• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:22:06+05:45302220266 2026-06-04T10:22:06+05:45000000Thu, 04 Jun 2026 10:22:06 +0545Thu, 04 Jun 2026 10:22:06 +0545Asia/Kathmandu630_302206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000006Asia/Kathmandu 620266-10Jun+0545 302206Asia/Kathmandu0630am06p, 0000006ThursdayAsia/Kathmandu0606 262026000000 k620264 3010Asia/Kathmandu 0422ffAsia/KathmanduThu, 04 Jun 2026 10:22:06 +0545Asia/Kathmandu62026-06-04T10:22:06+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:22:06 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 22f ( '302206Asia/Kathmandu0630am06p' === $3026pAsia/Kathmandu || '1780547826' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:22:06 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:22:06 +05456 $100630 ? 302206Asia/Kathmandu() : 302206Asia/Kathmandu() + (22630) ( 10Asia/Kathmandu30_2026p302220266( '100630_2026ff06Asia/Kathmandu30' ) * 10+05451780547826R_04_thEC+05454Thuth ); } 22f ( '062606qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:22:06'; } $302206Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547826+0545C' ) : 4p_302206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452206Asia/Kathmandu( '620264', $302206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:22:06 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:22:06 +05456 $04am30Asia/Kathmandu302206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:22:06 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

नेपालकी दीपिका, जसले विश्वमञ्चमा सौन्दर्यको परिभाषा फेरिन्

हो खबर by हो खबर
३ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकामा नोभेम्बर १९ मा सम्पन्न मिस युनिभर्स २०२३ को क्राउन निकारागुवाकी शेनिस पलासियोस पहिरिन सफल भइन् । तर, चर्चा भने नेपालकी जेन दीपिका ग्यारेट आइन् । उनी चर्चामा आउनुको कारण उनको पहिचान र क्षमता नै प्रमुख हो ।

जेन ‘प्लस साइट’ मोडल हुन्, अर्थात् ठूला ज्यान भएकी सुन्दरी । पाँच फिट सात इन्ट उचाइकी जेनको फिगर ३८-३२-४० इन्च छ । उनको तौल ८० केजी छ । परम्परागत भाषामा भन्नु पर्दा भद्दा भनिएको शरीरले नै विश्वको ध्यान तान्यो । सोही कारण उनले अन्तर्राष्ट्रिय प्रतिष्ठित मिडियामा पनि स्थान बनाइन् ।

दीपिकालाई अन्तर्राष्ट्रिय मिडियाहरुले यति धेरै चर्चामा ल्याए कि उनलाई यस संस्करणको मिस युनिभर्सको प्रतिस्पर्धीसमेत भनेर उल्लेख गरियो । यसपालि मिस युनिभर्सको सहभागितामा केही खुकुलो गरिएको थियो ।

यस पटक मिस युनिभर्सले विवाहित, डिभोर्सी, ट्रान्सवुमन र प्लस साइज मोडललाई पनि सहभागी गराउने निर्णय गरिएको थियो । यस अवसरको फाइदा उठाउँदै जेन मिस युनिभर्समा प्लस साइज मोडल बनिन् । मिस युनिर्भसको टप ट्वान्टीबाटै बाहिरिए पनि उनले इतिहास भने रचेरै छाडिन् ।

चर्चामा आउनुको कारण

जेनले मिस नेपालको उपाधि जित्दादेखि नै नेपालमा चर्चा पाएकी थिइन् । ‘प्लस साइज’ भएकै कारण उनी ट्रोलसमेत बनिन् । अर्काे कारण, उनी राम्रोसँग नेपाली बोल्न जान्दिनन् । ब्युटी प्याजेन्टमा ‘जिरो फिगर’ भएकै मोडलले प्राथमिकता पाउँछन् ।

प्लस साइजहरुले सुरुमै अयोग्य ठहरिन्छ र प्रतियोगितामा स्थान पाउँदैनन् । हो, यही मान्यतालाई विश्वमञ्चमा संसारका सामु तोडेका कारण उनी चर्चामा आएकी हुन् ।

ग्लोबल ब्युटिप्याजेन्टका लागि यो ऐतिहासिक क्षण हो । यसअघि यस्ता मञ्चमा ‘प्लस साइज’ मोडल देखिएका थिएनन् । उनको सहभागिताले सौन्दर्यको परम्परागत परिभाषा नै बदलियो ।

