टिकौली जंगलमा गएको साउन ३१ गते भएको दुर्घटनामा संलग्न गैंडाकोटको अक्सफोर्ड कलेजको बस चालकले लागुपदार्थ सेवन गरेर सवारी चलाएको पुष्टि भएको हो । चितवन मेडिकल कलेजको प्रयोगशालामा बस चालक नवलपुरको गैंडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का आशिष परियार (भरत) को स्वास्थ्य परीक्षण गर्दा उनले लागु पदार्थ सेवन गरेको पुष्टि भएको हो
कलेजका विद्यार्थी बोकेर टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको बसले शव बोकेर देवघाटतिर आउँदै गरेको ना २ च ८४४६ नम्बरको बलेरोलाई ठक्कर दिएको थियो । शवसँगै बसेका केही ब्यक्तिहरु, शवयात्रामा आएका ६ वटा मोटरसाइकललाई बसले ठक्कर दिँदा २० जना घाइते भएका थिए ।
चालक परियारको टीएचसी परीक्षणका क्रममा लागु पदार्थ ( गाँजा) सेवन गरेको पोजेटिभ देखाएको प्रहरीले जनाएको छ । उनले कहिले गाँजा खाएका थिए भन्ने कुरा एकीन नभए पनि परीक्षणमा उनले लागु पदार्थ सेवन गरेको देखिएको प्रहरीको भनाइ छ ।






Discussion about this post