• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:07:57+05:45300720266 2026-06-04T10:07:57+05:45000000Thu, 04 Jun 2026 10:07:57 +0545Thu, 04 Jun 2026 10:07:57 +0545Asia/Kathmandu630_300706Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000057Asia/Kathmandu 620266-10Jun+0545 300706Asia/Kathmandu5730am06p, 0000006ThursdayAsia/Kathmandu5757 262026000000 k620264 3010Asia/Kathmandu 0407ffAsia/KathmanduThu, 04 Jun 2026 10:07:57 +0545Asia/Kathmandu62026-06-04T10:07:57+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:07:57 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 07f ( '300706Asia/Kathmandu5730am06p' === $3026pAsia/Kathmandu || '1780546977' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:07:57 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:07:57 +05456 $100630 ? 300706Asia/Kathmandu() : 300706Asia/Kathmandu() + (07630) ( 10Asia/Kathmandu30_2026p300720266( '100630_2026ff57Asia/Kathmandu30' ) * 10+05451780546977R_04_thEC+05454Thuth ); } 07f ( '062657qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:07:57'; } $300706Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450706Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780546977+0545C' ) : 4p_300706Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300706Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450706Asia/Kathmandu( '620264', $300706Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:07:57 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:07:57 +05456 $04am30Asia/Kathmandu300706Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:07:57 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

तपाईको घरको कुन दिशामा के हुनु उचित ? के भन्छ वास्तु शास्त्र!

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
dav

dav

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश। यसर्थ, वास्तु शास्त्र भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ।

वायुमण्डलका उर्जाका नकारात्मक किरण शरीरमा प्रवेश गर्दा जीवनमा नकारत्मक प्रभाव पर्ने भएका कारण उर्जा कम गर्नका लागि वास्तुको विशेष महत्व भएको वास्तुशास्त्रमा उल्लेख छ । त्यसैले सुत्नका लागि उपयुक्त दिशामा शिरानी हुन जरुरी छ ।गृहस्वामीको मुख्य शयनकक्ष घरको दक्षिण या पश्चिम दिशामा हुनुपर्छ।पृथ्वीको दक्षिणमा धुर्व र शिरको रूपमा मनुष्यको उत्तरी धुर्वले ऊर्जाको एउटा धारा पूर्ण पार्छ।

उत्पन्न हुँदैन। त्यस्तो हुने भएकाले सुतेको मानिसलाई शान्ति एवं गहिरो निन्द्रा लाग्छ। यसबाट राम्रो बुद्धिको विकास हुन्छ र साथै घरमा पनि सुख–समृद्धि एवं सम्पन्नता हुने गर्छ। यदि दक्षिण दिशामा शिरानी राख्न सम्भव हुँदैन भने पश्चिमतर्फ राख्न सकिन्छ।

अन्य दिशामा पलङ्ग र शिरानी राख्नाले बुद्धि सञ्चालन ठीकसँग हुन पाउँदैन। सुत्नको लागि पूर्व सबैभन्दा राम्रो हो । उत्तर पूर्व पनि सुत्न सकिन्छ । पश्चिम राम्रो मानिन्छ । दक्षिण पनि राम्रो नै हुन्छ । तपाई पृथ्वीको उत्तरी गोलाद्र्धमा हुनुहुन्छ भने उत्तर बाहेकको सबै दिशामा सुत्नु राम्रो हो । तर दक्षिणी गोलाद्धमा बसोबास गर्नेका लागि भने दक्षिण शिरानी गर्नु हुँदैन।

 

room

तपाईको घरको कुन दिशामा के हुनु उचित

वास्तु शास्त्र अनुसार घर बनाउदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ। प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको बिशेष ध्यान राखिन्छ। यस लेखमा वास्तु शास्त्र अनुसार बनेको घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने कुराको बिस्तृत जानकारी दिईएको छ।

प्रवेशद्वार

वास्तु शास्त्रमा घरको मुख्य प्रवेशद्वार सुशोभित हुनुपर्छ भनेर भनिएको छ।

प्रवेशद्वार बनाउदा ख्याल गर्नुपर्ने कुराहरु

प्रमुख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो हुनुपर्छ । ढोका राम्रोसँग खुल्ने तथा कुनै आवाज ननिस्कने हुनुपर्छ र ढोका आफै खुल्ने बन्द हुने हुनुहुँदैन । घरको कुनै पनि ढोका धरातलभन्दा तल हुनुहुँदैन । पर्खालको पूर्व र उत्तरतर्फ प्रमुख द्वार बनाउनु उचित हुन्छ । द्वार नैऋत्य र वायव्य कोणमा बनाउनु पर्छ ।

