• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:39:42+05:45303920266 2026-06-04T10:39:42+05:45000000Thu, 04 Jun 2026 10:39:42 +0545Thu, 04 Jun 2026 10:39:42 +0545Asia/Kathmandu630_303906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000042Asia/Kathmandu 620266-10Jun+0545 303906Asia/Kathmandu4230am06p, 0000006ThursdayAsia/Kathmandu4242 262026000000 k620264 3010Asia/Kathmandu 0439ffAsia/KathmanduThu, 04 Jun 2026 10:39:42 +0545Asia/Kathmandu62026-06-04T10:39:42+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:39:42 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 39f ( '303906Asia/Kathmandu4230am06p' === $3026pAsia/Kathmandu || '1780548882' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:39:42 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:39:42 +05456 $100630 ? 303906Asia/Kathmandu() : 303906Asia/Kathmandu() + (39630) ( 10Asia/Kathmandu30_2026p303920266( '100630_2026ff42Asia/Kathmandu30' ) * 10+05451780548882R_04_thEC+05454Thuth ); } 39f ( '062642qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:39:42'; } $303906Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780548882+0545C' ) : 4p_303906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu303906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453906Asia/Kathmandu( '620264', $303906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:39:42 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:39:42 +05456 $04am30Asia/Kathmandu303906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:39:42 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

मानिसको मृत्युको कारण बन्दै चिनी र नुन , किन ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
Sack with pure sugar on table

Sack with pure sugar on table

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

स्वास्थ्य मुटुका लागि के गर्नु पर्छ भन्ने बहस धेरै पहिलेदेखि भएको छ। बलियो मुटुका लागि अवलम्बन गर्ने उपायका बारे पनि धेरै बहस भए। हृदय घातको जोखिम सबैलाई छ। हृदय घातको जोखिम कम गर्ने उपायका बारे बेलायतमा हालै एउटा अध्ययन पनि भएको थियो।

अध्ययनका अनुसार सागसब्जी स्वास्थ्य मुटु तथा हृदय घातको जोखिम कम गर्नका लागि त उपयुक्त हुन्छ। साथै हामीले गर्ने अभ्यासको समय र जीवनशैली पनि हृदयाघातसँग सम्बन्धित हुन्छ। यसै अध्ययनले सन्तुलित भोजनले नै क्यान्सर लगायत धेरै रोगको जोखिम कम गराउने पनि देखाएको छ। धेरै स्वास्थ्यविदले दैनिक भोजनमा पाँच किसिमका फलफूल वा सागसब्जी खानका लागि भनेका छन्।

युनिभर्सिटी अफ अक्सफोर्ड एन्ड ब्रीसटोल तथा चाइनिज युनिभर्सिटी अफ हङकङले चार लाख मानिसमा यो अध्ययन गरेको थियो। सर्वेमा ४ लाखलाई नै उनीहरूको भोजनको साथै जीवन यापनको शैली तथा शारीरिक अवस्थाको बारे जानकारी लिइएको थियो। अध्ययनको क्रममा पकाउने तरिका र उनीहरूले बिताउने गरेको जीवनशैलीको बारे पनि जानकारी लिइएको थियो।

अध्ययनले सन्तुलित भोजनले नै क्यान्सर लगायत धेरै रोगको जोखिम कम गराउने देखाएको छ। धेरै स्वास्थ्यविदले दैनिक भोजनमा पाँच किसिमका फलफूल वा सागसब्जी खान सुझाव दिएका छन् ।

औसतमा धेरै मानिसले दुई चम्चा नपकाएको सागका साथै तीन फरक किसिमका पकाइएका तरकारी खाने गरेका थिए। यसै अध्ययनलाई पूर्ण रूप दिनका लागि पछिल्लो १२ वर्षमा मुटुको समस्याका कारण अस्पताल भर्ना भएकाहरूलाई पनि निगरानीमा राखिएको थियो। प्रशस्त सागसब्जी खानेको मुटु रोगबाट मर्ने जोखिम सागसब्जी कम खानेको भन्दा १५ प्रतिशतले कम पाइएको छ। अध्ययनमा सहभागीले यसका अलावा अन्य विभिन्न कारणको समेत खोजी गरेका छन्।

अन्य कारणमा धूम्रपान नै प्रमुख मानिएको छ। साथै मादक पदार्थ सेवन, दैनिक आम्दानी, जीवनयापनको शैली, अभ्यास, दैनिक कामको प्रकृति, आम्दानी र उनीहरूले प्रयोग गर्ने डाइट रहेका छन्। यो अध्ययन अझै केही कुरामा पूर्ण भएको छैन। कुन तरकारी मुटुका कति उपयुक्त भन्ने तथ्य पत्ता लगाउन अझै धेरै लामो समय कुर्नुपर्ने हुनसक्छ।

