हाम्रो समाज अन्धविश्वासमा जकडिएको छ । कुनैपनि रोगलाई पाप र धर्मसँग जोडेर हेर्ने चलन अझै पनि कायमै छ । केही समय पहिला कुष्ठरोगलाई पाप गरेको फल भन्ने गरिन्थ्यो ।
अहिले जनचेतना बढेसँगै यो मानसिकता घट्दै गएको छ । कुष्ठरोग लागे उपचार गराउनुपर्छ निको हुन्छ भन्ने कुरा धेरैलाई थाहा भइसकेको छ । त्यस्तै हामी कहाँ जनै खटिरालाई पनि पापको फल मान्ने चलन छ । जनैखटिराको विषयमा नबुझेर कतिपय झारफुक गर्नतिर लाग्ने चलन पनि छ ।
कसरि यौनसम्पर्क राख्दा महिला खुसि हुन्छन
जनैखटिरा जनैजस्तै शरीरमा आउँछ, यदि त्यो जनै जसरी जोडिएमा व्यक्तिको मृत्यु पनि हुने अन्धविश्वास अझै हाम्रो समाजमा छ। तर समयमै उपचार पाएन भने चाँही बिरामीको मृत्यु पनि हुने चिकित्सकको भनाइ छ ।
लामो समय सम्म सम्भोग कसरि गर्ने ?
हरेक जोडी यौनसम्पर्क गर्दा सन्तुष्टि प्रदान गर्न चाहान्छन् । तर धेरै मानिसहरु शीघ्रपतनजस्तो गम्भीर समस्याबाट ग्रसित हुन्छन् ।आज हामी यौनसम्बन्धलाई कसरी लामो बनाउने भनेर चर्चा गर्न गइरहेका छौँ ।हरेक मानिसले सही तरिकाले लामो समयसम्म यौनसम्पर्क गर्नका ल
कुन समयमा महिलालाई बढी यौन चाहाना हुन्छ ?
हाम्रो समाजमा सेक्सका बारेमा खुलेर कुरा गर्ने चलन कमै छ । झन सेक्स कसरी भन्ने बारेमा जान्ने उत्सुकता भएपनि लाज हुन्छ भनेर चुप लाग्छन् ।तर, सुखद जीवनका लागि सुखद सेक्स लाइफ हुनु जरुरी हुन्छ । आम जीवनमा सेक्स आधारभुत आवश्यकता नै हो । जसरी सुत्नु, खानु
एक रातमा कति पटक सम्म सेक्स गर्न सक्छन केटीहरु ?
यौनको मामलामा जानकार तथा विज्ञहहरुले गरेको अनुमानलाई हेर्ने हो भने एक वयस्क पुरुषले एक रातमा कति पटक सम्म सेक्स गर्न सक्छन् भन्ने अझै पनि एकिन भन्न सकिन्न ।तर एक स्वस्थ तथा वयस्क पुरुषले यौनको चरम सुखानुभोगको आधार मा उसको यौनको मात्रा तथा तथा गन्ति ग
हामीले जनै खटिरा कस्तो रोग हो ? भनेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका छाला तथा यौन रोग विभागका सिनियर कन्सल्टेण्ट डा. आनन्द नेपालसँग कुराकानी गरेका छौँ ।
खासमा जनैखटिरा के हो ?
जनैखटिरा प्रायः बढ्दो उमेर तथा रोग प्रतिरोधि क्षमता कमजोर हुने व्यक्तिमा देखा पर्छ । घाउ, चोटपटक, औषधीको साइड इफेक्टजस्ता थुप्रै कारणले पनि यो रोग लाग्छ ।
यो रोग एक पटक लागिसकेपछि फेरि हुने सम्भावना कम हुन्छ । जनैखटिरा एकप्रकारको छाला सम्बन्धी संक्रमण हो जुन अत्यन्त पीडादायी हुन्छ । यो संक्रमण ‘वेरिसेला जोस्टर’ नामक भाइरसका कारण हुनेगर्छ । यसको संक्रमण जोर्नी, शरीरका कुनाकाप्चा लगायत छाला तथा अनुहारको कुनैपनि भागमा देखिनसक्छ । यसलाई ‘हर्पस जोस्टर’ पनि भनिन्छ ।
किन हुन्छ जनैखटिरा ?
