• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:13:05+05:45301320266 2026-06-04T08:13:05+05:45000000Thu, 04 Jun 2026 08:13:05 +0545Thu, 04 Jun 2026 08:13:05 +0545Asia/Kathmandu630_301306Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000005Asia/Kathmandu 620266-8Jun+0545 301306Asia/Kathmandu0530am06p, 0000006ThursdayAsia/Kathmandu0505 262026000000 k620264 3008Asia/Kathmandu 0413ffAsia/KathmanduThu, 04 Jun 2026 08:13:05 +0545Asia/Kathmandu62026-06-04T08:13:05+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:13:05 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 13f ( '301306Asia/Kathmandu0530am06p' === $3026pAsia/Kathmandu || '1780540085' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:13:05 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:13:05 +05456 $80630 ? 301306Asia/Kathmandu() : 301306Asia/Kathmandu() + (13630) ( 8Asia/Kathmandu30_2026p301320266( '80630_2026ff05Asia/Kathmandu30' ) * 08+05451780540085R_04_thEC+05454Thuth ); } 13f ( '062605qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:13:05'; } $301306Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451306Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780540085+0545C' ) : 4p_301306Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301306Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451306Asia/Kathmandu( '620264', $301306Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:13:05 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:13:05 +05456 $04am30Asia/Kathmandu301306Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:13:05 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

