चर्चित गायक तथा कलाकार प्रकाश सपूतलाई एकपछि अर्काे सफलता मिलेको छ ।
पछिल्लो समयमा नेपाली सांगितिक क्षेत्रमा उनले बजारमा ल्याएका सृर्जनाहरुलाई दर्शकहरुले निकै रुचाएका छन् । उनले २ दिन अघि मात्रै सार्वजनिक गरेको “सकम्बरी” बोलको गीतलाई पनि दर्शकले रुचाइरहेका छन् । युटुबमा ३२ लाख भन्दा बढी पटक हेरिएको छ ।
उक्त गीतमा जीवनमा विभिन्न अपरिहार्य बाध्यता र परिस्थितिका कारण आम मानिस कसरी गलत बाटो रोज्न बाध्य हुन्छ भन्ने विषय वस्तु देखाइएको छ।
गायक प्रकाशको शब्द संगीत रहेको उक्त गीतमा बर्ता गन्ध्रभ र स्वयम् प्रकाशले नै आवाज दिएका छन् ।
गीतको भिडियो निर्देशन पनि उनी आफैले नै गरेका छन् । म्युजिक भिडियोमा प्रकाश सपूत, वरिष्ठ कलाकार सुनिल थापा, कुसुम शर्मा, निकस शर्मा सन्जोग रसाइली, स्वरस्वती अधिकारी, सरिता राजेपाध्याय, सालिक भण्डारी लगायतका कलाकारले अभिनय गरेका छन् ।
गायक प्रकाशले चलचित्र प्रदेशी २ मा पनि मुख्य अभिनेताको रुपमा अभिनय गरेका छन् भने सयौं गीतमा डान्स समेत गरेका छन् ।






Discussion about this post