बुटवल माघ अत्याधिक चिसो बढेपछि बुटवलका बिद्यालयहरुमा ३ दिन बिदा दिईएको छ। बुटवल उपमहानगरपालिकाले माघ ७ गते देखि ९ गते सम्म ३ दिन विद्यालयलाई जाडो विदा दिने गरी सुचना जारी गरेको हो।
उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जारी गरेको सुचनामा उपमहानगर भित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म विदा दिने उल्लेख छ।
खनालले जारी गरेको सुचनामा उपमहानगरपालिका अन्तर्गत संचालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा जाडो बिदा दिने गरी माघ ५ गते उपमहानगरपालिकाको निर्णय भएको उल्लेख छ।






Discussion about this post