हाम्रो समाजमा ‘एक नारी ब्रम्हचारी’ भन्ने मान्यता छ । तर पछिल्लो समयमा कतिपयले बहुपुरुष या महिलासँग यौन सम्बन्ध राखेका खुलासाहरू गर्न थालिसकेका छन् ।
यसलाई धेरैले विदेशी गलत संस्कृतिको प्रभावका रूपमा हेर्ने गरेका छन् । अस्ट्रेलियामा एक महिलाले आफूले १० हजार मानिससँग यौन सम्बन्ध कायम गरेको बताएर चर्चामा आएकी छन् ।
४२ वर्षीया ग्वाइनेथ मन्टेनग्रोले आफ्नो पुस्तक ‘द सेक्रेट ट्याबु’ नामको किताबमा सो खुलासा गरेकी हुन् । यौनकर्मी पेसामा रहेकी ग्वाइनेथले आफ्नो किताबमा यौन पेसामा रहँदा १५ वर्षमा आफूले हासिल गरेका अनुभवलाई सो किताबमा लेखेकी छन् ।
उनले यौनपेसा छाडेर व्यावसायिक पाइलट बनेको र पछि गम्भीर रोग लागेपछि उपचारका लागि पैसा जुटाउन पुनः यौनपेसामै लागेको समेत बताएकी छन् । उनी अहिले यो पेसामा छैनन् । जवान महिला मात्रै यो पेसामा टिक्न सक्ने बताउने उनी हाल परिवारसँगै बसेर व्यवसाय सञ्चालन गरिरहेकी छन् ।






Discussion about this post