काठमाडौं, काठमाडौंमा बाल्टिनको पानीमा डुबेर नाबालिकाको मृत्यु भएको छ। मंगलबार दिउँसो गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडुवालकी १९ महिनाकी छोरी बाल्टिनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
शौचालयमा रहेको बाल्टिनमा रहेको डुबेपछि नाबालिकालाई निकालेर नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लगिएको थियो। अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।






Discussion about this post