प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज इटालीतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री दाहाललाई बिदाइ गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव डा.वैकुण्ठ अर्याल लगायत नेताहरू विमानस्थल पुगेका थिए ।







Discussion about this post