• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T13:17:47+05:45301720266 2026-06-04T13:17:47+05:45000000Thu, 04 Jun 2026 13:17:47 +0545Thu, 04 Jun 2026 13:17:47 +0545Asia/Kathmandu630_301706Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Thu20266'30 00000047Asia/Kathmandu 620266-13Jun+0545 301706Asia/Kathmandu4730pm06p, 0000006ThursdayAsia/Kathmandu4747 262026000000 k620264 3001Asia/Kathmandu 0417ffAsia/KathmanduThu, 04 Jun 2026 13:17:47 +0545Asia/Kathmandu62026-06-04T13:17:47+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 13:17:47 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 17f ( '301706Asia/Kathmandu4730pm06p' === $3026pAsia/Kathmandu || '1780558367' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 13:17:47 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:17:47 +05456 $10630 ? 301706Asia/Kathmandu() : 301706Asia/Kathmandu() + (17630) ( 1Asia/Kathmandu30_2026p301720266( '10630_2026ff47Asia/Kathmandu30' ) * 13+05451780558367R_04_thEC+05454Thuth ); } 17f ( '062647qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 13:17:47'; } $301706Asia/Kathmandu15420266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451706Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780558367+0545C' ) : 4p_301706Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu301706Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451706Asia/Kathmandu( '620264', $301706Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 13:17:47 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:17:47 +05456 $04pm30Asia/Kathmandu301706Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 13:17:47 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

लसुनमा के कस्तो औषधीय गुण हुन्छ ? के हुन्छ लसुनमा ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

लसुनको स्वादबारे त धेरै बखान गर्नुपर्दैन । काँचो खाँदा यो पर्रर पिरो स्वादको हुन्छ । जब यसलाई दाल, तरकारीमा मिसाइन्छ स्वाद बदलिन्छ ।

मूलत: नेपाली भान्सामा लसुनको प्रयोग स्वादकै लागि गरिन्छ । यद्यपि यो औषधीय गुणले पनि भरिपूर्ण मानिन्छ । त्यसैले त प्राचीनकालदेखि औषधिकै रुपमा लसुनको प्रयोग हुँदै आएको पाइन्छ । लसुनलाई संस्कृतमा ‘रसोन’ भनिन्छ । किनभने धर्तीमा हुने ६ रस (पिरो, तीतो, नुनिलो, टर्रो, अमिलो, गुलियो) मध्ये लसुनमा पाँच रस हुन्छ । लसुनमा ‘अमिलो’ रस मात्र हुँदैन ।

‘रस उन’ अर्थात् एक रस कम भएकाले यसलाई ‘रसोन’ भनिएको हो । आयुर्वेदमा लसुनलाई दुखाइ कम गर्ने द्रव्यको वर्गमा राखिएको छ ।

लसुनको इतिहास

चीन र इजिप्टमा हजारौं वर्षअघिदेखि लसुनको उपयोग हुँदै आएको इतिहास छ । ईसापूर्व १३२५ मा मिश्रका सम्राट तुतांकखेमानको चिहानमा लसुन राखिएको थियो, लासलाई सुरक्षित राख्ने हेतुले । त्यसताका मिश्रका बासिन्दाहरु कसैको मृत्युपछि चिहानमा यसैगरी लसुन राख्थे । यस्तो मान्यता थियो कि मान्छे मृत्युपछि जब अर्को लोकमा पुग्छन् उनलाई रोगव्याधिले नसताओस् ।

यसैगरी लामो यात्रामा निस्किने सिपाहीहरुले पनि लसुन बोक्ने गर्थे, ताकि कुनै समस्या भएमा औषधिको रुपमा प्रयोग गर्न सकियोस् ।

मानिसहरुको बसाइँसराइसँगै लसुनको प्रयोगले व्यापकता पाउँदै गयो । ईसापूर्व छैटौं शताब्दीमा लसुनले चीन र भारतमा प्रवेश पाइसकेको इतिहासमा उल्लेख छ । त्यसबेला यसलाई उपचारका लागि मात्र प्रयोग गरिन्थ्यो । त्यसपछि क्रमशः लसुनको प्रयोग उपचारमा मात्र नभएर दैनिक जीवनमा हुन थाल्यो ।

