• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:25:57+05:45302520266 2026-06-04T10:25:57+05:45000000Thu, 04 Jun 2026 10:25:57 +0545Thu, 04 Jun 2026 10:25:57 +0545Asia/Kathmandu630_302506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000057Asia/Kathmandu 620266-10Jun+0545 302506Asia/Kathmandu5730am06p, 0000006ThursdayAsia/Kathmandu5757 262026000000 k620264 3010Asia/Kathmandu 0425ffAsia/KathmanduThu, 04 Jun 2026 10:25:57 +0545Asia/Kathmandu62026-06-04T10:25:57+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:25:57 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 25f ( '302506Asia/Kathmandu5730am06p' === $3026pAsia/Kathmandu || '1780548057' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:25:57 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:25:57 +05456 $100630 ? 302506Asia/Kathmandu() : 302506Asia/Kathmandu() + (25630) ( 10Asia/Kathmandu30_2026p302520266( '100630_2026ff57Asia/Kathmandu30' ) * 10+05451780548057R_04_thEC+05454Thuth ); } 25f ( '062657qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:25:57'; } $302506Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780548057+0545C' ) : 4p_302506Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302506Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452506Asia/Kathmandu( '620264', $302506Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:25:57 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:25:57 +05456 $04am30Asia/Kathmandu302506Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:25:57 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

कोलेस्टेरोल कम गर्न के खाने ? थाहा पाउनुहोस् –

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

शरीरका लागि महत्त्वपूर्ण भएकाले रगतमा कोलेस्टेरोल हुनु सामान्य हो, तर अप्राकृतिक मात्रामा भयो भने चाहिं समस्या हुन सक्ने पोषणविद् भूपाल बानियाँ बताउँछन् ।

कोलेस्टेरोल एक प्रकारको चिल्लो पदार्थ हो, जुन रगतमा पाइन्छ । कलेजोमा उत्पादन हुने यो कोलेस्टेरोलले शरीरका कोषिकालाई बिग्रिनबाट जोगाउँछ । कोलेस्टेरोलले शरीरमा हार्मोन र भिटामिन निर्माणमा पनि सहयोग गर्छ

‘कोलेस्टेरोल दुई प्रकारको हुन्छ । कम घनत्व भएको लाइपोप्रोटिन वा खराब कोलेस्टेरोल, जुन धमनी रक्त वाहिनीनलीमा जम्मा भएर खतरनाक रोग निम्त्याउने कोलेस्टेरोल,’ उनी भन्छन्, ‘त्यस्तै हाइ डेन्सिटी लाइपोप्रोटिन ९एचडीएल०लाई राम्रो कोलेस्टेरोल भनेर चिनिन्छ । यसले शरीरमा रहेको खराब कोलेस्टेरोललाई कलेजोसम्म लैजाने काम गर्छ । ताकि यस्तो खराब कोलेस्टेरोल शरीरबाट बाहिर जाओस् ।’

कोलेस्टेरोललाई नियन्त्रणमा राख्नुपर्ने हुन्छ । यसलाई नियन्त्रणमा राख्न खानपानको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले कस्तो खानेकुराले कोलेस्टेरोल बढ्छ र नियन्त्रणको लागि कस्तो खानपान अपनाउने भन्ने कुरामा विचार पुर्‍याउन सके कोलेस्टेरोलका कारण निम्तिने अन्य समस्याबाट बच्न सकिने बानियाँ बताउँछन् ।

कोलेस्टेरोल बढाउने खानेकुरा

कोलेस्टेरोललाई बढ्न नदिन मांसाहारी खानेकुरामा नियन्त्रण गर्नुपर्छ । रातो मासुमा धेरै बोसो हुने भएकाले सकेसम्म नखानु राम्रो हुन्छ । अन्य मासुमा पनि बोसो हुने भएकाले त्यस्ता खानेकुरा कम खानुपर्छ ।

‘तारेको, भुटेको तथा चिल्लो खानेकुराले पनि कोलेस्टेरोललाई बढाउँछ । मदिरामा धेरै क्यालोरी हुने भएको यसले पनि कोलेस्टेरोल बढाउँछ । त्यसैले यस्ता खानेकुराबाट पनि टाढा रहनुपर्छ,’ पोषणविद् बानियाँ भन्छन् ।

बाहिरको खाना खानु हुँदैन, बाहिर होटल तथा रेस्टुरेन्टमा बनेको खानामा धेरै तेलको प्रयोग भएको हुन्छ । वनस्पति घिउको प्रयोग भएको हुन्छ, जुन मुटुका लागि एकदमै नराम्रो हुने बानियाँ बताउँछन् ।

ट्रान्स फ्याट भएका खानेकुरा जस्तै फास्टफुड, जंकफुड, प्याकेटमा राखिएको खानाले पनि कोलेस्टेरोलको मात्रा अत्यधिक बढाउँछ । प्याकेटमा राखिएको खानालाई लामो समयसम्म टिकाउन विभिन्न केमिकलको प्रयोग भएको हुने भएकाले यसले कोलेस्टेरोल बढाउँछ । त्यसैले त्यस्ता खानेकुरा खाने बानी छ भने कम गर्दै जानुपर्ने बानियाँ सुझाउँछन् ।

‘धेरै गुलियो प्रयोग भएका कोल्ड ड्रिंक, इनर्जी ड्रिंक र विभिन्न प्रकारका मिठाइको सेवनले पनि कोलेस्टेरोललाई बढाउँछ । त्यसैले धेरै गुलियो खानेकुरा पनि कम खानु उचित हुन्छ,’ उनी भन्छन् ।

के खाने त ?

