गुल्मी । रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउन आज सार्वजनिक बिदा दिएको छ । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाइँ जात्राको अवसर पारेर आज एक दिनका लागि नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकाले सूचना जारी गर्दै गत भदौ १० गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । रोपाइँ जात्रा कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन नगरपालिका कार्यालय मातहतका वडा कार्यालयहरु, विद्यालयहरु, स्वास्थ्य संस्थाहरु लगायत यस नगरपालिका मातहतका सम्पूर्ण निकायमा सार्वजनिक बिदा दिइएको जारी सूचनामा उल्लेख गरिएको छ ।






Discussion about this post