HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

लम्पी स्किन : गाईभैँसी मरेपछि किसान चिन्तामा, महामारी घोषणा गर्न विज्ञको सुझाव

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ सित्तडका मानसिंह कार्कीको खेतभरि अहिले पानी छ । तर रोपाइँ भने हुन सकेको छैन । रोपाइँका लागि खेत जोत्न उहाँको घरमा एक हल गोरु थिए । तर लम्पी स्किन रोगका कारण एउटा गोरु मरेपछि उहाँको खेत बाँझै छ । अब खेत रोप्न अरूको गोरुको भर पर्नु परेको छ । तर गाउँभरि लम्पी स्किन फैलिएपछि गाउँकै अवस्था उहाँको जस्तो छ । यसअघि गाउँमा १५ दिनअघि नै रोपाइँ सकिन्थ्यो । तर अब अहिले सबै कसका गोरु सद्दे छन् र कहिले आफ्नो रोपाइँको पालो आउला भनेर कुर्नु पर्ने अवस्था छ । उहाँलाई अब रोपाइँ नै पो नहोला कि भन्ने चिन्ता छ ।

‘गाउँभरिकै गाईवस्तुमा लम्पी फैलिएको छ । झन्डै २० प्रतिशत मरे होलान् । भएका पनि रोग लागेपछि ठिक हुन तीन/चार महिना लाग्छ’, कार्की भन्नुहुन्छ, ‘रोग नलागेको भए गाउँमा रोपाइँ सकिसक्थ्यो । १५ दिन यसै ढिलो भइसक्यो । अब त रोपाइँ नै नहोला कि भन्ने डर भयो ।’

उहाँका एक हल गोरु र गोठमा भएका दुई वटा गाईमा तीन महिनाअघि लम्पी स्किन देखापर्‍याे । गाई–गोरुमा धेरै ज्वरो आउने, खुट्टा सुन्निने, फोका, घाउ, खटिरा, बिमिरा आउने भयो । कति फोका फुटे जसले गर्दा अहिले पनि घाउ नै छ । एउटा गोरु मर्‍याे । दूध दिने दुई वटै गाई अझै तङ्ग्रिन सकेका छैनन् । दूध सबै घट्यो । रोग लागेपछि उहाँले दूध दुहुनै छोड्नुभयो । उहाँ भन्नुहुन्छ, ‘गाई यसै रोगी छ । दूध सबै घटेको छ । त्यसमाथि रोगी गाईको दूध के खानु भनेर दुहुनै छोडियो । तीन महिनाअघि लागेको रोग अहिलेसम्म ठिक भएको छैन ।’

उपचारमा अहिलेसम्म झन्डै ३०/४० हजार रुपैयाँ सकिसक्यो । वडा अनि पालिकाले पनि केही सहयोग गरेको छैन । उहाँ भन्नुहुन्छ, ‘एउटा त गोरु नै मर्‍याे । त्यसको त हिसाबै गरेको छैन । भएका तीन वटाको उपचारमा झन्डै ३०/४० हजार रुपैयाँ सकियो । उपचार गरिराखेकै छ । अझै राम्रोसँग ठिक भएको छैन । अहिलेसम्म कसैले केही सहयोग गरेको छैन ।’

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नम्बर ३ का मनोज तिवारीको एक हल गोरु र दुई वटा गाईलाई लम्पी स्किन देखिएको तीन हप्ता भयो । गाई–गोरु कुनै पनि नमरे पनि छाती, ह्याकुल्लो सबै सुन्निएको छ । जिउभरि फोका छ । खुट्टा सुन्निएर बस्न सकेको छैन । हल गोरु बिरामी भएपछि अरूको गोरुले भर्खरै रोपाइँ त सकाउनु भयो । एउटा ब्याउने तथा अर्को लैनो गाईलाई पनि लम्पी स्किन रोग लाग्यो । उपचारमा पनि ४०/५० हजार रुपैयाँ सकियो ।

‘गाई, गोरुलाई रोग त लाग्यो लाग्यो । उपचारमा पनि धेरै पैसा खर्च भयो । बेलामै रोपाइँ गर्न पाइएन । लैनोको त दूध दुहुनै छोडियो’, उहाँ भन्नुहुन्छ, ‘ब्याउने बल्ल अलि अलि तङ्ग्रिएको छ । मर्ला कि भन्ने डर छ, अझै घाउ निको भइसकेको छैन ।’

यी त लम्पी स्किनले प्रभावित किसानका प्रतिनिधि घटनामात्र हुन् । अहिलेसम्म देशभर सात लाख ६४ हजारभन्दा धेरै गाईभैँसी लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । लम्पी स्किन गाईभैँसीमा भाइरसका कारण लाग्ने रोग हो । यो अहिले महामारीको रूपमा फैलिएको छ । रोग लागेपछि पशुहरूमा धेरै ज्वरो आउने, छालामा गोलो गिर्खा/गाँठाहरू आउने, र्‍याल, सिँगान बग्ने, खुट्टा, जोर्नीहरू सुन्निनेजस्ता लक्षणहरू देखापर्छ ।

