HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

आज धनतेरस : कुन सामान किन्नु लाभदायी ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आज धन त्रयोदशी अर्थात् धनतेरस । प्रत्येक वर्षझैँ आज ९शुक्रबार० कार्तिक कृष्ण पक्षको त्रयोदशीरकाग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात् धनतेरस मनाइँदै छ । यो दिन आयुर्वेदका प्रवर्तक धनवन्तरी र धनका देवता कुवेरको जन्मोत्सव मनाइन्छ ।

धनतेरसका दिन आ–आफ्नो आर्थिक क्षमता अनुसार गरगहना, भाँडाकुँडा लगायत नयाँनयाँ सामानहरु किनमेल गरिन्छ । यो दिन नयाँ सामान किन्दा घरमा सुख, शान्ति, समृद्धि, आयु, आरोग्य भित्रिने जनविश्वास रहिआएको छ । धनवन्तरीको प्रादुर्भाव समुद्रमन्थनबाट भएको हो । उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष डा। माधव भट्टराईले जानकारी दिए । उनका अनुसार दिपावलीको किनमेलको लागि पनि आजकै दिन निकै उपयुक्त मानिन्छ ।

आजका दिनमा किनेका सामग्रीहरु राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुशी हुने र धनधान्यले सम्पन्न गराउने विश्वास गरिन्छ । यो दिन माता लक्ष्मी र गणेशजीको मूर्ति या तस्विर भित्र्याउनु पनि उत्तम मानिन्छ । धनतेरसका दिन किनेका सामानहरु घरको पूर्व–उत्तर दिशा (इशान कोण) मा लगेर राख्नुपर्छ । यो दिन खरिद गरेका सामानहरु अरुलाई दिनु राम्रो मानिदैन, आफ्नै लागि राख्नुपर्छ ।

कुन सामान किन्नु उपयुक्त ?

धनतेरसमा तामा, पित्तल, सुन, चाँदी खरिद गर्नु शुभ मानिन्छ । यस्तै कौडी र कमलगट्टा किनेर लक्ष्मी पूजामा सामेल गरी घरमा राखेमा कहिल्यै धनको कमी नहुने र मानसिक शान्ति मिल्ने विश्वास गरिन्छ । यो दिन कालो रङ्गको वस्तु खरिद गर्नु भने अशुभ मानिन्छ । धातुका भाँडाकुँडा किन्नु राम्रो हुने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अध्यक्ष समेत रहेका डा. भट्टराईले बताए ।

‘धातुका भाँडा प्रयोग गर्नु स्वास्थ्यका हिसाबले पनि राम्रो मानिन्छ । हाम्रो शास्त्रले धातुकै भाँडामा भोजन प्रयोग गर्नु उत्तम भनेको छ । रोगको जोखिमबाट पनि टाढै रहिन्छ’, उनले भने । डा. भट्टराईका अनुसार फलामका भाँडाकुँडा भने किन्नु उत्तम मानिदैन । ‘जीवनलाई स्वस्थ बनाउने हो भने फलाम र स्टिलका भाँडाकुँडा सकेसम्म कम प्रयोगमा ल्याएको राम्रो’,।

काे हुन् धनवन्तरी ? 

धनवन्तरी आयुर्वेदका प्रवर्तक मानिन्छन् । उनलाई भगवान् विष्णुको अवतार पनि मानिन्छ । पौराणिक गाथामा धन्वन्तरिको जन्मवृत्तान्त देवता र असुरद्वारा गरिएको समुद्रमन्थनसँग सम्बद्ध देखापर्छ । समुद्रमन्थनका क्रममा धन्वन्तरिको उत्पत्ति भएको हो । उनी सर्वप्रथम आफ्ना हातमा अमृत भरिएको कलश लिएर प्रकट भएका थिए । त्यसैले उनको अर्को नाम ‘पीयूषपाणि धन्वन्तरी’ पनि हो ।

धनतेरसका दिन नेपालको तराई क्षेत्र र समस्त भारतमा मनाइने भएपनि पछिल्लाे समय नेपालका अधिकांश भेगमा उनलाई पुज्ने तथा सोही अनुरुप नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा चलिआएको छ ।

यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण त छैन तर धन्वन्तरिको प्रादुर्भाव समुद्रमन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको हो ।

Previous Post

आज धनतेरस ,१ बजेपछि सामान खरिद गर्दा लाभ –

Next Post

आज सुनको भाउ,बढ्यो कतिमा हुँदैछ कारोबार –

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

आज सुनको भाउ,बढ्यो कतिमा हुँदैछ कारोबार –

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.