• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T14:29:27+05:45302920266 2026-06-04T14:29:27+05:45000000Thu, 04 Jun 2026 14:29:27 +0545Thu, 04 Jun 2026 14:29:27 +0545Asia/Kathmandu630_302906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $20630 = 0 ) { // Thu20266'30 00000027Asia/Kathmandu 620266-14Jun+0545 302906Asia/Kathmandu2730pm06p, 0000006ThursdayAsia/Kathmandu2727 262026000000 k620264 3002Asia/Kathmandu 0429ffAsia/KathmanduThu, 04 Jun 2026 14:29:27 +0545Asia/Kathmandu62026-06-04T14:29:27+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 14:29:27 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 29f ( '302906Asia/Kathmandu2730pm06p' === $3026pAsia/Kathmandu || '1780562667' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 14:29:27 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 14:29:27 +05456 $20630 ? 302906Asia/Kathmandu() : 302906Asia/Kathmandu() + (29630) ( 2Asia/Kathmandu30_2026p302920266( '20630_2026ff27Asia/Kathmandu30' ) * 14+05451780562667R_04_thEC+05454Thuth ); } 29f ( '062627qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 14:29:27'; } $302906Asia/Kathmandu15420266Asia/Kathmandu = $20630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05452906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780562667+0545C' ) : 4p_302906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu302906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05452906Asia/Kathmandu( '620264', $302906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 14:29:27 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 14:29:27 +05456 $04pm30Asia/Kathmandu302906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 14:29:27 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

आज बाट सोह्र श्राद्ध सुरु किन मनाइन्छ, सोह्र श्राद्ध ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

दसैँको सुरुवातमा १६ दिनको पितृलाई सम्झिने दिन आउँछ जुन दिन आज बाट सुरु भएको छ। पूर्णिमाबाट सुरु भएको सोह्र श्राद्ध औँसीका दिनसम्म चल्ने गर्दछ। यी दिनमा पितृ पक्षमा पितृहरू पृथ्वी लोकमा आ–आफ्ना सन्ततिका घरमा आएर बस्ने गर्दछन् भन्ने मान्यता पनि रहेको छ।

हिन्दु धर्मावलम्बिले सोह्र श्राद्ध, पितृ पक्ष, कगंत, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गर्ने गर्छन्।

पितृ कर्मलाई सनातन संस्कारको केन्द्रबिन्दुका रूपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन् पितृ कर्मको महत्त्व तथा आफ्ना बाबु, बाजेलगायतका एउटा ठुलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पण भावको अद्भुत नमूना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उचाई र महत्त्वलाई थप स्पष्ट पार्छ।

पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्यु तिथि समातेर श्राद्ध गर्दछन्। केही मानिस, जसलाई आफ्ना परिवारजनको मृत्यु तिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखेर पितृ पक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ। जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनको आत्मालाई शान्ति प्राप्त हुन्छ।

पितृ कार्य गरी दिइएको पिण्ड तर्पण भोजनमा परिणत भएर पितृहरूले पाउँछन् भन्ने मान्यता छ। यस अवसरमा विभिन्न ठाउँमा चौतारी रहेका पितृहरूलाई आ–आफ्नो ठाउँमा गई पिण्ड पानी ग्रहण गर भनी यमराजले छुट्टीसमेत दिन्छन् भन्ने मान्यता छ।

सोह्र श्राद्धका दिनमा श्राद्ध गर्ने कर्ताले (पुरुषले) दारी, कपाल काटी एक छाक खाई शुद्ध हुने चलन छ। यसका साथै शुद्ध ठाउँमा बसेर श्राद्ध गर्ने गरिन्छ। यसका साथै काग, गिद्धको दृष्टि नपुग्ने, घरपालुवा कुकुर आदि जनावरको पहुँच नभएको र प्राङ्गण भएको ठाउँमा र श्राद्धकर्ता पूर्व वा दक्षिण फर्केर श्राद्ध गर्ने चलन छ। घरको दक्षिण वा अन्य उपयुक्त ठाउँमा श्राद्ध सम्पन्न हुन्छन्।

शास्त्रअनुसार श्राद्ध गर्ने ठाउँ नजिकै फलामयुक्त सामान वा घन, झ्याम्फल, कुटो, कोदालो, काटी लगायतका सामानहरू राख्नु हुँदैन। यस्ता सामान यमराज अर्थात् यमदण्डको प्रतीक भएकाले यिनलाई देखेमा पितृहरू डराइ भाग्छन् र घरमा प्रवेश गर्दैनन् भन्ने विश्वास छ।