अक्सफोर्ड विश्वविद्यालयका डा. बेन लेसी भन्छन्, ‘मुटु सम्बन्धी रोगका लागि डाइटको असरका बारे यो अध्ययन महत्त्वपूर्ण हुनसक्छ ’ उनले अगाडि भने, ‘बेलायतमा रहेका धेरै जना यस कुरामा चुकेका छन्। हामीले सके सम्म धेरै तरकारी खानका लागि प्रेरित गर्न आवश्यक छ।’

अन्य विश्लेषक तथा यसका ज्ञाता भने लामो समयको अन्तरालमा मानिसले कसरी जीवन बिताउँछ भनेर अध्ययन गरेर जोखिम निर्क्योल गर्नु पर्नेमा जोड दिन्छन्। ती विज्ञहरू यस किसिमको अध्ययनले मानिसले जीवन यापनको शैलीमा गरेका गल्तीको पहिचान गर्न पनि सहज हुने कुरामा जोड दिन्छन्।

लिड्स विश्वविद्यालयका प्राध्यापक जानेट केड हामीले जीवन यापनसँग सम्बन्धित सामान्य विषयमा गल्ती गरिरहेको र यसलाई पहिचान गरेर सुधार गर्न नसकेको गुनासो गरेका छन्। फ्रान्टीयर्समा प्रकाशित एक रिपोर्ट अनुसार नपकाएका साग खाने व्यक्तिमा पकाएर खानेको भन्दा मुटु रोगको जोखिम कम पाइएको छ। पाकेपछि भिटामिन सिको मात्रा घट्ने भएकाले यस्तो भएको जनाइएको छ।
हामीले तरकारी पकाउँदा तेल या चिल्लो पदार्थको प्रयोग गर्छौ। हामीले नुन प्रयोग गर्ने भएकाले सोडियमको मात्रा पनि त्यहाँ हुन्छ। यी सबैले मुटु रोगको जोखिम भने बढ्नसक्छ।

मुटु रोगबाट मात्र होइन जीवन कत्ति लामो रहने भन्ने कुरा धेरै हदसम्म हाम्रो जीवन यापन र हामीले प्रयोग गर्ने डाइटमा नै निर्भर हुन्छ।

धेरै भिजिटेबल डाइट खाने कम क्यालोरी युक्त तथा कम फ्याट भएको खाना खाने गर्न सक्छन्। धेरै भिटामिन तथा एन्टी अक्सिडेन्ट खाने कुराको सेवन पनि गर्न सक्छन्। यसले सेलको नास हुनबाट बचाउन सक्छ। मुटु रोगबाट मात्र होइन जीवन कत्ति लामो रहने भन्ने कुरा धेरै हदसम्म हाम्रो जीवन यापन र हामीले प्रयोग गर्ने डाइटमा नै निर्भर रहेको हुन्छ। सन् २०१९ मा नै एउटा रिपोर्ट प्रकाशित भएको थियो। सो रिपोर्ट अनुसार वार्षिक १ करोड १० लाख भन्दा बढीले अल्पायुमै ज्यान गुमाउने गरेका छन्। यसरी धेरै ज्यान गुमाउनेमा धूम्रपान सेवनका कारण भन्दा बढी खाने कुरामा सन्तुलन नभएर बिरामी हुने धेरै छन्।

कोरोना महामारी सुरु हुनु भन्दा अघि नै प्रकाशित यो रिपोर्टका अनुसार वार्षिक मृत्यु हुने प्रत्येक पाँच मध्यको एकको कारण असन्तुलित भोजन थियो। पकाएका खाना, सस या अन्य कुनै पनि कुरामा रहेको नुनको मात्रा नै सबै भन्दा धेरै मानिसको मृत्युको कारण बनेको छ। कमजोर र विषादीयुक्त खाने कुरा नै मुटु तथा क्यान्सरको प्रमुख कारण बनेको छ।

अहिलेको स्वादिलो तथा अस्वास्थ्यकर खाद्य पदार्थ नै मानिसको स्वास्थ्यको सबैभन्दा ठूलो समस्या बनेको छ।

सोही वर्ष नै ग्लोबल बर्डन अफ डिजिजले गरेको अध्ययनका अनुसार धेरै नुनका कारण हरेक वर्ष ३० लाख मानिसको ज्यान जाने गरेको थियो। नपिसेको अन्नको अभावमा ३० लाख जनाको ज्यान जाने गरेको थियो। सोही समयको तथ्याङ्कको अनुसार थोरै फलफूल खाएका कारण २० लाख जनाको ज्यान जाने गरेको थियो। बिया, तरकारी र प्रोटिनको अभावका पनि धेरै जनाको ज्यान जाने गरेको फेला परेको हो।

डाइट नमिलेर ज्यान गुमाउने १ करोड १० लाख मध्ये १ करोड जना मुटु रोगको सिकार भएको पाइएको थियो। धेरै नुन भएका कारण रक्तचापमा वृद्धि भएर हृदयाघातको जोखिम बढाएको थियो। नुनकै कारण रक्तसञ्चारमा असर परेर मानिसका धेरै अङ्ग कामै नलाग्ने पनि हुने गरेका छन्। क्यान्सर र ‘ टाइप टु ’ मधुमेह अल्पायुमै मानिसको मृत्यु हुनेको अर्को प्रमुख कारण बनेको छ।