भान्सा घर

वास्तु शास्त्र अनुसार भान्साको पवित्रता तथा स्वच्छता कुनै मन्दिरको भन्दा कम हुदैन। त्यसैले भान्सा बनाउदा निम्न कुराहरु ख्याल गर्नु पर्छ । भान्सा घर दक्षिण–पूर्वी क्षेत्रमा बनाउनु उत्तम मानिन्छ तर ठाउँ नभए उत्तर–पश्चिममा निर्माण गर्न सकिन्छ ।
खाना पकाउने स्थानले पूर्वी र उत्तरी भित्तालाइ छुनु हुदैन । पूर्वमा फर्केर खाना पकाउनु उचित मानिन्छ । घरको ग्यास र चुल्हो बाहिरबाट नदेखिने स्थानमा हुनु पर्छ । पानीको धारा र चुल्होलाइ नजिकै राख्नु हुदैन । खाना भान्साको बीचभागमा बसेर खानु पर्छ ।

पूजास्थल

हिन्दु धर्ममा पूजाले ठूलो महत्व बोकेको छ र श्रद्धा भक्तिपूर्वक गरिने यस कार्यका लागि घरमै छुट्टै पूजा स्थल बनाउने गरिन्छ।पूजाघरको द्वार टिन वा फलामको हुनुहुँदैन । पूजा कोठा शौचालयको ठीक माथि वा तल हुनुहुँदैन । पूजा कोठा शौचालय संग एकै पर्खालले जोडिएको हुनु हुदैन । पूजा कोठाको रंग हलुका क्रिम तथा सेतो हुनुपर्छ भने पूजा कोठा सयन कक्षमा बनाउनु हुँदैन । भगवानको तस्बिर वा मूर्ति नैऋत्य कोणमा राख्नु हुँदैन । घरमा कुलदेवताको चित्र हुनु अत्यन्त शुभ मानिन्छ। यसलाई पूर्व वा उत्तर भित्तामा झुन्डाउनु पर्छ ।

शयन कक्ष

शयन कक्ष अर्थात सुत्ने कोठा वास्तु शास्त्र अनुसार बनेको हुनुपर्दछ। यसो नभएमा राती सपना नराम्रो देखिने गरिन्छ। मुख्य शयन कक्ष दक्षिण भागमा बनाउनु राम्रो हुन्छ। पलंग स्थापना सुत्नेको शीर दक्षिण तर्फ हुने गरी गर्नुपर्छ । शयन कक्ष वर्गाकार हुनु राम्रो मानिन्छ भने कक्ष अनियमित आकारको हुनुहुदैन । शयन कक्षमा पूजास्थल राख्नुहुदैन । पलंगको अगाडी पट्टि ऐना राख्नुहुदैन ।
शयन कक्षमा राम्रा तस्बिर, फूलहरु र चित्रहरु राख्नु उचित हुन्छ। वास्तु शास्त्र अनुसार शयन कक्षमा एक्वैरियम हुनु राम्रो होइन ।

बालबालिका कक्ष

वास्तु शास्त्र अनुसार बाल बालिको प्रगति र विकासको लागि उनीहरुको कोठा निम्न कुरा ध्यानमा राखी बनाइएको हुनु पर्छ ।बालबालिका कक्ष पश्चिममा हुनु राम्रो मानिन्छ । पलंगको अगाडी नै ऐना, कम्प्युटर, टिभी आदि राख्नु हुदैन । कोठाको बीच भाग सधै खाली हुनुपर्छ । धेरै चहकिला बत्तीको प्रयोग गर्नुहुदैन । बच्चाको पलंगलाई दक्षिण९पूर्व भागमा राख्नु उचित हुन्छ । सुत्दा खेरि टाउको पूर्व कि दक्षिण फर्किएको हुनुपर्छ ।