पौराणिक कथामा पनि लसुनको महत्व उल्लेख गरिएको छ । कथाअनुसार भगवान इन्द्रसँग अमृत खोसेर पृथ्वीमा ल्याउँदा खसेका अमृतको थोपाबाट लसुनको उत्पति भयो ।

यी कथाहरुबाट के अनुमान गर्न सकिन्छ भने सदियौंदेखि लसुनलाई औषधीय वनस्पतिको रुपमा प्रयोग गरिन्थ्यो ।

के हुन्छ लसुनमा ?

मेडिकल रिसर्चअनुसार काँचो लसुनमा मुख्यत: एलिसिन भन्ने यौगिक पाइन्छ । यो त्यही तत्व हो, जसमा एन्टिब्याक्टेरियल (जीवाणुनाशक) र एन्टिफंगल (ढुसीनाशक) गुण हुन्छ । साथै लसुनमा फस्फोरस, जिंक, पोटासियम र म्याग्नेसियम जस्ता लवण पदार्थ पनि भरपुर हुन्छ । सल्फर पदार्थ हुने भएकाले लसुनको गन्ध तिख्खर हुन्छ ।

के गर्छ लसुनले ?

त्यसो त दाल–तरकारीमा लसुनको प्रयोग गरिरहेकै हुन्छ, जसबाट प्रत्यक्ष–परोक्ष लाभ मिलेको हुनसक्छ । त्यसबाहेक बिहान खाली पेटमा दुई–चार केस्रा लसुन खाँदा फाइदा गर्छ । लसुनमा भएको ‘एलिसिन’ तत्वले विभिन्न किसिमको संक्रमणबाट बचाउन सहयोग गर्छ । टाइफाइड, ज्वरो, एलर्जीको संक्रमण हुन दिंदैन ।

शरीरमा हुने दुखाइ कम गर्न पनि लसुन प्रयोग गरिन्छ । सुन्निएको वा दुखेको ठाउँमा लसुन राखेर तताएको तेलले मालिस गर्न सकिन्छ । काँचो लसुनमा एन्टिअक्सिडेन्ट सल्फहाइड्रिल तत्व पाइन्छ, जसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ ।

लसुनको नियमित प्रयोगले रक्तनलीमा जम्मा भएको खराब कोलेस्टेरोल बाहिर निकाल्छ । यसले मुटुमा हुनसक्ने जोखिम कम गर्छ । लसुन उचित मात्रामा सेवन गर्दा रक्तनलीमाथि हुने दबाब कम हुन्छ । रक्तचाप नियमित गराउन पनि लसुन उपयोगी मानिन्छ । कतिपय छालाको समस्यामा लसुनको प्रयोग गर्न सकिन्छ ।

कसले खानु हुँदैन ?

लसुनको एलर्जी, रगतको कमी र बिरामीले रगत पातलो बनाउने औषधि सेवन गरिरहेका छन् भने पनि लसुनको सेवन नगर्दा उपयुक्त हुन्छ । किनकि यस्तो अवस्थामा लसुन सेवन गरेमा अन्य समस्या बढ्न सक्छ । अल्सर भएमा पनि यसको सेवन उचित हुन्छ ।

औषधिको रुपमा लसुन प्रयोग गरिरहँदा कुनै पनि औषधि खाइरहेका वा उपचार गराइरहेकाले चिकित्सकको परामर्श लिनुपर्छ ।

Previous Post

SEE मा ग्रेडिङ प्रणाली हटाइयो,एसईई चैत पहिलो हप्ता, सबै विषयमा ३५ ल्याए मात्र पास

Next Post

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
१ घण्टा अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

५ महिना अगाडि
1.2k

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k
Next Post

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ८ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    १ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ८ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In