नेपालमा यो रोग पहिलो पटक २०७७ सालको असार महिनामा मोरङको सुन्दरहरैँचा नगरपालिकामा देखापरेको थियो । शुरुका दुई वर्षमा १६ जिल्लाका २९ वटा पालिकामा तीन हजार तीन सय एक पशु सङ्क्रमित भएका थिए । त्यसपछि २०७९ सालको चैतदेखि कोशी प्रदेशबाट महामारीको रूपमा फैलिएर अहिलेसम्म देशभर पुगिसकेको छ । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्य पहाडी क्षेत्रमा यसले महामारीको रूप लिएको छ ।

रोग नियन्त्रणका लागि पशु सेवा विभागले आफ्ना मातहतका निकायमा पशु स्वास्थ्यकर्मी परिचालन गरेको छ । साथै विभागमा रोग नियन्त्रण कक्ष पनि स्थापना गरिएको छ । रोगका उपचार, अनुसन्धान र प्राविधिक सल्लाहका लागि पनि सङ्घ, प्रदेश र पालिकामा पनि टोली परिचालन गरिएको पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिनुभयाे ।

लम्पी स्किन रोग नियन्त्रणका लागि अहिले बजारमा विभिन्न किसिमका खोपहरू उपलब्ध छन् । कतिपय पालिकाहरूले खोप किनेर निःशुल्क किसानलाई उपलब्ध गराएको पनि ढकालले बताउनुभयो । अहिलेसम्म दुई लाख २२ हजार सात सय ५१ डोज खोप सङ्क्रमित पशुहरूलाई लगाइसकिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै १० लाख डोज खोप बजारमा आइरहेको उहाँले बताउनुभयो ।

रोगले महामारीको रूप लिएको भए पनि सरकार रोगको उपचार तथा किसानलाई राहत तथा क्षतिपूर्तिका लागि गम्भीर नभएको भन्दै विरोध भइरहेको छ । बुधवार पशु सेवा विभागको कार्यालय ललितपुरको हरिहर भवनमा राष्ट्रिय किसान सञ्जालको नेतृत्वमा किसानले धर्ना पनि दिए ।

सञ्जालका अध्यक्ष गणेश तिमल्सिनाले रोग पूर्ण नियन्त्रणमा ल्याउन खोपको व्यवस्था गर्नुपर्ने, बीमा गरेका र नगरेका किसानलाई उचित क्षतिपूर्ति र राहत दिनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो । बीमा गरेका किसानले समयमै बीमाको रकम पाउनुपर्ने र बीमा नगरेका किसानलाई पालिकाहरूले तथ्याङ्क सङ्कलन गरी उचित क्षतिपूर्ति दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, ‘बीमा गरेका किसानले बीमाको रकम नपाएका कारण बीमा प्राधिकरणमा डेलिगेशन जाने, बीमा नगरेका किसानलाई पनि उचित क्षतिपूर्ति दिनुपर्ने र खोप उपलब्ध गराउन सरकारलाई दबाब दिनका लागि सञ्जालको बैठक बसिरहेको छ ।’

लम्पी स्किनबाट प्रभावित किसानलाई सरकारले क्षतिपूर्ति दिने निर्णय गरेको छैन । ‘लम्पी स्किन रोग जति सङ्क्रामक छ यसको मृत्युदर कम छ । अहिलेसम्म बीमाले यसको क्षतिपूर्ति गरिरहेको हुनाले यसको विकल्प भनेको बीमा नै हो’, पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकाल भन्नुहुन्छ ।

तर सबै किसानले गाईभैँसीको बीमा गराएका छैनन् । बीमा गराएकाले पनि त्यसबापतको रकम पाएका छैनन् । यस्तो बेला पालिकास्तरबाटै राहत उपलब्ध गराउनुपर्ने किसानको माग छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे यस पटक लम्पी स्किनबाट अनुमान गरेभन्दा बढी क्षति भएको बताउनुहुन्छ । महासङ्घले पालिकाहरूमा प्राविधिक खटाउने र उनीहरूको सल्लाह अपनाउन किसानलाई अनुरोध गरेको छ । पाण्डे भन्नुहुन्छ, ‘गोठहरू सरसफाइ गर्ने, गाईवस्तुले के खान्छ हेरेर खान दिने र ज्वरो नियन्त्रणका लागि प्राविधिक खटाउने तथा उनीहरूको सुझावको आधारमा औषधि उपचार गर्न लगाउने काम भएको छ ।’