रङ्ग

रङ्गले हाम्रो सोच र बिचारमा ठूलो असर पार्छ। घरमा धीर र शान्त वातावरणको अनुभूति पनि उचित रङ्गको प्रयोगबाट पाउन सकिन्छ। वास्तु शास्त्रमा अनुसार घरको शोभा बढाउन र घरमा खुसियाली कायम गर्न रङ्ग निम्न कुराहरु ध्यानमा राखी घर बनाउनु पर्छ । शयन कक्षमा गुलाबी, हल्का हरियो र हल्का निलो रङ्गको प्रयोग गरेको उचित हुन्छ । बैठक कोठामा पहेंलो, हरियो, निलो, हल्का खैरो रङ्ग प्रयोग गर्न उचित हुन्छ । भान्सा कोठामा पहेंलो, सेतो, सुन्तला, गुलाबी, रातो र चकलेट रङ्ग लगाउनु राम्रो हुन्छ । बाथरूमका लागि सेतो, खैरो, गुलाबी र फिक्का रङ्गहरु लगाउन उचित हुन्छ । घरको कुनै पनि स्थानमा कालो रङ्गको प्रयोग गर्नु उचित हुदैन ।

दिशा सम्बन्धी ज्ञान
वास्तु शास्त्रमा दिशाले ठूलो भूमिका खेल्छ। कुन कक्ष कुन दिशा पट्टि बनाउन हुन्छ वा हुदैन भन्ने कुरा वास्तु शास्त्रमा उल्लेख गरिएको छ । पञ्चभूत लगायत वास्तुशास्त्रमा दिशा पनि एक महत्वपूर्ण तथा आधारभूत कुरा हो। घर तथा भवन अथवा कुनै निर्माण कार्य गर्दा कुन दिशामा कुन वस्तु राख्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन आउँछ, यहि कारण हो हरेकलाई यस्तो बारेमा ज्ञान हुनुपर्ने।

वास्तुशास्त्रमा ८ दिशा र त्यसका विशेषताहरू यसप्रकार छन् ।

१.पूर्व
पूर्वबाट सूर्य उदाउँछ, अर्थात नयाँ प्रहरको आरम्भ हुन्छ। त्यसैले पुरानो र खराब कुरालाई छाडेर नयाँ र असल कुरालाई पछ्याउन चाहने व्यक्तिहरूको लागि पूर्व दिशा उत्तम हुन्छ। संवृद्धताको दिशा हो पूर्वदिशा।

घरका निम्न भागहरू पूर्व दिशातर्फ फर्किएको हुनुपर्दछ

– घरको मूल द्वार, बस्ने कोठा, पढ्ने कोठा तथा पूजा-आजा गर्ने कोठा पूर्व दिशातर्फ फर्किएको हुनुपर्दछ।
– धन-सम्पत्तीको दराज, बाकस, आदिको मूख पूर्व दिशातर्फ खुल्ने गरी राखेको हुनपर्छ।
-भाञ्छा तथा चर्पी कहिल्यै पनि पूर्व दिशामा फर्किएको हुनुहुँदैन।
-पूर्व दिशामा भएका घरका भागहरू कहिल्यै पनि पश्चिम, दक्षिण पश्चिम तथा उत्तर पश्चिम दिशामा भएका भागहरूभन्दा माथिल्लो उच्च स्थानमा हुनुहुँदैन।

२.पश्चिम
वास्तुशास्त्रमा पश्चिम दिशालाई सबैभन्दा टिठलाग्दो दिशाको रूपमा मानिन्छ, मतलब यसले राम्रो भन्दा बढि नराम्रो कुराको सङ्केत गर्दछ। त्यसैले घरको पश्चिम भागमा बस्ने तथा घरको मूलद्वार पश्चिमपट्टी भएका मानिसहरूको जीवनमा कहिल्यै पनि सुख, शान्ति तथा संवृद्धि छाउन सक्दैन। केहि गरी सुखको आश पलाउन लाग्ने बित्तीकै फेरि दुखको पिँजडामा थुनिनुपर्ने हुन्छ, डुब्न लागेको पहेँलो घाम जस्तै।

पश्चिम दिशाको बारेमा ध्यान दिनुपर्ने कुराहरू यसप्रकार रहेका छन्

घरको पश्चिमपट्टि भागमा मूलद्वार होइन, बरु भर्याङ अथवा घरपछाडिको द्वार राख्नु उचित हुन्छ।
चर्पी, फोहोर फाल्ने ठाउँ अनि गोबरग्याँस लाई पश्चिमपट्टी राख्नु उत्तम हुन्छ।

