काठमाडौं । नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नभएकाले वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सफा रहेको छ भने तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने राति कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ ।
भोलि (शुक्रबार) पनि धेरै जसो स्थानको मौसम सफा रहने छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । राति सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ ।







Discussion about this post