ । तर यो कति सही छ त ?
शिशुको आँखामा गाजल लगाइदिन जरुरी नभएको बाल नेत्ररोग विशेषज्ञ डा. सुजाता भण्डारी बताउँछिन् । । ‘आँखा त्यसै सुन्दर हुन्छ, बच्चाको आँखामा गाजल लगाउन जरुरी हुँदैन । यसले आँखामा विभिन्न समस्या ल्याउन सक्छ,’ उनी भन्छिन् ।
पछिल्लो समय भएका अध्ययनले पनि नवजात शिशुको आँखामा गाजल लगाउनु हानिकारक हुनसक्ने देखाएका छन् ।
आँखामा गाजल लगाउँदा चिसो नपस्ने भन्ने कुरामा पनि सत्यता छैन डा. भण्डारी भन्छिन्, नवजात शिशुको आँखा धेरै संवेदनशील हुन्छ । यस्तो अवस्थामा गाजल लगाउँदा त्यसमा हुने रसायनको प्रयोगले बच्चालाई हानि पुर्याउन सक्छ ।’
गाजल लगाउँदा आँखा रातो हुने, पोल्ने, संक्रमण हुने समस्या आउँछ । गाजलले आँसु आउने बाटो अवरुद्ध पार्ने भएकाले झन् धेरै आँसु बग्ने समस्या बढ्ने डा. भण्डारी बताउँछिन् । गाजलले कोही कोही बच्चामा एलर्जीसमेत गराउँछ ।
अझ बजारमा किनेको गाजलमा अत्यधिक केमिकल हुने भएकाले आँखादेखि शरीरका अन्य अंगमा पनि क्षति गर्न सक्ने डा. भण्डारी बताउँछिन् ।






Discussion about this post