ठेउला गराउने भाइरस शरीरमा पुनः सक्रिय भएमा जनैखटिरा देखिने गर्दछ। जब व्यक्तिलाई एक पटक ठेउला हुन्छ, त्यसपछि यसको भाइरस शरीरको तन्त्रिका प्रणालीमा सुप्तअवस्थामा रहनेगर्छ । कुनै व्यक्तिमा आजीवन यही अवस्थामा रहने गर्छ भने केहीमा तनाव, प्रतिरक्षा प्रणाली कमजोर भएमा यो भाइरस पुनः जागृत हुनेगर्छ ।
केही औषधीले पनि यस भाइरसलाई जगाउन अहं भूमिका निर्वाह गर्छ । फलतः जनैखटिरा देखापर्छ । फेरि जागृत भएको भाइरसले ठ्यौला नभई केबल जनैखटिरा मात्र गराउँछ । चिकित्सकहरूका अनुसार जनैखटिरा आफैंमा संक्रामक रोग होइन ।
त्यसैले यो रोग अन्य व्यक्तिको सम्पर्कमा आउँदैमा सर्दैन । यत्ति हो कि, जसलाई एक पटक पनि ठेउला भएको छैन वा जसले ठेउलाको खोप लगाएको छैन उसलाई भने जनैखटिरा हुने सम्भावना बढी हुन्छ ।
जनै खटिराका लक्षणहरु कस्ता हुन्छन् ?
जनै खटिराका लक्षण विभिन्न चरणमा देखिने गर्छ । सबैभन्दा पहिले टाउको दुख्ने तथा उज्यालोप्रति संवेदनशील हुन्छ । ज्वरो आएजस्तो महसुस भए पनि ज्वरो आएको हुँदैन ।
शरीरका कुनै भागमा चिलाएको महसुस हुने तथा त्यस ठाउँमा पीडा हुने गर्दछ । जोर्नी तथा शरीरका कुनाकाप्चामा घाउ तथा खटिरा हुने गर्दछ । यस्तो खटिरा विस्तारै ससाना विमिरामा परिणत हुनथाल्छ ।
यो विमिरामा पानी भरिन्छ र त्यसको बाहिर पाप्रा जम्न थाल्छ । यस्तो समस्यालाई ठीक हुन दुईदेखि चार हप्तासम्म लाग्न सक्छ । केहीमा त यसको कारण दाग समेत बस्ने गर्छ ।
यसकै कारण केहीलाई चक्कर लाग्ने तथा शरीरमा कमजोरी महसुस हुने गर्छ । केहीलाई लामो समयसम्म अनुहारमा पीडा महसुस हुने तथा खटिरा आउने गर्दछ । यसकै कारण व्यक्तिको सोच्ने तथा हेर्ने क्षमतामा समेत नकारात्मक असर पर्नसक्छ । जनैखटिराका कारण कुनै समस्या भएमा तुरुन्तै चिकित्सककहाँ जानु पर्दछ ।
४. उपचार कसरी गर्न सकिन्छ ?
औषधी सेवनद्वारा पनि जनैखटिरा निको पार्न सकिन्छ । यस्ता औषधीमा एन्टीभाइरल तथा दुखाइ कम गर्ने औषधी समेत समावेश हुने गर्दछ । सक्दो छिटो एन्टीवायरल औषधी लगाउनाले जनै खटिराका कारण हुने घाउ निको हुने गर्छ ।
साथै, दुखाइ पनि कम हुन थाल्छ । जनैखटिराको घरेलु उपचार पनि निकै प्रभावकारी हुन्छ । यसलाई फुकेर तथा बाघको चित्र बनाएर पनि ठीक पार्ने गरिन्छ तर यो अन्धविश्वाससँग सम्बन्धित भएकाले यसैको भर पर्नु उचित नहुनसक्छ ।
घरमा यसरी गर्ने हेरचाह
घरमै राम्रो हेरचाह गरेर पनि यो समस्या निको पार्न सकिन्छ । त्यसको लागि छालामा देखा परेको कुनै पनि घाउ वा संक्रमणलाई बेवास्ता गर्नु हुँदैन । सरसफाइमा ध्यान दिनु आवश्यक छ । चिकित्सकहरूको सल्लाहअनुसार नियमित रूपमा औषधीको सेवन गर्नुपर्छ ।
५. कसलाई हुन्छ जनै खटिरा ?
एकपटक ठ्यौला भइसकेको कुनै पनि व्यक्तिलाई जनै खटिरा हुनसक्छ । ५० वर्षभन्दा माथिको उमेर छ र रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने त्यस्ता व्यक्तिलाई पनि जनै खटिरा हुने सम्भावना अधिक हुन्छ ।
त्यसैले उनीहरूका लागि यस विरुद्धको खोप समेत बजारमा उपलब्ध छ । खोप लगाएपछि जनैखटिरा हुने तथा लामो समयसम्म दुखाइ रहने सम्भावना कम हुन्छ । हालै मात्र गरिएको एक शोधअनुसार ४० वर्षभन्दा कम उमेरमा जनैखटिरा हुने व्यक्तिलाई स्ट्रोकको खतरा बढ्ने गर्छ भने हृदयाघातको खतरा समेत बढी हुन्छ ।
शोधका प्रमुख लेखक तथा लण्डन विश्वविद्यालयका वायोलोजी तथा इन्फेक्सन एन्ड इम्युनिटीका प्रोफेसर डा. जुडिथ व्यूररले जनाए अनुसार ४० वर्षमुनि यो समस्या हुने व्यक्तिलाई मुटुको समस्या देखा पर्ने सम्भावना बढी हुन्छ ।






Discussion about this post