प्रतियोगिताबाट बाहिरिएपछि उनले सामाजिक सन्जालमा लेखेकी छन्, ‘म विश्वभरि वास्तविक आकारको सुन्दरताको प्रतिनिधित्व गर्न पाउँदा र सौन्दर्य प्रतियोगिताहरूको परम्परागत मापदण्ड तोड्न पाउँदा गर्व महसुस गरेको छु ।’

यसबाहेक प्रतियोगितामा उनले देखाइएको अर्को पक्ष ‘कन्फिडेन्ट’ हो । फरक जिउडालले अन्य प्रतियोगी भन्दा फरक देखिएको जेनलाई उनको आत्मविश्वासले पनि चर्चामा आउन मलजल गर्‍यो ।

मिस युनिभर्सको सुरुवाती चरणमा उनी उत्कृष्ट भएर प्रस्तुत भएकी थिइन् । त्यसबेलादेखि नै उनी मञ्चमा उक्लँदा ताली र होहल्लाले समर्थन पाउन सफल भएकी थिइन् । स्विमसुटमा उनको ‘स्टनिङ’ हिँडाइ विश्वभर फ्यान कमाउने अर्को कला बन्यो ।

प्रतियोगितामा परिचय, राष्ट्रिय भेषभुषा, स्विमसुट चरणमा उनी पूर्ण आत्मविश्वासले प्रस्तुत भएका कारणलाई उनलाई फाइनलको प्रतिस्पर्धीका रुपमा आकलन गरिएको थियो ।

मिस युनिभर्समा जनले क्राउने पहिरिने सफलता हात पार्न सकिनन् । तर, मिस युनिभर्स नेपालको ताज पहिरिँदै गर्दा उनलाई शारीरिक बनावटलाई ट्रोल गर्नेलाई सफलताले झापड लाउन सफल भइन् । ‘बडी सेमिङ’को पीडितलाई उनी प्रेरणा बन्न सक्छिन् ।

पूर्वमन्त्रीकी नातिनी

जेनको पूरा नाम ‘जेन दीपिका एलिजावेथ बोहोरा ग्यारेट’ हो । उनको पूरा नाम नै पाँच शब्दको छ । उनी अमेरिकन बाबु र नेपाली आमाको छोरी हुन् । सोही कारण हुन् शारीरिक बनावट नेपाली महिलाको भन्दा फरक छ । यसबारे एक अन्तर्वातामा भनेकी थिइन्, ‘मेरी आमा नेपाली र बुबा अमेरिकन हुन् । म हाफ अमेरिकन पनि हुँ । जिनका कारण म अमेरिकन जस्तै पनि देखिन्छु ।’

जेन राम्रोसँग नेपाली बोल्न जान्दिनन् । २३ वर्षीया उनी पछिल्लो १३ वर्षदेखि नेपालमा नेपालमा बस्दै आएकी छिन् । उनले नेपालकै कलेजबाट नर्सिङ गरेकी हुन् । भाषाबारे उनी भन्छिन्, ‘म १० वर्षकी हुँदा नेपाल आएको भए पनि इङ्लिस स्कुलमा पढेकाले मेरो नेपाली राम्रो छैन ।’

सुरुमा नेपाल बस्न नमानेर अमेरिका जान जिद्दि गरेको स्मरण गर्दै जेन भन्छिन्, ‘यो अवधिको नेपाल बसाईले आज म स्थानमा आएँ । यहीबेला नेपाली संस्कृतिसँग परिचित हुने मौका लियो ।’

परिवारका बारेमा जेनले सर्वजनिक रुपमा खासै बोलेकी छैनन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता तथा पूर्वमन्त्री दीपक बोहोराकी नातिनी हुन् । उनी पूर्वमन्त्री बोहोराको छोरी उन्नतशीलाकी जेठी छोरी हुन् । उनको एक भाइ र एक बहिनी पनि छन् ।

तर, उनले किशोर अवस्थामा आफूलाई लागेको पोलिस्टिक ओभरी सिन्ड्रोम नाम रोगका बारेमा खुलेर कुरा गर्छिन् । यो एक प्रकारको हर्मोनिक रोग हो । यही रोग नै उनको तौल बढ्नुको मुख्य कारण भएको उनी बताउँछिन् ।

मिस युनिभर्सबाट फर्किएपछि उनले मानसिक स्वास्थ्य र हर्मोन स्वास्थ्यसम्बन्धी काम गर्ने योजना रहेको बताएकी थिइन् । उनी त्यसमा काम पनि गरिरहेकी छन् । पढाइ नर्सिङ भए पनि उनको रुचि भने व्यवसायमा छ ।

Previous Post

हरिबोधनी एकादशीको दिन गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक बिदा दिने

Next Post

शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post

शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In