श्राद्धको दिन हात्ती, घोडा आदि जनावर बसेको ठाउँ, खनजोत गर्नु हुँदैन भन्नेसमेत मान्यता रहेको छ।

शास्त्रअनुसार कुन तिथिमा कसको श्राद्ध गरिन्छ त ?
-जसको अपमृत्युमा भएको छ जसमा कुनै दुर्घटना परी, सर्पको डसाइबाट, विष सेवनबाट, शस्त्र प्रहारबाट, हत्याबाट, आत्महत्या वा अन्य कुनै तरिकाको अस्वाभाविक रूपमा निधन भएका पितृहरूको श्राद्ध चतुर्दशी तिथिका दिन गर्नुपर्छ भन्ने कुरा उल्लेख छ।
-जसको मृत्यु सामान्य एवं स्वाभाविक चतुर्दशी तिथिमा भएको छ, उनीहरूको श्राद्ध पितृ पक्षको त्रयोदशी अथवा अमावस्याका दिन गर्नुपर्छ भन्ने कुरा उल्लेख छ।
-काल गतिले मरेकाहरूको श्राद्ध भाद्र पूर्णिमा वा आश्विन कृष्ण अमावस्याका दिन गर्नुपर्छ भन्ने कुरा उल्लेख छ।
– सौभाग्यवती महिला अर्थात् पति जीवित छँदै मरेका महिलाको श्राद्ध पनि केवल पितृ पक्षको नवमी तिथिमा गर्नु भन्ने कुरा उल्लेख छ।
– सन्यासीहरूको श्राद्ध केवल पितृ पक्षको द्वादशीमै गर्नुपर्छ।
– मामाघरको हजुरबा तथा हजुरआमाको श्राद्ध केवल अश्विन शुक्ल प्रतिपदामै गर्नुपर्छ भन्ने कुरा शास्त्र उल्लेख छ।

सोह्र श्राद्धमा गर्न हुने र गर्न नहुने काम ?
शास्त्रअनुसार श्राद्धभन्दा एक दिन अगाडि नङ, कपाल आदि काटी तर शरीरमा सुन, तेल र साबुनको संसर्ग नगरी एक छाक ‘एकछाकी’ सात्विक भोजन गरी चोखोनीतो रूपमा बस्नु पर्छ। श्राद्धका दिन र सोह्रश्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछा मासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन। श्राद्धमा मुसुरीको दाल, लौका, चिचिन्डो, बैगुन, लसुन, प्याज, कोदो, तीते फापर लगायतका खाद्यवस्तुहरूको प्रयोग गर्नु हुँदैन।

श्राद्धको दिनमा हलो जोत्नु, कोदालो खन्नु, दाउरा काट्नु, नाचगानलाई निषेधित गरिएको छ। एकछाकी र श्राद्धका दुवै दिन आकस्मिक रूपमा धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नु हुँदैन।
पूर्ण ब्रहृमचार्यको पालना गर्नुपर्दछ। दिउँसो सुत्नु वा निदाउनु हुँदैन र राति पनि भुईँमा एकसरो ओछ्यान लगाएर शयन गर्ने परम्परा रहेको छ।

महाभारतका अनुसार भन्टा, गाजर, मुसुरोको दाल, रहर, लौका, हिङ, प्याज, लसुन, बीरे नून, जामुन, सुपारी, सर्स्युँ र चनाको प्रयोग निषिद्ध छ। पितृ पक्षमा कुनै पनि मांगलिक तथा शुभ काम गर्न वर्जित छ। यतिखेर इनार वा कुवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्यापन र वधू प्रवेश लगायतका कार्य गर्नु हुँदैन।

श्राद्ध पक्षमा घरमा रङ्ग लगाउन, नयाँ कपडा किन्न, घर सर्ने, विवाह गर्ने र विवाहको कुरा झिक्नसमेत बर्जित छ। भूमि पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि गर्नु हुँदैन।

Previous Post

आज शनि को दोष हटाउन, शनिदेवको पूजा कसरी गर्ने,

Next Post

पक्राउअभिनेता अनमोल केसीको छातीमा समस्या देखिए पछि नर्भिक अस्पतालमा भर्ना

HoKhabar

HoKhabar

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
२ घण्टा अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

९ घण्टा अगाडि
1.2k

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

९ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
Next Post

पक्राउअभिनेता अनमोल केसीको छातीमा समस्या देखिए पछि नर्भिक अस्पतालमा भर्ना

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ९ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    २ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ९ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In