मौसम विज्ञान विभागले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण बिहान पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली रहेको छ भने बाँकी भागको मौसम सफा रहेको छ ।
विभागका अनुसार उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको हो ।
दिउँसो गण्डकी प्रदेशलगायत मुलुकका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहने विभागको अनुमान छ ।







Discussion about this post