HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

हरियो केराउ खानुका फाइदा,हेर्नुहोस्

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

यतिबेला तरकारी बजार तथा खुद्रा पसलमा बेच्न राखिएको तरकारीमा झट्ट आँखा जाने तरकारी मध्ये पर्छ हरियो केराउ । कसैले यसलाई हरियो मटर वा कोसा पनि भन्छन् ।

असोज-कात्तिक देखि प्रसस्त मात्रामा बजारमा आउने हरियो केराउ यो वर्ष सोहि समयमा २ सय रुपैया केजी सम्ममा उपभोक्ताले खरिद गरे । तर केही दिन यता भने प्रतिकेजी मूल्य ६० देखि ७० रुपैयाँमा उपभोक्ताले खरिद गर्दै आएका छन् । विशेष गरेर यसलाई काउली, ब्रोकाउली लगायतका तरकारीमा मिसाएर खाने गरिन्छ भने केहीले यसलाई आलुमा मिसाएर तातो-तातो झोल (सुप) बनाएर खाने गरेको पाइन्छ ।

बेमौसमी तरकारी भन्दा मौसमी र सिजन अनुसार तरकारीले स्वास्थ्यमा सहयोग गर्ने हुनाले मौसमी तरकारी तथा फलफूल भरपुर मात्रामा खान सुझाव दिन्छन् स्वास्थ्य विज्ञ । हरियो केराउ जाडोको सिजनमा आउने हुनाले यसलाई विभिन्न तरकारीमा मिसाएर खाने गरिए पनि यसको सेवनले शरीरलाई के फाइदा हुन्छ भन्ने कमैलाई जानकारी भएको पाइन्छ ।

तर, हरेक तरकारीको आ-आफ्नो महत्व हुन्छ । ती तरकारीमा शरिरलाई चाहिने विभिन्न प्रकारका आवस्यक पोषकतत्व पाइन्छ । त्यहि तरकारी मध्ये हो हरियो केराउ पनि ।

आउनुहोस् जानौ केराउ खानुका फाइदा के–के रहेछन त ?
पोषक तत्वले भरिपूर्ण हुने केराउमा भिटामिन बि १, भिटामीन बि ६, भिटामीन सी र भिटामीन के पाइन्छ ।

तौल घटनाउन सहयोग गर्दछ-हरियो केराउको सेवनले मोटोपन भएका मानिहरुलाई तौल घटाउनका लागि सहयोग गर्ने स्वास्थ्य विज्ञ बताउँछन् । भरपुर मात्रामा फाइवर र प्रोटिन पाइने हुनाले यसको सेवनपछि लामो समयसम्म भोक नलाग्ने तथा तौल नियन्त्रण गर्न सहयोग गर्दछ ।

कब्जियतको समस्या नहुने- फाइबरको मात्र भरपुर रुपमा पाइने हुनाले केराउको सेवनले पाचन प्रक्रिया सहज बनाउँछ । यसको सेवनले शरीरमा राम्रो खालको व्याक्टेरियाको उत्पादन बढ्ने हुनाले पेट राम्रोसँग सफा हुने र कब्जियतको समस्या पनि नहुने बताइन्छ ।
हड्डि बलियो बनाउन मदत गर्दछ– केराउमा भिाटामीन के पाइने हुनाले शरिरलाई अस्टियोपोरोसिसको समस्याबाट बचाउने र हड्डि बलियो बनाउन सहयोग गर्ने स्वास्थ्यविज्ञ बताउँछन् ।

छालामा चमक ल्याउँछ-हरियो केराउमा पाइने भिटामीन सीले शरिरमा कोलेजन बन्ने र यसले छालालाई बेदाग बनाउन तथा छाला चमकदार बनाउन सहयोग गर्दछ ।

उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्दछ-हरियो केराउको सेवनले उच्च रक्तचाप नियन्त्रण गर्न समेत सहयोग गर्ने बताइन्छ । यसले शरिरमा रहेको खराब कोलेष्ट्रोललाई कम गराउने हुनाले यसले हृदयघात हुनबाट रोक्न समेत सहयोग गर्ने बताइन्छ ।

सुगरका विरामीलाई पनि फाइदा – हरियो केराउको सेवनले सुगरका विरामीलाई समेत सहयोग गर्ने बताइन्छ । यसमा ग्लाइसेमिक इन्डेक्स कम हुने हुनाले ब्लड शुगरलाई नियन्त्रण गर्न सहयोग गर्दछ । हरियो केराउमा पाइने प्रोटिन र फाइबरका कारण ब्लड सुगर बढ्नबाट रोक्ने स्वास्थ्यविज्ञ बताउँछन् ।

Previous Post

माता लक्ष्मीको आशीर्वाद लिन हरेका बिहान बेलुका गर्नुहोस् यस्ता काम ,बढ्नेछ धनकी देवी

Next Post

मौसम: उच्च पहाडी तथा हिमाली हिमपात र तराईमा हुस्सु लाग्ने 

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

मौसम: उच्च पहाडी तथा हिमाली हिमपात र तराईमा हुस्सु लाग्ने 

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.