दिदीबहिनी र दाजुभाइबीचको सद्भाव तथा मिष्ठान्न उपहार दिने पर्व हो, तिहार । देउसी-भैलोको धुनसँगै रंगीन बन्ने यो पर्वमा दिइने हरेक उपहारको महत्व छुट्टाछुट्टै छ । यहीमध्येको विशेष उपहार हो, भाइमसला ।
दिदीबहिनीले दाजुभाइको पीर-बाधालाई दैलोमा ओखरसँगै फुटाएपछि यस्ता विभिन्न पौष्टिक तत्वले युक्त भाइमसला दाजुभाइलाई दिने चलन छ । दैनिक जीवनमा खासै उपभोग नहुने भाइमसला पोषणको हिसाबले कति महत्वपूर्ण छ त ?पोषणविद्हरु तिहारमा उपहार दिइने यस्ता भाइमसला उच्च पौष्टिकताले युक्त हुने बताउँछन् । तर यसको मात्रा मिलाएर खान नसके यसले नकारात्मक असर पनि गर्न सक्ने उनीहरुको भनाइ छ ।
वर्षभरि सामान्य खानेकुरा खाँदै आएको शरीरमा एक्कासी भाइमसलाको उच्च पौष्टिक आहारले कतै असर त गर्दैन ? तिहारमा भाइमसला कति खाने ? भन्ने बारेमा पोषणविद् अतुल उपाध्याय भन्छन्-तिहारमा खाने भाइमसलामा प्रशस्त भिटामिन, मिनरल लगायत उच्च पौष्टिक तत्वहरु पाइन्छन् । तर एउटै भाइमसला धेरै मात्रामा खानु स्वास्थ्यको लागि नोक्सानीदायक हुन्छ । जस्तो, काजुमा फ्याटको मात्रा बढी हुन्छ । एकदिनमा काजु मात्रै धेरै खाँदा शरीरमा अनावश्यक फ्याटको मात्रा बढी हुन्छ । यसले शरीरलाई नकारात्मक असर गर्छ । त्यसैले एउटा स्वस्थ शरीरलाई एक दिनमा १० देखि १५ ग्राम काजु उचित हुन्छ । योभन्दा धेरै खानु स्वास्थ्यको लागि हानिकारक हुन सक्छ ।






Discussion about this post