HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

नेपाल को ३१ जिल्लाका ६४ ठाउँमा आगलागी भयो को छ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

देशका ३१ जिल्लाका ६४ ठाउँमा अहिले पनि डढेलो लागिरहेको छ । सबैभन्दा धेरै चितवनका १२ ठाउँमा डढेलो लागेको छ ।

बर्दियाका ४, बाँके, दाङ र प्युठानका तीन/तीन ठाउँमा डढेलो लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । यस्तै, धादिङ, डोटी, काभ्रे, कैलाली, कपिलवस्तु, मकवानपुर, ओखलढुङ्गा, पाल्पा, पर्सा, रुपन्देही र सिन्धुलीका दुई/दुई ठाउँमा डढेलो लागेको छ ।

यस्तै, उदयपुर, सल्यान, रामेछाप, पर्वत, नुवाकोट, नवलपुर, महोत्तरी, लमजुङ, कास्की, कञ्चनपुर, गुल्मी, दैलेख, डडेल्धुरा र अछामका एक/एक ठाउँमा डढेलो लागेको वन मन्त्रालयको तथ्याङ्कले देखाएको छ । मध्य र पूर्वी नेपालमा केन्द्रित रहेको डढेलो पछिल्ला दिनमा पश्चिम नेपालसम्म फैलिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तराईदेखि मध्य पहाडी वनजङ्गलसम्ममा डढेलो लागेको छ । प्राधिकरणका उपसचिव एवम् डढेलोविद् सुन्दर शर्माका अनुसार कतिपय जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्ने जोखिमसमेत बढेको छ ।

नेपालमा यस वर्ष तुलनात्मक रूपमा डढेलोको जोखिम बढी रहेको पनि शर्माले बताउनुभयो । हिउँदमा पानी कम परेको र गएको वर्ष कम डढेलो लाग्दा जङ्गलमा इन्धन बढी भएकोले यो वर्ष जोखिम बढी भएको उहाँले बताउनुभयो ।

यस्तै, डढेलोका प्रायः सबै घटना मानवीय कारणले हुने गरेका छन् । केही दुर्घटनावश भए पनि धेरैजसो घटना लापारबाहीका कारण हुने गरेका छन् । झन्डै ६५ प्रतिशत डढेलो त मानिसले जानीजानी लगाएको आगोबाट हुने भएकोले स्थानीयवासी सचेत हुनुपर्ने डढेलोविद् शर्माले बताउनुभयो ।

डढेलोका कारण काठमाण्डौसहित मुख्य सहरमा केही दिनदेखि प्रदूषण बढेको छ । अझै तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने देखिएको छ । सुक्खापन बढ्दा र मानवीय लापरबाहीका कारण देशका धेरै वनजङ्गलमा डढेलो लागेको र यही कारण प्रदूषण बढेको विज्ञले बताएका छन् ।

धुवाँ फाल्ने पुराना गाडी र सडकका धुलो लगायतका कारण पनि प्रदूषण बढेको हो । प्रदूषणका कारण रुघाखोकी, दम र निमोनियाका बिरामी बढेका छन् । यस्तै, कतिपयलाई धुवाँधुलोका कारण घाँटीमा सङ्क्रमण भइरहेको छ भने कतिपयलाई एलर्जीको समस्या समेत देखिन थालेको छ।

Previous Post

मनतातो पानी पिउनुहुन्छ ? हुन्छ यस्तो फाइदा !

Next Post

समीक्षा ले लेख्छिन्, ‘म कुनै चरित्रहिन छोरी होइन’

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

समीक्षा ले लेख्छिन्, ‘म कुनै चरित्रहिन छोरी होइन’

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.