HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बाल बालिकाको दाँतको हेरचाह कसरी गर्ने

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो देशमा बालबालिकाहरूका स्थायी दाँत आउने उमेर थाहा नहुँदा धेरैजसो बच्चा दाँतको समस्याबाट पीडित भइरहेका छन् । साधारणतया पहिलो स्थायी दाँत ६ वर्षदेखि उम्रन सुरु हुन्छ । सर्वप्रथम तल्लो अगाडिका स्थायी दाँतहरू उम्रन्छन् । त्यसपछि चारवटा बंगाराका (माथि दुई र तल दुई) स्थायी

डा. रीना शाक्य

हाम्रो देशमा बालबालिकाहरूका स्थायी दाँत आउने उमेर थाहा नहुँदा धेरैजसो बच्चा दाँतको समस्याबाट पीडित भइरहेका छन् । साधारणतया पहिलो स्थायी दाँत ६ वर्षदेखि उम्रन सुरु हुन्छ । सर्वप्रथम तल्लो अगाडिका स्थायी दाँतहरू उम्रन्छन् । त्यसपछि चारवटा बंगाराका (माथि दुई र तल दुई) स्थायी दाँत उम्रन्छन् । यी बंगाराका दाँतहरू कम उमेरमै उम्रने हुँदा धेरै अभिभावकले दुधे दाँत नै उम्रेको ठान्छन् । र पछि झरिहाल्ने दाँत भनेर उचित हेरचाह गर्दैनन् । त्यसकारण धेरैजसो यी बंगाराहरू छिट्टै कीराले खाने र कतिपयको त उपचार नै गर्न नमिल्ने अवस्थामा पनि पुग्छन् । यस्तो समस्या लिएर धेरै उपचारका लागि आउँछन् । यी सबै समस्याको समाधानका लागि सानै उमेरदेखि डेन्टल भिजिट जरुरी हुन्छ । समयमा उचित उपचार भएमा भविष्यमा आउने ठूलो समस्याबाट बच्न सकिन्छ ।

यी चारवटा बंगाराले खाना चपाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । राम्ररी चपाएर खाएमा पाचन क्रियामा समस्या आउँदैन र शरीर स्वस्थ रहन्छ । त्यसैले तपाईंका बालबालिकाहरूका यी दाँत स्वस्थ छन् कि छैनन् हेर्न जरुरी छ । साधारण कीराले खाएको छ भने तत्कालै डेन्टल क्लिनिक वा अस्पतालमा गएर भराउनु (फिलिङ) पर्छ । एकपटक राम्ररी फिलिङ गरेको दाँतमा फेरि समस्या देखिँदैन । दुखेको अवस्था छ भने पनि सकेसम्म जरादेखिभर्दा राम्रो हुन्छ । जरादेखि भरेर कृत्रिम खोल हालेमा बलियो हुन्छ र भविष्यमा यसमा समस्या आउँदैन ।

हामीले सानै उमेरदेखि स्वस्थ खाना खुवाउने, दूध र दूधजन्य पदार्थहरू बढी खुवाउने गर्दा स्थायी दाँतहरू बलिया हुन्छन् र छिटो कीराले पनि खाँदैनन् । दिनहुँ खाना खाएपछि कुल्ला गर्ने, खाना अड्किएको खण्डमा डेन्टल फ्लस गर्न लगाउने र सही तरिकाले २,३ मिनेट दिनहुँ दुईपटक फ्लोराइडयुक्त दन्त मञ्जनले ब्रस गर्ने बानी बसाल्नुपर्छ । यसले दाँत कीराले खाई दुख्ने समस्याबाट सधैका लागि मुक्त हुन सकिन्छ ।

Previous Post

आठ संकेत, जसले मुटु खराब भएको जनाउँछ

Next Post

त्रिभुवन विमानस्थल भन्सार प्रमुख पोखरेल हटाइए, पाण्डेलाई जिम्मेवारी

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

त्रिभुवन विमानस्थल भन्सार प्रमुख पोखरेल हटाइए, पाण्डेलाई जिम्मेवारी

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.