अहिले महासङ्घले वडाका प्रतिनिधिहरूलाई खटाएर किसानका मरेका पशुहरूको तथ्याङ्क सङ्कलन गर्ने काम गरिरहेको छ । ‘अहिले क्षतिको आँकलन गर्ने काम भइरहेको छ । व्यावसायिक पशुपालन गर्ने किसानहरू एकदम मर्माहत हुनुहुन्छ । उहाँहरूलाई यसबाट केही राहत उपलब्ध गराउने वातावरण कसरी हुन्छ भनेर तथ्याङ्क सङ्कलन गर्दैछाैँ’, पाण्डे भन्नुहुन्छ, ‘अवस्था हेरेर किसानलाई केही राहत कसरी हुन्छ भनेर उपायहरू आँकलन गरिरहेका छौँ ।’

महामारी घोषणा गर्नुपर्छ : डा. मनोजकुमार शाही, प्रवक्ता, नेपाल पशु चिकित्सा परिषद्

देशभर लम्पी स्किन फैलिएको छ । त्यस कारण नफैलिएको ठाउँमा खोप लगाउने र फैलिएको ठाउँमा प्राविधिक पठाएर तत्काल उपचार गर्नुपर्छ । पालिकाहरूमा भेटेरिनरी डाक्टर तथा प्राविधिकहरूको जुन चरम अभाव छ त्यसको परिपूर्ति गर्ने काम गर्नुपर्छ । अनि देशभर फैलिएको हिसाबले यसलाई महामारी पनि घोषणा गर्नुपर्छ ।

अहिले यसको ४ देखि ५ प्रतिशत मृत्युदर देखिएको छ । यसका कारण अहिले ३० देखि ४० प्रतिशत दूध उत्पादन कम भएको छ । छाला काम नलाग्ने, लामो बेतान्तर भएर पशु बाली नहुने र अर्को उत्पादनमा पनि अर्थात् अर्को बेतमा पनि दूध घट्ने हुन्छ । त्यस कारण समयमा नै ध्यान नपुर्‍याएकाे खण्डमा एक खर्ब २६ अर्ब रुपैयाँको नोक्सान हुन सक्छ भनेर हामीले असारको पहिलो हप्ता सरकालाई सुझाव पनि दिएका छौँ ।

अहिलेसम्म ३६ अर्ब रुपैयाँ बराबरको नोक्सान भइसकेको हाम्रो अनुमान छ । अझै पनि किसानको पशुधन र नेपालको अर्थतन्त्रलाई बचाउने हो भने पालिका, प्रदेश र सङ्घले तत्काल नियन्त्रणको काम गर्नुपर्छ ।

यो रोग देशव्यापीरूपमा फैलिएकोले नियन्त्रणका लागि पहिले आन्तरिकरूपमा क्वरेण्टीन प्रणालीलाई बलियाे बनाउनु पर्नेछ । एउटा जिल्ला वा प्रदेशमा रोग देखिएपछि रोग अन्त नसर्नका लागि समयमै त्यहाँका पशु अनि पशुजन्य पदार्थको ओसारपसारमा प्रतिबन्ध लगाउनुपर्थ्याे । हामीले त्याे गर्न सकेका छैनौँ ।

अहिले हामीले गर्ने भनेको नदेखिएको ठाउँमा गएर खोप लगाउने अनि देखिएको ठाउँमा प्राविधिक तथा भेटेरिनरी डाक्टरहरू पठाउने हाे । अहिले सात सय ५३ पालिकामध्ये पाँच सय १८ पालिकामा भेटेरिनरी डाक्टर छैनन् । यसको लक्षणमा पशुहरूको शरीरभरि घाउ आउने, पाक्ने, छालामा किरा पर्ने, शिथिल भएका कारण बसेपछि उठ्नै नसक्ने हुन्छ । त्यस कारण यसको तत्काल उपचार चाहिन्छ । यसका लागि वडा वडामा प्राविधिक पठाउनुपर्छ । र महामारी घोषणा गर्दा निजी र सीटीईभीटी तथा कलेजमा पढिरहेका जनशक्ति पनि परिचालन गर्न सक्छौँ ।

पहिले हामीले ९० लाख खोप चाहिन्छ भन्ने प्रक्षेपण गरेका थियौँ । तर रोग फैलिसकेकोले अब त्यति खोप नचाहिन सक्छ । अब जहाँ जहाँ याे राेग छैन त्यहाँ त्यहाँ तत्काल खोप, औषधि र जनशक्ति पठाएनौँ भने दैनिक करोडौँ नोक्सान हुन्छ ।

हामीले यसलाई बेलैमा नियन्त्रण गर्न सकेनौँ भने अर्थतन्त्रमा झन्डै ८ प्रतिशत योगदान गरिरहेको दुग्ध क्षेत्रमा ठूलो नोक्सानी हुन्छ ।

Previous Post

हृदयघात हुनासाथ के गर्ने, के नगर्ने ?

Next Post

मूल्यवृद्धि पनि विगतको भन्दा घटेको छ: अर्थमन्त्री महत

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

मूल्यवृद्धि पनि विगतको भन्दा घटेको छ: अर्थमन्त्री महत

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.