काठमाडौं, साउन १६ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँ कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।






Discussion about this post