• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:10:57+05:45301020266 2026-06-04T11:10:57+05:45000000Thu, 04 Jun 2026 11:10:57 +0545Thu, 04 Jun 2026 11:10:57 +0545Asia/Kathmandu630_301006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000057Asia/Kathmandu 620266-11Jun+0545 301006Asia/Kathmandu5730am06p, 0000006ThursdayAsia/Kathmandu5757 262026000000 k620264 3011Asia/Kathmandu 0410ffAsia/KathmanduThu, 04 Jun 2026 11:10:57 +0545Asia/Kathmandu62026-06-04T11:10:57+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:10:57 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 10f ( '301006Asia/Kathmandu5730am06p' === $3026pAsia/Kathmandu || '1780550757' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:10:57 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:10:57 +05456 $110630 ? 301006Asia/Kathmandu() : 301006Asia/Kathmandu() + (10630) ( 11Asia/Kathmandu30_2026p301020266( '110630_2026ff57Asia/Kathmandu30' ) * 11+05451780550757R_04_thEC+05454Thuth ); } 10f ( '062657qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:10:57'; } $301006Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780550757+0545C' ) : 4p_301006Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301006Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451006Asia/Kathmandu( '620264', $301006Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:10:57 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:10:57 +05456 $04am30Asia/Kathmandu301006Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:10:57 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

टिकटक : चलाउन भीपीएन प्रयोग गर्दा ब्याङ्किङ सूचनाहरू चोरीको उच्च जोखिम

हो खबर by हो खबर
३ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ०१ मंसिर । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गरेपछि अहिले धेरैले सुनेको शब्द हो ‘भीपीएन’ ।

मन्त्रिपरिषदले टिकटक बन्दको निर्णय गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेर टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन गर्न निर्देशन दियो ।

त्यसपछि नेपालका सबैजसो इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकले टिकटक चलाउन नमिल्ने बनाए । तर केही प्रयोगकर्ताले भीपीएन प्रयोग गरेर टिकटक चलाइरहेका छन् ।

कम्प्युटर एसोसिएन अफ नेपाल (क्यान)का महासचिव चिरञ्जिवी अधिकारीका अनुसार बुधबारसम्म करिब १ लाखको हाराहारीमा भीपीएन प्रयोग भइरहेको तथ्याङ्क छ । यो तथ्याङ्क दिनदिनै बढ्दोक्रममा रहेको उनको भनाइ छ ।

के हो भीपीएन ?
‘भर्चुअल प्राइभेट नेटवर्क’ अर्थात् ‘भीपीएन’ हामीले प्रयोग गर्ने उपकरण र अन्य कम्प्युटरबीचको इन्टरनेटलाई सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि हो । यसले उपकरण र अन्य कम्प्युटरको बीचमा पुलको काम गरिदिन्छ ।

सामान्यतया हामी अनलाइन हुँदा हामीले प्रयोग गरिरहेको उपकरणबाट इन्टरनेट सेवा प्रदायकको माध्यम हुँदै इन्टरनेटको ठूलो सञ्जालमा जोडिन्छौं । तर भीपीएनले हामीलाई अर्को एउटा कम्प्युटरमार्फत् इन्टरनेटको सञ्जालमा जोडिदिन्छ, यसले गर्दा हाम्रो परिचय गोप्य रहन्छ ।

अधिकांश भीपीएन कार्यालय प्रयोजनका लागि मात्रै प्रयोग गर्न मिल्ने गरी बनाइए पनि हाल आएर यसको पहुँच व्यक्तिगत रूपमा पनि हुन थालेको छ । खासगरी जुन वेबसाइटमा पहुँच पुर्याउन सकिँदैन त्यो वेबसाइटमा पहुँच पुर्याउनका लागि भीपीएन प्रयोग गरिन्छ । यसका लागि हामी कुनै भीपीएन निःशुल्क प्रयोग गरिरहेका हुन्छौं भने कुनै पैसा तिरेर ।

भीपीएन कति सुरक्षित ?
साइबर सुरक्षा विज्ञ एवं भैरव टेक्नोलोजीका सीईओ विजय सेनिहाङ लिम्बुका अनुसार साधारणतया भीपीएन सुरक्षित नभए पनि यसलाई सुरक्षित बनाएर प्रयोग गर्न सकिने बताउँछन् । तर निःशुल्क प्रयोग गर्न मिल्ने भीपीएनको साटो पैसा तिरेर प्रयोग गर्न मिल्ने भीपीएनहरू सुरक्षित हुने उनको भनाइ छ ।