कोलेस्टेरोलको समस्या भएका व्यक्तिले अण्डाको पहेंलो भाग खानु हुँदैन भनेको हामी सुन्छौं । दैनिक दुई वटासम्म अण्डा खाँदा कोलेस्टेरोल नबढ्ने पोषणविद् बानियाँ बताउँछन् । ‘तर त्यही अण्डा दैनिक पाँचवटा खायो भने त्यसले भने कोलेस्टेरोल बढ्न सक्छ । त्यसैले कस्तो खाना खाने र कति मात्रामा खाने भन्ने कुरामा ध्यान दिनुपर्छ,’ उनी भन्छन् ।

बजारमा पाइने चाउचाउ बिस्कुटजस्ता प्रशोधित खाजाको सट्टामा घरमा बनेको खाजा रोटी तरकारी, दही चिउरा खान सकिन्छ । साथै रातो मासु खाँदा कोलेस्टेरोल बढ्छ भने त्यसको विकल्पमा कुखुराको मासु खान सकिने उनी सुझाउँछन् ।

‘रेसायुक्त खानेकुरा खानु राम्रो हुन्छ । यसले आन्द्रामा गएर कोलेस्टेरोलको शोषणलाई घटाउँछ र कोलेस्टेरोलमा सुधार आउँछ,’ बानियाँ भन्छन्, ‘त्यसैले प्रशस्त मात्रामा फाइबर भएका खानेकुरा जस्तै फलफूल, हरियो सागसब्जीको प्रयोग गर्नुपर्छ ।’

काजु, बदाम र ओखरजस्ता नट्स, एभोकार्डो, माछालगायत खानेकुरा राम्रो कोलेस्टेरोलको स्रोत हो । यस्ता खानेकुरालाई दैनिक खानपानमा समावेश गरियो भने कोलेस्टेरोल नियन्त्रणमा रहने बानियाँ बताउँछन् ।

खानेकुराका साथै अधिक वजन पनि कोलेस्टेरोल बढ्ने कारण बन्न सक्छ । बानियाँ भन्छन्, ‘शारीरिक गतिविधिको अभावले पनि एलडीएल अर्थात् खराब कोलेस्टेरोल बढ्न सक्छ । त्यसैले खानपानसँगै व्यायाम पनि गर्नुपर्छ, जसले कोलेस्टेरोललाई नियन्त्रणमा राख्न सहयोग गर्छ ।’

कसको पूरा जाँच हुनु आवश्यक छ ?

कोलेस्टेरोलको नियमित जाँच हुनु अत्यावश्यक छ । पुरुष तथा महिला दुवै वयस्कहरूले कोलेस्ट्रोलको नियमित जाँच गराउनुपर्छ भनी कोलेस्ट्रोल शिक्षा कार्यक्रमले सिफारिस गरेको छ । मधुमेह, ज्यादै मोटो, मुटुको रोगको पारिवारिक इतिहास भएका व्यक्तिहरुले वर्षको एकपटक अनिवार्य रूपमा कोलेस्ट्रोलको जाँच गराउनुपर्छ। बढ्दो उमेरका केटाकेटीहरूको मुटुमा केही प्रतिकुल असर परेको छ छैन भनी जान्न पनि यो जाँचले धैरै मद्दत गर्छ। संयुक्तराज्य अमेरिकामा मात्र करिब ५० लाख केटाकेटी उच्च कोलेस्ट्रोलबाट पीडित छन् भन्ने प्रतिवेदनमा उल्लेख छ।

उपचार विधिहरू

रगतमा भएको कोलेस्ट्रोल एक प्रतिशत घटाउनु भनेको मुटुका ३ प्रतिशत घटाउनु हो भनि एक अनुसन्धानात्मक अध्ययनले निष्कर्ष निकालेको छ। कोलेस्ट्रोल घटाउन रातो मासु , फलको पहेँलो र दुग्ध पदार्थहरु नखान सिफारिस गरिएको छ। दिनमा करिब ४० मिनेट एरोबिक व्यायाम गरेर शरीरका लागि चाहिएको तौल कायम राख्न प्रयास गर्नुपर्छ।

यदि यसो गर्दा पनि चाहिएको जति तौल कायम भएन भने चिकित्सकको सल्लाह लिएर औषधि खान थाल्नुपर्छ। वंशाणुगत आएको मामिलामा भने लामो समयसम्म औषधि सेवन गर्नुपर्छ।

Previous Post

नेपाल T20 विश्वकपमा छनोट,

Next Post

कुन ठाउँकाे काेठीकाे के अर्थ लाग्छ ? कहाँकाे काेठीकाे अर्थ के थाहा पाउनु,होश ?

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

कुन ठाउँकाे काेठीकाे के अर्थ लाग्छ ? कहाँकाे काेठीकाे अर्थ के थाहा पाउनु,होश ?

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In