नेपाल धितोपत्र बोर्ड(सेबोन) ले दुई कम्पनीहरुलाई आईपीओ निष्काशनको अनुमति दिएको छ। बोर्डले मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ्ग कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १४ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
त्यस्तै, नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।





Discussion about this post