समय खाना पकाउने ग्याँसको खपत निरन्तर घट्ने क्रममा रहेको छ। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण विद्युतिय चुलोको प्रयोग बढेसँगै खाना पकाउने ग्याँसको खपत घटेको हो।
नेपाल आयल निगमका अनुसार गत आर्थिक वर्षको सात महिना अर्थात साउन देखि माघसम्म ३ लाख ९ हजार ८ सय १३ मेट्रिक टन ग्याँस खपत भएको थियो। तर, चालु आर्थिक वर्षको सोही अवधिमा २ लाख ९४ हजार २ सय १८ मेट्रिक टन ग्याँस मात्रै खपत भएको छ। जुन गत आर्थिक वर्षको भन्दा ५ प्रतिशत कम हो।
निगमका अनुसार विगतका वर्षहरुमा खाना पकाउने ग्याँसको खपत वार्षिक रुपमा १० देखि १५ प्रतिशतले बढ्ने गरेको थियो। तर, चालु आर्थिक वर्षमा भने पछिल्लो सात महिनामा ग्याँसको खपत ५ प्रतिशतले घटेको निगमको तथ्यांकमा उल्लेख छ।
नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरमा रहेको माइकासा इन होटलमा बुधवार भीषण आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।...
Read more






Discussion about this post