HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

जाडाे समयमा समेत नदीमा सुन खाेज्दै बाेटे समुदाय

हो खबर by हो खबर
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

धादिङ – पुसको कठ्याङ्ग्रीदो जाडो बढेसँगै नदीको चिसो पानीमा बालुवा चाल्दै बसेका बोटे समुदायका मानिसहरुको बालुवा चालेर सुन खोज्ने पुर्ख्यौली पेशा हो । तनहुँदेखी उनिहरु हरेक वर्ष त्रिशुली नदी किनारामा बालुवा चालेर सुन खोज्न आउने गरेका छन् ।

यसरी चालेको बालुवाबाट निकालेको सुन विक्रिबाटै जिविका धान्दै आएका उनिहरु आजकाल भने विहान बेलुकीको गर्जो टार्नसमेत समस्या पर्न थालेको बताउँछन् । सुन भेटिए त विक्रि गरेर विहान बेलुकीको हात मुख जोर्नका लागि अन्नको जोहो गर्ने तर नभेटिए चुलो बाल्न पनी समस्या पर्ने उनिहरुको भनाई छ ।

फिरन्ते जीवन बिताउने उनिहरुका युवापुस्ताले भने यो पेशा बिस्तारै छाड्दै गएका छन् । हिउँद होस् या बर्खा उनिहरुको मुख्य पुर्खौंली पेशा नै नदी किनारामा बसी बालुवा चालेर सुन खोज्दै हिड्ने हो ।

धादिङमा बसोवास गर्ने यो समुदायका मानिसहरुले त सुन खोज्ने पेशाले दैनिकी धान्न नसक्ने भएपछी अन्य पेशा सुरु गर्न लागेका छन् ।
खोला र नदीमा जथाभावी उत्खनन् गरेका कारण यस्तो अवस्था आएको हुनसक्ने बोटे समुदायका मानिसहरुको बुझाई छ ।

अहिले बजारमा सुनको मूल्य प्रतितोला झण्डै एकलाख सत्र हजार नाघिसक्दा समेत बोटे समुदायका मानिसहरुले बालुवा चालेर संकलन गरेको सुनको मूल्य मुस्किलले पचास साठी हजार प्रतितोलाको पाउने गरेका छन् ।

बजारमा उपभोग्य बस्तुको मूल्य बढेकाे र आफूले बालुवा चालेर निकालेको सुनको मूल्य कहिले नबढेकोले पनि यस्तो अवस्था आएको बोटे समुदायका मानिसहरुको भनाइ छ ।

छ देखी नौ महिना फिरन्ते जीवन बिताइ नदी किनारमा बस्ने ती समुदायका मानिसहरु अहिलेको बढ्दाे महङ्गीले त झनै समस्या भएको बताउँछन् । बिशेषगरी त्रिशुली, बुढीगण्डकी, काली गण्डकी र मर्स्याङ्दी नदीहरुमा बोटे समुदायका मानिसहरु सुन खोज्ने काम गर्दछन् ।

Previous Post

बसको टायर फुस्किएर लाग्दा मोरङमा एक पैदलयात्रीको मृत्यु

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० पुष ४ गते बुधबार तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० पुष ४ गते बुधबार तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.