काम गर्छ ।दैनिक खानपानमा मसलाको रूपमा प्रयोग गरिने ल्वाङलाई आयुर्वेदमा औषधिको रूपमा महत्व दिइन्छ । राति सुत्नुअघि नियमित ल्वाङ सेवन गर्दा १० दिनभित्रै यसको फाइदा महसुस गर्न सकिन्छ । सुत्ने बेलामा ल्वाङ खाँदा शरीरमा आश्चर्यजनक फाइदा देखा पर्छ ।
के–के छन् त ल्वाङका फाइदा ?
दाँत दुखाइमा आराम
तपाईंको दाँत दुखेको खण्डमा ५ ग्राम कागतीको रसमा ३ वटा ल्वाङ पिसेर जहाँनेर दुखेको छ ठीक त्यहीँ लगाउनुहोस् । तुरुन्तै आराम मिल्छ ।
अथवा बजारबाट ल्वाङको तेल ल्याएर कपास भिजाएर दुखेको ठाउँमा लगाउँदा पनि राहत हुन्छ । यति पनि नभए ल्वाङलाई नै दुखेको ठाउँमै पारेर च्यापिराख्दा पनि केही बेरमा आराम हुनथाल्छ । ल्वाङले दाँतका सबैखाले संक्रमण हटाउँछ ।
घाउको उपचार
ल्वाङ निकै कडा रसयुक्त हुन्छ । कुनै पनि प्रकारको घाउ छ भने जैतुनको तेलमा थोरै ल्वाङको तेल मिसाएर घाउमा लगाउँदा घाउ छिटै निको हुन्छ ।






Discussion about this post