HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

तपाइको टाउको दुख्छ ? यस्ता राेगकाे हुन सक्छ संकेत

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार, स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

टाउकोको कुनै भागमा महसुस गरिने दुखाइलाई सामान्यतया टाउको दुखेको भनिन्छ । मस्तिष्कको आवरण, धमनी र मांसपेशीमा हुने पीडा नै टाउको दुख्नु हो, यो संवेदनशील हुन्छ । टाउको दुख्नु साझा समस्या हो । अधिकांश व्यक्तिले कहीँ न कहीँ टाउको दुखिरहेको गुनासो गरिरहेका हुन्छन् । खासगरी टाउको दुखाइ पनि विभिन्न प्रकारका हुन्छन् । मेडिकल भाषामा टाउको दुखाइलाई प्राइमरी र सेकेन्डरी गरी दुई भागमा वर्गीकरण गरिएको छ । आजको नयाँ पत्रिकामा डा. दीपेश शाक्यले यसबारे जानकारी दिएका छन् ।

प्राइमरी हेडेक

प्राइमरी हेडेकअन्तर्गत टेन्सन हेडेक, माइग्रेन, कलस्टर आदि पर्छन् । करिब ६५ प्रतिशतमा टेन्सन अर्थात् तनावका कारण टाउको दुख्ने गर्छ । जति तनाव बढ्दै जान्छ, त्यति मात्रामा टाउ को कस्सिएको जस्तो महसुस हुन्छ । टेन्सन हेडेक दुई/तीन दिनसम्म रहन सक्छ । रमाइलो माहोलमा जाँदा वा अलि शान्त स्थानमा जाने हो भने टेन्सेन हेडेक आफैँ ठीक भएर जान्छ । माइग्रेन कडा खालको टाउको दुखाइ हो । यो ३ घन्टा देखि ७२ घन्टासम्म हुन सक्छ ।

माइग्रेन हुनुअघि औडाहा हुने गर्छ । यो प्रकारको दुखाइमा टाउकाको कुनै एक भागमा समस्या देखिन्छ । वाकवाकी लाग्ने, बान्ता हुने, उज्यालोमा हेर्न असहज हुनेजस्ता लक्षण देखिन्छन् ।

हरेक व्यक्तिमा एउटै मौसममा झन्डै एकै समयमा समस्या देखिनु कलस्टर हो । उदाहरणका लागि, यदि कुनै व्यक्तिमा वर्षायामको बीचतिर टाउको दुख्ने समस्या छ भने अको वर्ष पनि सोही मौसमको सोही समयमा टाउको दुख्ने गर्छ । यस्तो समस्या एक महिनासम्म रहन सक्छ । यो अचानक टाउको दुख्ने समस्या हो, जुन लगातार ३ देखि ४ घन्टासम्म रहन सक्छ। आँखा रातो हुने, आँसु बग्ने, नाकबाट पानी बग्ने, छटपटी हुनेजस्ता लक्षण देखिन्छन् ।

सेकेन्डरी हेडेक
दिमागमा कुनै खालको ट्युमर भएमा, संक्रमण भएमा, दाग र नसा फुटेर प्रेसर बढेमा सेकेन्डरी हेडेक हुने गर्छ । यो निकै कम व्यक्तिमा हुने समस्या हो । जुन निकै घातक पनि हुने भएकाले कारण पत्ता लगाएर सकेसम्म छिटो उपचार गर्नुु आवश्यक हुन्छ ।

के गर्ने 
अधिकांशमा टाउको दुख्ने सामान्य समस्या हो भन्ने भ्रम व्याप्त छ । टाउको दुखाइ अन्य रोगको लक्षण पनि हुन सक्ने भएकाले समयमै परीक्षण गर्नुपर्ने हुन्छ । सामान्य खालको टाउको दुखाइले पनि स्वास्थ्यमा अन्य गम्भीर समस्या ल्याउन सक्छ । जथाभावी रूपमा पेनकिलरको प्रयोग भने गर्नुहुँदैन । स्वास्थ्यमा अन्य असर पार्न सक्ने भएकाले चिकित्सकको सल्लाहमा मात्रा औषधि प्रयोग गर्न गर्नुपर्छ ।

Previous Post

भैरहवाबाट साताको दुई उडान गर्दै नेपाल वायुसेवा,क्वालालम्पुर उडान गर्ने

Next Post

एसइईको तयारी सकियो, १४ जना विद्यार्थी ले जापानबाटै परीक्षा दिने

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k
Next Post

एसइईको तयारी सकियो, १४ जना विद्यार्थी ले जापानबाटै परीक्षा दिने

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.