३० साउन– नेकपा एमालेका केन्द्रीय सदस्य एवम् काठमाडौ महानगरका पूर्वमेयर केशव स्थापित पार्टी कमिटीबाट अलग भएका छन् ।
गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित भएपछि उनी प्रायः निष्क्रिय रहेका थिए । उनले पार्टी कमिटीबाट अलग हुन चाहेको जानकारी अहिले नेताहरुलाई गराएका थिए । सोही आधारमा एमालेको सचिवालय बैठकले स्थापितलाई केन्द्रीय सदस्यबाट बिदा गरेको स्रोतले बताएको छ।
यस्तै एमालेले स्थापितसँगै सिरहाका प्रमोद यादवलाई पनि केन्द्रीय सदस्यबाट बिदा गरेको छ ।






Discussion about this post