१४ साउन– डेङ्गुका कारण धरानमा हाल सम्म ८ जनाको मृत्यु भएको छ । २ हजार तीन सय ५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ ।
३ हजार ९८१ जनाको परीक्षण गर्दा हाल सम्म २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले जाकारी दिएका छन ।
परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको उनले बताएका छन । यस्तै धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित रहेका छन ।
संक्रमण बढेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ सय ५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड सञ्चालन गरिएको छ ।
विपिमा डेङ्गुका लागि छुट्टै क्लनिक पनि सञ्चालन गरिएको छ ।डेङ्गु नियन्त्रणका लागि धरानमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरेको उनले बताएका छन । धरानमा २४० वटै टोल विकास संस्थालाई डेङ्गु नियन्त्रण अभियानमा प्रयोग गरिएको उनले बताएका छन ।






Discussion about this post