उनी भन्छन्, ‘निःशुल्क पाइने सबै भीपीएनहरू सुरक्षित हुँदैनन् । सित्तैमा पाइने भीपीएनबाट र्‍यानरमवेयर भाइरसहरू पनि डाउनलोड हुन्छ । यसले भीपीएनबाट चलाउने सबै नेकवर्कमा असर गर्न सक्छ ।’

भीपीएनलाई सुरक्षित रूपमा चलाउन मिल्ने भए पनि फेसबुकलगायतका सामाजिक सञ्जाल चलाइरहनु सुरक्षित तरिका चाहिँ होइन, यसले डिभाइसमा भएका अरू सामाजिक सञ्जाललाई असर पार्न सक्छ,’ उनले भने, ‘सित्तैमा पाइने भीपीएनले अरू माल्वेअरहरू आएर हाम्रो डिभाइसमा बस्छ जसले घरदेखि अफिससम्मको डेटा चोरी हुने खतरा बढ्न सक्छ ।’

ह्याक हुने जोखिम
यता, कतिपय भीपीएनहरूले विभिन्न माध्यमबाट हामीले चलाउने उपकरणहरूमा स्पाइवेअर, माल्वेअरहरूलाई बाटो दिने माध्यमको रुपमा बनिरहेको कम्प्युटर एशोसिएसन अफ नेपाल ‘क्यान फेडेरेसन’का महासचिव चिरञ्जीवी अधिकारी बताउँछन् । यसले गर्दा हाम्रो घरमा चलाउनेदेखि अफिसमा चलाउने डिभाइसहरू समेत जोखिममा पर्न सक्छन् ।

उनी भन्छन्, ‘निःशुल्क भीपीएन प्रयोग गरेर हामी प्राय एउटै उपकरण घरमा पनि चलाइरहेका हुन्छौं । अनि अफिस आउँदा पनि सोही उपकरण प्रयोग गरेर अफिसमा काम गरिरहेका हुन्छौं । तर भीपीएनले हाम्रो सामाजिक सञ्जालका खाताहरू, कर्पोरेट अफिस, सरकारी कार्यालय ब्याङ्किङ सूचनाहरू चोरीको जोखिम उच्च हुन्छ ।’

ह्याकरहरूले इन्क्रिप्ट गरेर विभिन्न माध्यमबाट माल्वेअरहरू पठाउने भएकाले त्यसमा एक क्लिक हुनेबित्तिकै हाम्रोबाट सूचनाहरू चोरी हुने जोखिम उच्च हुने अधिकारीको भनाइ छ ।

‘हामीले भीपीएन प्रयोग गर्दा तस्वीरको माध्यमबाट कोडहरू पठाउँछ र भेरिफाइ गर्न लगाउँछ । हामीले त्यो कुरा सजिलै भेरिफाइ गर्नतर्फ लाग्छौं । सित्तैमा भीपीएन पाउने लोभमा यसबाट हाम्रा सूचनाहरू चोरी भइरहन्छ । पछि एकैचोटि आक्रमण हुन्छ र पछि ह्याकरले हाम्रो अकाउन्ट ह्याक गरिदिन्छ ।’

कसैले फेसबुक वा टिकटकमा भीपीएन प्रयोग गर्न सुझाव दिएका आधारमा मात्रै यस्ता सफ्टवेयरहरू चलाउन नहुने उनको सुझाव छ ।

‘भाइरसहरू र मलिशस कोडहरू त एकदमै फैलिन्छन् । तपाईँले क्लिक गर्नुभयो भने तपाईँका साथीहरूलाई पनि पुग्न सक्छ र तपाईँलाई विश्वास गरेर उनीहरूले त्यो क्लिक गरेर अझै फैलाउँछन् र ह्याक हुने जोखिम हुन्छ,’ अधिकारी भन्छन् । Onlinekhabar

Previous Post

आज शुक्रवार एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो सुन

Next Post

प्रधानमन्त्री दाहाल : प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउँछौँ

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post

प्रधानमन्त्री दाहाल : प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउँछौँ

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In