ज्योतिष शास्त्रमा राशिफलको माध्यमबाट विभिन्न काल-खण्डको बारेमा भविष्यवाणी गरिन्छ । साप्ताहिक राशिफल ग्रह-नक्षत्रको चालमा आधारित हुन्छ जुनमा (मेष, वृष, मिथुन, कर्क, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन) राशिको साप्ताहिक राशिफल विस्तृत रूपमा बताईन्छ। यस राशिफललाई निकाल्ने समयमा ग्रह-नक्षत्रको साथसाथै पञ्चागको गणनाको पनि विश्लेषण गरिन्छ। साप्ताहिक राशिफलमा तपाईको लागि पेसा , व्यापार, लेन-देन, परिवार र साथीको साथसाथै स्वास्थ्य र दिनमा हुने शुभ-अशुभ घटनाको भविष्यफल हुन्छ।
ज्योतिष गणनाको अनुसार यस हप्ता ४ राशिको लागि अत्यन्तै शुभ र भाग्यशाली हुनेछ। यस अवधिमा यी चार राशिका व्यक्तिहरूले धेरै क्षेत्रहरूमा शुभ परिणामहरू पाउनेछन्। यस हप्ता ग्रह र नक्षत्रको चाल यी ४ राशिका लागि अनुकुल छ। थाहा पाउनुहोस् यस हप्ता यी ४ राशिका लागि कस्तो रहनेछ ।
सिंह राशि
यस हप्ता तपाईले जीवनको विभिन्न क्षेत्रमा अधिक सफलता र शुभ परिणाम प्राप्त गर्नुहुनेछ। आर्थिक स्थिति सुधार हुनेछ। विभिन्न स्रोतबाट आयको माध्यम बन्नेछ। बेरोजगार व्यक्तिले नयाँ रोजगारको अवसर पाउने छन्। कार्यस्थलमा वातावरण सकारात्मक रहनेछ । तपाईले उच्च व्यक्ति र सानो व्यक्ति दुवैबाट सहयोग प्राप्त गर्नुहुनेछ। घर एवम बाहिरको कार्य र निर्णयको प्रसंशा हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ र दाम्पत्यजीवन पनि सुमधुर रहनेछ। कामको व्यस्तताको बीच स्वास्थ्यसँग सम्बन्धित समस्यालाई वेवास्ता नगर्नुहोला ।
तुला राशि
यस हप्ता साथी र शुभचिन्तकको सहयोगबाट लक्ष्य प्राप्त गर्न सफल हुन सक्नुहुन्छ। ;जसको लागि तपाई लामो समयदेखि प्रयासरत हुनहुन्थ्यो । विगतमा गरेको लगानीको लाभ मिल्नेछ। व्यापारीको बजारमा फसेको पैसा अप्रत्याशित रूपमा बाहिर आउन सक्छ। सत्ता पक्षबाट लाभ हुने योग छ। कार्यरत महिलाका लागि शुभ समय छ। घर-परिवार वा कार्यस्थलमा स-सानो कुरामा बेवास्ता गर्ने प्रयास गर्नुहोला। प्रेम सम्बन्धमा कुराकानी गरेर गलत धारणा हटाउन सक्नुहुन्छ।
धनु राशि
यस हप्ता रोजगारको लागि गरिएका प्रयासहरू सफल हुन सक्छन्। कसैसँग झगडा गर्नुको सट्टा सद्भावले काम गर्दा निश्चित सफलता मिल्नेछ। साथीको सहयोगबाट भविष्य-कारोबारमा आउने अवरोध टाढा हुन्छ।
कसैसँग साझेदारीमा व्यापार गर्नु अघि सबै कुरा पहिले नै स्पष्ट गरेर अगाडी बढ्नुहोला र सम्झौतामा हस्ताक्षर गर्दा राम्ररी पढेर गर्नुहोला। प्रेम सम्बन्धमा आउने अवरोध टाढा हुनेछ। तपाईको परिवारले प्रेमलाई स्वीकार गर्नुहुनेछ। युवा प्राध्यापकको लागि राम्रो समय छ ।
कुम्भ राशि
यस हप्ता काममा सफलता मिल्नेछ। भविष्यको कारोबारसँग सम्बन्धित कुनै शुभ सूचनाले हप्ता प्रारम्भ हुनेछ। युवालाई प्रगतिको अवसर प्राप्त हुनेछ। परीक्षा-प्रतियोगिताको तयारीमा जुटेको विद्यार्थीले शुभ सूचना प्राप्त गर्नेछन्। हप्ताको अन्त्यमा पारिवारिक समस्या र जिम्मेवारीको कारण मन अशान्त रहला। प्रेम सम्बन्धमा भावनालाई बेवस्ता नगर्नुहोला। महिलाको अधिकांश समय पुजा- पाठमा बित्नेछ।





Discussion about this post