वैशाख महिना शुभ-अशुभ कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् मासिक राशिफल !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो महिना सुर्यको गोचर तपाईंको राशिमा अर्थात् लग्नमा हुनेछ। यो महिना तपाईंले पेसा, व्यवसाय, रोजगारी आदिमा राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । तपाईं सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईंलाई फाइदा हुनेछ । यस समयमा तपाईं मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाईं भित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा वृद्धि हुनेछ । पदोन्नति वा स्तरवृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथसहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । लक्ष्य प्राप्त गर्न प्रयास गर्दा सफलता मिल्नेछ। आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ जसले तपाईंमा अहंकार को भावना पनि विकसित हुनसक्छ । स्वास्थ्यमा सामान्य उतारचढाव आउन सक्छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट बाह्रौं भावमा हुनेछ । यो महिना विदेश जान चाहनेहरुको काम पुरा हुन सक्छ भने विदेशमा रहने व्यक्तिहरुले केहि सफलता वा प्रगति गर्ने सामान्य सम्भावना रहन्छ। यो महिना वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सामान्य समय छ । छात्रछात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । छैटौं भावमा सूर्यको पूर्णदृष्टि हुने भएकाले यस अवधिमा मुद्दामामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त हुनसक्छ भने शत्रुहरूमाथि प्रभुत्व जमाउन सक्ने सम्भावना छ । अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्छ । यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु राम्रो हुन्छ । टाउको दुख्ने वा ज्वरोजस्ता समस्याले दुःख दिनसक्छ । पारिवारिक तथा प्रेम जीवनमा पनि केहि असमझदारी तथा झगडाहरुको सम्भावना रहेकाले मिलेर समझदारीमा रहनुपर्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट एघारौँ भावमा हुनेछ। तपाईंका लागि यो समय राम्रो रहन सक्छ । यो समयमा तपाईंको आम्दानी बढ्न सक्छ । कार्यालयमा उच्च तहका कर्मचारीले सहयोग र समर्थन गर्नेछन्। तपाईंले नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्नसक्छ । हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रसन्न रहने छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठामा अझ वृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता को तैयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो । यस पटकको मिहिनेतले नयाँ जागीर तपाईंको हातमा आउने छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवारप्रशंसा पाउने योग छ । यस समयमा गरिएका कारोबारहरू सफल हुनेछन् । पारिवारिक जीवन पनि राम्रो रहन सक्छ र परिवारको साथसहयोग मिल्न सक्छ। आय आर्जनका मार्गमा सुधार आउने छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट दशम भावमा हुनेछ । यो समय तपाईंको लागि राम्रो रहन सक्छ। व्यवसायीहरूले आफ्नो व्यापारिक क्षेत्रमा उन्नति गर्ने समय छ । यस अवधिमा तपाईंको मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्त्वपूर्ण र साहसी निर्णय लिने महिना पनि हो । व्यापारीहरूले राम्रो मुनाफा कमाउने समय हो । कमाएको धन सञ्चित हुन सक्छ । रोकिएका कामहरु पनि यो समयमा पूरा हुन सक्छन्। विद्यार्थीले चाहेको उपलब्धी हासिल गर्नसक्ने समय हो । समग्रमा यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने महिना रहनेछ। मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नु हुनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट नवम भावमा हुनेछ । शरीरमा उत्साह र ऊर्जा रहनेछ भने मानसम्मान र प्रतिष्ठामा वृद्धि हुन सक्छ। भाग्यले राम्रो साथ दिन सक्छ । कार्यक्षेत्र र व्यापारको क्षेत्रमा पनि सकारात्मक समय हुनेछ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । यो सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय पनि हो । सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा रुचि हुनेछ। अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्धामा सफल हुन सकिन्छ। उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धन आर्जनका दृष्टिले राम्रै समय छ । पिताको स्वास्थ्यमा समस्या आउन सक्छ ।दैनिक खर्चमा वृद्धि हुन सक्छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट अष्टम भावमा हुनेछ । दुर्घटना हुने सम्भावना भएकाले सवारी चलाउँदा, हिड्दा विचार पुर्याउनुपर्छ । काममा विघ्नबाधा वा ढिलासुस्ती हुन सक्छ भने कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुनु आवश्यक छ । व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन शत्रुहरू सक्रिय हुनेछन । शत्रुहरुले तपाईंका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन्। त्यस्तै व्यापारमा पनि घाटा हुनसक्छ । यस अवधिमा बोलीमा सचेतता अपनाउनु र विवादबाट जोगिने प्रयास गर्नु उत्तम हुनेछ । स्वास्थ्यस्थितिप्रति समेत सचेत भएर खानपान र आहारविहारको अनुशासन पालना गर्नु उत्तम हुनेछ । खर्च बढ्न सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट सप्तम भावमा हुनेछ । सप्तम भाव साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो । यो महिना तपाईको बोलीमा विशेष प्रभाव हुने र व्यवहारमा कुशलता देखिने समय हो । तपाईंको जीवनसाथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय छ । प्रेम जीवन सामान्य हुनेछ । धार्मिक क्रियाकलापमा झुकाव बढ्ने छ । व्यापारमा संलग्नहरूका लागि राम्रो कारोबार हुने महिना छ । समग्रतामा व्यापार र कार्यक्षेत्रमा उल्लेखनीय काम गर्ने महिना छ । यो समयमा कार्यक्षेत्रमा व्यवसायिक साझेदारसँग मतभेद बढ्न सक्छ। त्यस्तै यो मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले सानातिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । निरङ्कुश बानी र कडापन पनि तपाईंका कमजोरी बन्नसक्छन। विद्यार्थीले उचित मेहनत गर्दा सफलता प्राप्त गर्न सक्छन्।