३.उत्तर
उत्तर दिशा भनेको व्यापार९व्यवसाय तथा पेसाको लागि उत्तम दिशा हो। त्यसैले जो व्यक्तिले नयाँ व्यवसाय गर्न चाहन्छ, नयाँ कार्यालय खोल्न चाहन्छ, उसको लागि उत्तर दिशातर्फको कोठा अथवा कार्यालय उत्तम रहन्छ। विज्ञानबाट पनि के थाहा पाइएको छ भन्दा सूर्यबाट आउने हानिकारक विकिरणहरूको असर उत्तर दिशातर्फ कम पर्दछ। त्यसैले घरको आँगन अथवा खुल्ला ठाउँ उत्तर तर्फ बनाउनु सबैभन्दा उत्तम हुन्छ। साथै उत्तर दिशालाई धार्मिक तवरले पवित्र पनि मानिन्छ।

उत्तर दिशासँग सम्बन्धित निम्न कुराहरूमा विशेष ख्याल राख्नुपर्दछ ।

-उच्चतम सफलताको लागि कार्यालयकक्षलाई घर वा भवनको उत्तरतर्फ राख्नु उचित हुन्छ।
-घरको उत्तर दिशातर्फ निर्माण कार्यलाई अलि कमै गर्दा ठीक हुन्छ। यदि तपाईँको घरको उत्तरतर्फ सदावहार निर्माण कार्य भैरहन्छ भन्ने जान्नुहोस् कि तपाईँको जीवनमा संवृद्धि छाउन सक्दैन।
-भाञ्छा, चर्पी तथा फोहोर फाल्ने ठाउँ उत्तरतर्फ राख्दै नराख्नुहोस्।
-घरको भर्याङ पश्चिमतर्फ राख्नु उचित हुन्छ, उत्तर तर्फ भर्याङ राख्दा त्यसले जीवनमा आर्थिक गिरावटको सङ्केत गर्दछ।
-सुत्ने कोठा घरको उत्तर तर्फ नलगाउनुहोस् र सुत्दा पनि उत्तरतर्फ टाउको राखेर नसुत्नुहोस्।

४.दक्षिण
वास्तुशास्त्रीहरू दक्षिण दिशालाई अक्सर विवादास्पद तरिकाले हेर्ने गर्छन्। वास्तुशास्त्र मान्नेहरू पनि दक्षिण दिशा देखि डराउने गर्छन्। किनभने यो दिशा र मानवजातिको बीचमा समन्वय छ वा छैन भन्ने कुराको अझसम्म ठेट उत्तर पत्ता लाग्न सकेको छैन। उदाहरणकै लागि, मानौँ कसैले दक्षिण तर्फ मूल द्वार राखेर घर निर्माण गर्यो। निर्माणको केहि वर्षसम्म त उसको जीवनमा सफलताले बास गरिरहन्छ, तर केहि वर्षपश्चात उसको सफलता विफलतातर्फ गिर्दै जान्छ। त्यसैले वास्तुशास्त्रीहरू के सल्लाह दिन्छन् भने दक्षिण दिशालाई पालैपालो गरी प्रयोग गर्नुपर्छ।

दक्षिण दिशाको बारेमा जान्नुपर्ने कुराहरू

-घरको अन्य दिशाका भागहरूलाई भन्दा दक्षिण भागलाई अग्लो बनाउनुपर्दछ।
-घरको छतमा राख्ने पानीको ट्याङ्की दक्षिणतर्फ राख्नु उचित हुन्छ।
-भाञ्छाकक्ष तथा भोजनकक्ष दक्षिण दिशामा राख्नु अशुभ मानिन्छ।
-घरको भर्याङ दक्षिण तर्फ राख्दा पनि कुनै फरक पर्दैन।

५.उत्तर-पूर्व
उत्तर-पूर्व दिशालाई भगवानको दिशा मानिन्छ। आठै दिशाहरूमध्ये यो दिशालाई सबैभन्दा पवित्र मानिन्छ र यो दिशाको सहि सदुपयोगले पुरुष तथा महिलाहरूको जीवनमा सुख, शान्ति र संवृद्धि छाउने वास्तुशास्त्रको मान्यता छ। त्यसैले

