काठमाडौं, ६ पुष । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीमा प्रशासन तथा प्राविधिक सेवाअन्तर्गत सहायक निर्देशक र सहायक द्वितीय श्रेणीमा कर्मचारीहरु माग गरेको हो।
सबै पदमा गरी राष्ट्र बैंकले ६७ जना कर्मचारी माग गरेको छ। रिक्त रहेका पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ। अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ।







Discussion about this post