चलचित्र जाँच समितिले शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बहाव’मा समावेश चुम्बनको दृश्यलाई लिएर निर्देशक र निर्मातासँग सोधपुछ गरेको छ । बोर्डका पदाधिकारीले चासो दिएर सोधेपछि आफूले फिल्ममा उक्त दृश्यको औचित्य र महत्वबारे बताएको निर्देशक प्रमोद कँडेलले जानकारी दिए ।
फिल्म सुरु भएको केही मिनेटमै सुरक्षा पन्त र पवन श्रेष्ठको झण्डै १८ सेकेण्ड लामो चुम्बन दृश्य आउँछ । बुधबार बेलुका प्रिमियरमा यो दृश्य आएपछि दर्शकले हलमा हुटिङ समेत गरेका थिए ।





Discussion about this post