देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव बढ्दो क्रममा छ । डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन आग्रह गरिएको छ । आज सबै प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । सडकको अवस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीको आग्रह छ ।






Discussion about this post