HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

दाद के हो ? उपचार कसरी गर्ने ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्मि महिनाको आगमन संगैको बढ्दो तापक्रम र ह्युमिडीटिको कारणले हाल दादको समस्याले धेरै जना पिडित भएका छन् | प्रस्तुत लेखमा दाद किन के हुन्छ ? कति प्रकारको हुन्छ ? यसको उपचार कसरि गर्न सकिन्छ ? र यो बाट कसरी बच्न सकिन्छ भन्ने बारेमा बताईएको छ |

दाद भनेको के हो ?


दाद भनेको छालामा आउने एक प्रकारको रोग हो | यो कोईन जस्तो गोलो हुन्छ जसको बीचको भाग सामान्यतया खालि हुन्छ भने बाहिरको घेरामा केहि उठेको जस्तो रातो घेरा देखिन्छ जसमा सेतो स साना कत्ला हरु देखिन्छ | यो एकदम चिलाउने हुन्छ | (चित्र मा देख्न सकिन्छ) यसलाई अंग्रेजी भाषामा रींगवोर्म भनिन्छ भने मेडिकल भाषामा टिनिया इन्फेक्सन वा डरम्याटोफाईटोसिस भनिन्छ |

दाद किन हुन्छ ?

दाद एक प्रकारको किटाणु ले हुने संक्रमण हो | धेरै प्रकारका किटाणुको बारेमा हामीले सुनेका छौ जस्तै ब्याक्टेरिया , भाइरस वा फंगस |दाद फंगस को संक्रमणले हुने रोग हो | यो रोग कुनै मानिसमा भएमा उसबाट सजिलै संग छोएर वा उसको लुगा हरु लगाएमा वा एउटा तौलिया वा साबुन धेरै जनाले प्रयोग गरेमा आउछ | तेस्तै धेरै पसिना आउने मान्छे अथवा कुनै दिर्घ रोगभएका मान्छे हरुलाई दाद धेरै आउछ जसमा शरिरको रोग संग लड्ने क्षमता कम हुन्छ |

दाद कति प्रकारका हुन्छ ?

१) टिनिया क्यापाईटिस (tinea capitis) – टाउको मा हुने फंगस को संक्रमन लाइ टिनिया कर्पोरिस भनिन्छ यसमा टाउको को कपाल झर्ने वा टाउको मा पाकेको जस्तो घाउ हरु आउने हुन्छ | यो बच्चा हरुमा धेरै आउछ ठुलो मान्छे हरुलाई खासै आउदैन | चित्र मा देख्न सकिन्छ |

२) टिनिया फ़ेसिआइ (tinea faciei)– एस्तो प्रकारको दाद अनुहारमा आउछ | यो अवस्थामा गोलो खालको अतिनै चिलाउने दाद अनुहार मा आउछ |

३) टिनिया कर्पोरिस (tinea corporis)– यो सबभन्दा बढी देखिने दाद हो | यो जिउ मा हात मा तिघ्रा मा आउछ | यो अवस्थामा पनि गोलो अतिनै चिलाउने दाद जिउ मा आउछ |

४) टिनिया क्रुरिस (tinea cruris)- एस्तो प्रकारको दाद काखीमा वा काप हरुमा जुन ठाउमा पसिना धेरै जम्मा हुन्छ तेस्तो ठाउमा आउछ | यो अवस्थामा गोलो खालको अतिनै चिलाउने दाद आउछ|

५) टिनिया पेडिस (tinea pedis)- एस्तो प्रकारको दाद खुट्टामा आउछ | यो अवस्थामा गोलो खालको अतिनै चिलाउने दाद खुट्टा मा आउछ अथवा खुट्टा मा एलर्जी जस्तो कत्ला जस्तो देखिने घाउ वा पानि फोका जस्ता घाउ हरु देखिन्छ |

६) ओनाइकोमाइकोसिस (onychomycosis)– यो नङ मा आउने एक प्रकारको दाद हो | एस्तो अवस्थामा नङ बाक्लो हुने पहेलो हुने सजिलै संग टुक्रिने जस्तो समस्या हरु आउछ |

उपचार कसरि गर्ने ?

दादको उपचार रोगको अवस्था , कुन ठाउमा आएको हो , व्यक्तिको उमेर वा अन्य कुनै बिमारी भएको अवस्था अनुसार फरक हुन्छ | लगाउन को लागि ब्युटनाफिन (butenafine) वा लुलिकोनाजोल (luliconazole) वा क्लत्रिमाजोल (clotrimazole)जस्तो औषधि हरु पाइन्छ|जो दिन मा दुइ पटक बिहान बेलुका ४ देखि ६ हप्ता लगाउनु पर्ने हुन्छ | तेसैगरी खानको लागि टर्बिनाफिन (terbinafine) २५० एम जी दिन मा एक चक्की वा इटराकोनाजोल (itraconazole) १०० एम जी दिनमा दुइ पटक २ देखि ४ हप्ता सम्म खानु पर्छ | कृपया बिना चिकित्सक को सल्लाह औषधि सेवन नगर्नु होला |

यो रोग बाट कसरि बच्न सकिन्छ?

१) सरसफाई – हरेक दिन गर्मि मौसम मा दुइ पटक नुहाउने गर्नु पर्दछ | नुहाउन को लागि शावर जेल को प्रयोग गर्नु राम्रो हुन्छ साबुनको तुलनामा |

२) लुगा – भित्रि लुगा , मोजा हरेक दिन चेन्ज गर्नु पर्दछ र एस्तो लुगाहरु कैले पनि चिसो लगाउनु हुदैन | बाहिर लगाउने सर्ट , पेन्ट हरु पनि राम्रो संग सुकेको र आइरन लगाएर लगाउनु राम्रो हुन्छ |आफ्नो लुगा अरु संग साट्ने बानि गर्नु हुदैन |

३) नुहाएपछी जिउ सुखा हुने गरे पुस्ने गर्नु पर्दछ र काखी मा वा कास मा क्लटरिमाजोल पाउडर को प्रयोग गर्नु पर्छ |

४) नंग काट्दा कुनै औला मा दाद आएको छ भने त्यो नंग काटे पछी नंगकट राम्रो संग स्पिरिट ले साफ गरेर मात्र अर्को नंग काट्नु पर्दछ |

५) खानाले फंगस को बृद्दी मा फरक नपर्ने हुनाले दाद भयको मानिसले खाना बार्नु जरुरि छैन तर स्वस्थ खाना र स्वस्थ जीवन यापनको जरुरि छ|

६) बजारमा पाउने स्टेरोइड भयको औषधि कहिले पनि बिना चिकित्सकको सल्लाह खाने वा लाउने गर्ने हुदैन |

७) चिकित्सकको सल्लाह अनुसार पुरै डोज को औषधि सेवन गर्नु पर्दछ निको भयो भनेर बिचमा औषधि छोड्नु हुदैन |

Previous Post

लेनोभोले ल्यायो वारपार छर्लङ्गै देखिने पारदर्शी ल्यापटप

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८० फागुन १८ गते शुक्रबार , हेर्नुहोस : राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८० फागुन १८ गते शुक्रबार , हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.