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो महिना सूर्यको गोचर तपाईंको राशिबाट छैठौं भावमा हुनेछ। यो महिना तपाईंको लागि फाइदाजनक रहन सक्छ। यो समयमा तपाईंले अचल सम्पत्तिको खरिद गर्ने योजना बनाउन सक्ने सम्भावना देखिन्छ । त्यस्तै जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवाद छ भने समस्या समाधान हुनसक्छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । पछाडि कुरा काट्नेहरू आफैं चुप लाग्नेछन । कुनै विशेष कार्य योजना बनाउँदै हुनुहुन्छ भने गोपनीयतामा जोड दिनुहोला । सरकार, प्रशासन वा अड्डा अदालतका काममा सफलता मिल्नेछ । तर छैटौं भाव झगडा र रोगको घर भएकाले समय अनुकूल नै भए पनि व्यक्तिगत स्वास्थ्य र आहारविहारमा सचेतता अपनाउनु जायज हुनेछ । रिस र आवेगमाथि भने कन्ट्रोल गर्नु आवश्यक छ । जीवनसाथीको स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनु आवश्यक छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
यो महिना सूर्यको गोचर तपाईंको राशिबाट पञ्चम भावमा हुनेछ। यो महिना तपाईंको कार्यक्षेत्र र व्यापारमा उन्नति हुन सक्छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय छ । सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले राम्रो कमाइ गर्ने समय आएको छ । यस अवधिमा विद्यार्थीहरूका लागि केही समस्या उत्पन्न हुने समय छ, पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय व्यवस्थापन गर्न आवश्यक छ । अन्यथा पछाडी परिनेछ । पेसा वा व्यवसायमा फेरबदल गर्ने चाहना हुनेले यो महिना गरेको प्रयास लाभदायी हुनेछ ।स्वास्थ्य पनि उचित ध्यान दिनु आवश्यक छ। गृहस्थीहरूका लागि छोराछोरीको चिन्ताले सताउने समय छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । प्रेम प्रसंगका लागि यो त्यत्ति राम्रो महिना देखिंदैन । प्रेम जीवनमा उतारचढाव आउनेछ। आफ्नो सम्बन्ध प्रति जिम्मेवार बन्नु आवश्यक छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
यो महिना सूर्यको गोचर तपाईंको राशिबाट चौथो भावमा हुनेछ। आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । यो समयावधि व्यावसायिक गतिविधिमा संलग्न व्यक्तिले पर्याप्त लाभ पाउने महिना हुनेछ । आयआर्जनका नयाँनयाँ अवसरहरू मिल्नेछन । भौतिक सामाग्री, भोगविलास र सुखसुविधामा बृद्धि हुने समय हो, कमाएको धन सञ्चित गर्न कठिन हुनेछ। सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा बृद्धि हुनेछ । सहकर्मीहरूको समर्थन प्राप्त हुनेछ । सूर्यले प्रदान गर्ने सकारात्मक फल यी भए पनि चतुर्थ भावमा प्रभावले मानसिक चिन्ता बढ्न सक्नेछ । मातापिताको स्वास्थ्यस्थिति कमजोर हुन सक्छ । खासगरी पिता वा कार्यक्षेत्रमा उच्च अधिकारीसँग मनमुटाव हुन सक्छ। पेटसम्बन्धी समस्या स्वास्थ्यमा आउन सक्छ। प्रेमसम्बन्ध र दाम्पत्यजीवनका लागि सामान्य रहने छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
यो महिना सूर्यको गोचर तपाईंको राशिबाट तृतीय भावमा हुनेछ। यस गोचरको प्रभावले तपाईंमा आत्मबल तथा हिम्मत बढ्नेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । यात्राहरु फलदायी रहन सक्छन् । पारिवारिक जीवन सुखद रहनेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन र दिन सकिनेछ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ । कार्यक्षेत्रमा उन्नतिप्रगतिको अवसर मिल्नेछ । धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ । दान र सहयोग गर्न केही रकम खर्च गर्नुपर्ने हुन्छ । पारिवारिक तथा प्रेम जीवन सामान्य रहन सक्छ। तर भाइबहिनीसँग मनमुटाव हुनसक्ने समय हो, त्यसैले पारिवारिक विवाद र कलहमा सामन्जस्यको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट दोश्रो भावमा हुनेछ । कार्यक्षेत्रमा सफलता प्राप्त हुन सक्छ भने सामाजिक क्षेत्रमा ईज्जत तथा प्रतिष्ठा बढ्नेछ । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ लिन धेरै संघर्ष गर्नु आवश्यक देखिन्छ । दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । सरकारी काम वा उच्च अधिकारीहरूसँगको भेटघाटले केही मुनाफा कमाउने अवसर प्राप्त हुनेछ । सूर्यको यस गोचरको प्रभावले विद्यार्थीहरुले राम्रो नतिजा प्राप्त गर्नेछन । यो महिना प्रेम जीवन र दाम्पत्य सम्बन्धमा उतारचढावका सम्भावना देखिन्छन् । व्यापार र पेसागत जीवनमा पनि शुभफल र सन्तोषजनक परिणाम प्राप्त हुनेछ । यो महिना तपाईको बोलीमा कडापन देखिने छ, त्यसैले यो कुरामा ध्यान दिनु आवश्यक छ । यसै अवधिमा आवेग, क्रोध र अहंकार पनि बढ्ने खतरा छ, शारीरिक तनाव र बोझ बढ्नाले मन विचलित हुनसक्छ सचेत रहनु उत्तम हुनेछ ।

Previous Post

वैशाख ७ गते सूर्यग्रहण लाग्दै,यि हुन् सूर्य ग्रहणका बेला गर्न नहुने १२ कामहरु हेर्नुहोश

Next Post

कन्या राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

कन्या राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In