‘बले’ पात्रबाट चर्चित कलाकार सागर लम्साल अमेरिका उडेका छन् । जम्मा ६ दिनका लागि उनी मंगलबार बिहान अमेरिका उडेका हुन् । उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै आफू अमेरिका उडेको जानकारी दिएका छन् ।

उनको अमेरिका यात्राको उद्देश्य २ म्युजिक भिडियो अभिनय रहेको छ । दुवै भिडियो उनकै बले ईन्टरटेन्मेन्टबाट निर्माण हुन लागेको हो ।
पछिल्लो समय म्युजिक भिडियो अभिनयमा धेरै देखिँदै आएका लम्साल म्युजिक भिडियोमा उत्कृष्ट लोकेसन पस्किन अमेरिका छायाङ्कन गर्न लागेको बताउँछन् ।






Discussion about this post