HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

वास्तुशास्त्र अनुसार घरमा कहिल्यै नराख्नुहोस् यस्ता वस्तु, हुनेछ दरिद्रता

हो खबर by हो खबर
२ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ ।

खराब भएको र टुटेफुटेको सामान घरको कुनामा राख्ने बानी हुन्छ कसैकसैको । पछि फ्याँकौंला नि भनेर कुनामा यसरी फुटेका चीज राख्दा घरमा दरिद्रता आउँछ भनी वास्तुले बताएको छ । यस्ता चीज राख्दा घरमा विराजमान महालक्ष्मी देवी पनि अप्रसन्न हुनुहुन्छ । यसबाट वास्तुदोष उत्पन्न भएर नकारात्मक प्रभाव पर्छ ।
फुटेका के के सामान नराख्ने त ?

फुटेका भाँडा
तपाईंले फुटेका गिलास र प्लेटले काम चलाइरहनुभएको छ भने वास्तुदोष निम्त्याउँदै हुनुहुन्छ । यस्ता चीजलाई घरमा राख्नै हुँदैन किनकि यिनीहरूको नराम्रो प्रभाव पर्छ ।

भाँचिएको खाट
घरमा सुख र शान्ति चाहनुहुन्छ भने भाँचिएको पलङ नराख्नुस् । वास्तुशास्त्र अनुसार भाँचिएको खाट घरमा राख्दा वैवाहिक जीवनमा कलह आउँछ ।

बन्द भएको घडी
बन्द भएको घडीले रोकिएको प्रगतिलाई जनाउँछ । घरमा ठूलठूला घडी राख्दा प्रगति हुन्छ अनि घडी बन्द हुनेबित्तिकै ब्याट्री फेर्नुस् वा पूरै बिग्रिएको छ भने फ्याँक्नुस् । रोकिएको घडीले घरमा कुशलमंगललाई पनि रोकिदिन्छ ।

फुटेको ऐना
वास्तुका अनुसार फुटेको ऐना वा शीशा घरमा राख्दा लगातार नकारात्मक ऊर्जा उत्पन्न हुन्छ । यसले गर्दा परिवारका सदस्यहरूका बीच मानसिक तनाव उत्पन्न हुन्छ ।

भाँचिएको ढोका
तपाईंको घरको मूल ढोका भाँचिएको छ भने छिट्टै मर्मत गरिहाल्नुस् । भाँचिएको ढोका अत्यन्तै अशुभ हुन्छ र यसबाट संसारका सबै नकारात्मक शक्ति घरमा पस्छन् ।

फुटेको तस्वीर
फुटेको तस्वीरले वास्तुदोष उत्पन्न गर्छ । घरका सदस्यको दुर्भाग्यको यो कारण बन्न पुग्छ ।

भाँचिएको फर्निचर
घरको फर्निचर राम्रो हालतमा हुनुपर्छ । फुटेको फर्निचर राख्दा वास्तुदोष लाग्छ । यसबाट घरमा आर्थिक समस्या उत्पन्न हुन्छ । कि छिट्टै मर्मत गर्नुस्, कि फ्याँक्नुस् भाँचिएको फर्निचर । त्यसैले भाँचिएका र टुफेटेका सामान घरबाट हटाइहाल्नुस् ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० पाैष  १० गते मङ्गलबार, भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

Next Post

घर निर्माण गर्नुअघि वास्तुशास्त्र अनुसार यी कुरामा ध्यान दिनुपर्छ

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

घर निर्माण गर्नुअघि वास्तुशास्त्र अनुसार यी कुरामा ध्यान दिनुपर्छ

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.