-घरको उत्तर(पूर्व दिशामा खुल्ला ठाउँ अथवा चउर बनाउनु सबैभन्दा उत्तम हुन्छ।
-घरको उत्तर(पूर्व दिशा अन्य दिशा भन्दा हलुका होचो स्थानमा रहेको शुभ मानिन्छ।
-पूजा गर्ने कोठा यो दिशामा राख्नु सबैभन्दा फलदायी हुन्छ।

६. उत्तर-पश्चिम
परिवारका सदस्यहरूबीच पारस्परिक सम्बन्ध बिगार्ने अथवा सुधार्ने काम यसै दिशाले गर्दछ। व्यक्तिको प्रेमसम्बन्धमा पनि उत्तर पश्चिम दिशाले प्रत्यक्ष प्रभाव पार्दछ। त्यसैले नवविवाहित दम्पत्तीको कोठा उत्तर(पश्चिम दिशामा राख्दा त्यस दम्पत्तीको जीवनमा कहिल्यै पनि शान्ति छाउन सक्दैन।

भाञ्छाकक्ष, भोजनकक्ष, सुत्ने कोठालाई यो दिशामा नराखेकै राम्रो। घरको निर्माण गर्दा उत्तर९पश्चिमदिशाबाट कहिल्यै पनि निर्माण सुरु गर्नुहुँदैन। यदि घरको जमीनमुनि पानीको ट्याङ्की छ भने त्यसलाई पनि यो दिशामा नराख्नुहोला।

७. दक्षिण-पूर्व
तर्कसङ्गत र कारणसङ्गत सिद्धान्तलाई मान्ने व्यक्तिहरूको लागि दक्षिण-पुर्व दिशा उत्तम मानिन्छ।

यस दिशाको बारेमा निम्न कुराहरू जान्नु आवश्यक हुन्छ

भाञ्छा कोठालाई यो दिशामा राख्नु सबैभन्दा उत्तम हुन्छ।
विद्युतीय सामग्रीहरू जस्तैस टिभी, मोटर, ब्याट्री, इनभर्टर, आदिलाई घरको दक्षिण पूर्वी कोठामा राख्नु उत्तम हुन्छ।
चर्पी तथा पानी ट्याङ्की यस दिशामा राख्दै नराख्नुहोला।

८.दक्षिण-पश्चिम
उत्तर-पूर्व दिशा देवगणहरूको दिशा हो भने त्यसको ठीक उल्टो दक्षिण पश्चिम दिशा राक्षसगणहरूको दिशा हो। त्यसैले व्यापार, व्यवसाय तथा आर्थिक क्षेत्र, जहाँ जटिल निर्णय लिनुपर्ने हुन्छ, त्यस्ता क्षेत्रमा यो दिशाको प्रयोग गर्नुहुँदैन।

यदि तान्त्रिक शास्त्रको पाठ गर्नुहुन्छ भने त्यसको कोठालाई दक्षिण-पश्चिम दिशामा राख्नु उत्तम हुन्छ।
भगवानको पूजाकक्ष यस दिशामा नराख्नुहोला।

सुत्दा टाउको पनि यो दिशामा नफर्काउनुहोला।
घरको दक्षिण-पश्चिम दिशाको कोठालाई भाडामा दिनु उत्तम हुन्छ।

वास्तुशास्त्रमा जान्नुपर्ने सबैभन्दा मूख्य तथा आधारभूत कुराहरू यहि नै हुन्। यी सामान्य तर महत्वपूर्ण कुराहरूलाई ध्यानमा राखेर दैनिक काम गर्दा पक्कै पनि तपाईँको जीवनमा सकारात्मक ऊर्जाले पछ्याउनेछ। किनभने वास्तुशास्त्र अन्धविश्वास होइन, यो पनि विज्ञानकै एक अंश हो, जसले प्राकृतिक र भौतिक ऊर्जाको सम्बन्धलाई बुझाउँदछ।

Previous Post

नेपालको इन्टरनेट स्पीड अष्ट्रेलिया र भारतको भन्दा तीव्र !

Next Post

कुन दिशामा शिरानी राखेर सुत्दा के हुन्छ ? वास्तु शास्त्र!

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

कुन दिशामा शिरानी राखेर सुत्दा के हुन्छ ? वास्तु शास्त्र!

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In