HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

जाडोमा नरिवलको तेल लगाउनु छालाका लागि फाइदा , कसरी लगाउने ?

हो खबर by हो खबर
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नरिवलको तेल प्रायः हरेकको घरमा सजिलै पाउन सकिन्छ । कपाल, अनुहार तथा शरीरको अन्य भागमा नरिवलको तेलको प्रयोग एकदमै फाइदाजनक छ । विशेषगरी जाडो मौसममा अनुहार एकदमै सुख्खा हुने समस्यामा नरिवलको तेल रामवाण सावित हुन्छ । जाडोमा अनुहारमा नरिवलको तेल नियमित लगाउँदा छाला चम्किलो हुनुका साथसाथै अन्य दागहरु पनि आउन दिँदैन ।

नरिवलको तेल शरीरमा कुनै पनि समयमा प्रयोग गर्न सकिन्छ । यति कुरा ध्यान दिनुहोला तेल लगाएपछि केहीबेर मसाज गर्नुहोला । जाडो मौसममा अनुहारमा नरिवलको तेल लगाउँदाका फाइदा

अनुहारमा नरिवलको तेल लगाएर मालिस गर्दा छाला सुख्खा हुनबाट जोगिन्छ । जाडोमा कैयौंपटक छाला फुटेर अनुहार फोहोर तथा नराम्रो देखिन्छ यस्तोमा नरिवलको तेल एकदमै फाइदाजनक हुन्छ । तेलले छालामा भित्रैसम्म पोषण पुग्छ जसले गर्दा छाला चम्किलो देखिन्छ ।

दागधब्बाहरु कम हुन्छ

जाडोमा नरिवलको तेल अनुहारमा लगाउँदा अनुहारमा देखिएका साना साना दागधब्बाहरु सजिलै हराउँदै जान्छ । अनुहारका दागधब्बा हटाउनका लागि सुत्नुअगाडि सफासँग अनुहार धोएर तेलले मसाज गर्नुहोस् । जसले गर्दा अनुहार चम्किलो त हुन्छ नै साथै डन्डीफोरले बनेका दागहरु पनि कम हुँदै जान्छ । यदी तपाईको मुहार पहिले नै धेरै चिल्लो छ भने यसको प्रयोग कम गर्दा हुन्छ ।

कालोपनबाट जोगाउँछ

नरिवलको तेल प्रयोग गर्दा छाला प्राकृतिक रंगभन्दा नै गोरो हुने त हुँदैन । तर घाम तथा अन्य प्रदुषणबाट जलेको छालालाई पुनः प्राकृतिक रंगमा ल्याउन पनि नरिवलको तेलले एकदमै फाइदा गर्छ । नियमित तेलले मालिस गर्दा सनबर्नको समस्या टाढा हुन्छ साथै घामको किरणबाट पनि जोगाउँछ ।

छाला चम्किन्छ

यदी तपाईं आफ्नो छाला प्राकृतिक रुपबाटै सुन्दर र चम्किलो बनाउन चाहनुहुन्छ भने नरिवलको तेल अवस्य प्रयोग गर्नुहोस् । यसको नियमित प्रयोगले छाला चमकदार बनाउनका साथै दागहरु पनि हटाइदिन्छ ।

चाउरीपन भाग्छ

अनुहारमा नियमित नरिवलको तेलको प्रयोगले चाउरीपन हट्दै जान्छ । नरिवलमा पाइने एन्टीएजिङ गुणले चाउरीपना हटाउन मद्दत गर्छ । सुत्नुअघि नरिवल तेलले हल्का रुपमा मालिस गर्दा चाउरीपन आउन दिँदैन ।

यति कुरा ख्याल गर्नुहोला तेलले आफ्नो काम गरे पनि छाला तब मात्र उज्यालो र चम्किलो देखिन्छ जब तपाईको शरीर स्वस्थ छ । तेलले छालालाई स्याहार गर्ने काम गरेपनि तपाई प्रसस्त मात्रामा पानी पिउनुहोस् झोलिलो पदार्थ तथा फलफुलको पनि सेवन गर्नुहोस् जसले गर्दा जाडोको सुख्खापन शरीरमा देखिँदैन ।

Previous Post

मोटोपन हटाउन पिउनुहोस् तातोपानी

Next Post

जाडो सुरु भएसँगै शरीर चिलाउँछ ? अपनाउनुहोस् यी टिप्स

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

जाडो सुरु भएसँगै शरीर चिलाउँछ ? अपनाउनुहोस् यी टिप्स

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.