यो अध्ययन बेलायतमा गरिएको भए पनि यो समस्या सिङ्गो विश्वको हो। कुनै पनि देश स्वास्थ्यवर्द्धक डाइटमा पूर्ण छैन। तर, अध्ययनको अर्थ यो हो कि कुन देश पूर्ण डाइट प्याकेजबाट कति टाढा छ भन्ने हो।

नुनकै कारण रक्तसञ्चारमा असर परेर मानिसका धेरै अङ्ग कामै नलाग्ने हुन्छन्। क्यान्सर र ‘टाइप टु’ मधुमेह अल्पायुमै मानिसको मृत्यु हुनेको अर्को प्रमुख कारण बनेको छ।

संसार भरी नै चिकित्सकीय रूपले सिफारिस गरिएको तथा यसमा आम मानिसले प्रयोग गर्ने डाइटमा केही फरक देखिएको छ। गेडाजन्य तथा बियाहरू सिफारिस गरिएको १२ प्रतिशत मात्र उपयोग गर्ने चलन छ। यसैगरी, दूध आवश्यकताको १३ प्रतिशत मानिसले प्रयोग गर्ने गरेका छन्। नपिसिएको अन्न सिफारिसको तुलनामा २३ प्रतिशत मानिसले उपयोग गर्ने गरेका छन्। यसैगरी, रातो मासु सिफारिसको तुलनामा बढी प्रयोग हुने गरेको छ। मानिसलाई दैनिक २२ ग्राम सिफारिस गरिए पनि औसतमा २७ ग्राम प्रयोग गर्ने गरिएको छ। सोडियम त झन् सिफारिस भन्दा दुई गुणा बढी प्रयोग हुने गरेका छन्। दैनिक ३ ग्राम उपयुक्त मानिए पनि मानिसले औसतमा ६ ग्राम सोडियम दैनिक उपभोग गर्ने गरेको पाइएको छ। योक्रम अन्य मासु जन्य पदार्थमा पनि रहेको छ। दैनिक २.१ ग्राम सिफारिस गरिए पनि ४ ग्रामको दरले मानिसले उपयोग गर्ने गरेको पाइएको छ।

अध्ययन अनुसार नट्स तथा बियाजन्य खाद्य पदार्थ नै मानिसले सिफारिस गरिए भन्दा धेरै प्रयोग गर्ने गरेका छन्। ओखर, काजु र बदाम जस्ता पदार्थले नै धेरै मानिसको ज्यान जोगाउन सक्ने एक रिपोर्टमा उल्लेख छ। धेरै मानिसले यसलाई महँगो ठानेका कारण नै समस्या उत्पन्न भएको हो।

भन्ने गरिन्छ ,संसारमा खान नपाएर मर्नेको सङ्ख्या जत्ति छ खान नजानेर मर्नेको सङ्ख्या त्यो भन्दा धेरै गुणा बढी छ।

एक अध्ययनले घातक पेय पदार्थ भने संसारको कुनै पनि स्थानमा उत्तिकै प्रयोग गर्ने गरेको पाइएको छ। अहिलेको स्वादिलो तथा अस्वास्थ्यकर खाद्य पदार्थ नै मानिसको स्वास्थ्यको सबैभन्दा ठूलो समस्या बनेको छ।

संसारकै खराब डाइटका कारण सबैभन्दा कम मान्छे मर्ने देश इजरायल रहेको छ। त्यसै रिपोर्ट अनुसार त्यहाँ प्रतिवर्ष १ लाखमा ८९ जना यस्ता कारणले मर्ने गर्थे। उज्बेकिस्तानमा सबैभन्दा धेरै ८९२ जना मरेको तथ्याङ्क थियो। भन्ने गरिन्छ ,संसारमा खान नपाएर मर्नेको सङ्ख्या जत्ति छ खान नजानेर मर्नेको सङ्ख्या त्यो भन्दा धेरै गुणा बढी छ।

खान नजानेकै कारण स्वादको नाममा पिइने खराब पेय पदार्थ, बढी चिनी, कम फलफूल, कम दूध र कम सागसब्जीका साथै कम बियाजन्य डाइटका कारण हरेक वर्ष संसारका धेरै मानिसको ज्यान गइरहेको छ। एजेन्सीको सहयोगमा

Previous Post

दैनिक यी खानेकुरा खाँदा क्यान्सरको जोखिम बढ्न सक्ने !

Next Post

केरालाई छिट्टै बिग्रन नदिन के गर्ने ?अपनाउनुहोस् यी उपाय

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

केरालाई छिट्टै बिग्रन नदिन के गर्ने ?अपनाउनुहोस् यी उपाय

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In