नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ अङ्कमा कायम भएको हो । आज विभिन्न दुई सय ८९ कम्पनीका ८५ लाख चार हजार तीन सय ७८ कित्ता शेयर रू तीन अर्ब १८ करोड ७६ लाख ९५ हजार सात सय ७४ मा खरिदबिक्री भएका छन् । वित्त र होटल तथा पर्यटन समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
आजको कारोबारपछि वित्त समूह ३९ दशमलव २० र होटल तथा पर्यटन समूह ५१ दशमलव ०८ अङ्कले घटेको छ । बढ्नेमा भने सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय छ दशमलव ८० र जलविद्युत् समूहकाृ उपसूचक एक सय दुई दशमलव ७२ अङ्कले बढेको छ । बैंकिङ ८ दशमलव ७७, विकास बैंक ३० दशमलव ८७, लगानी शून्य दशमलव ४० र जीवन बीमा ३८ दशमलव ९६ अङ्कले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ५९ दशमलव ४८, लघुवित्त समूह ७३ दशमलव ७५, म्युचुअल फन्ड शून्य दशमलव २६, व्यापार नौ दशमलव ०७ र अन्य समूह १६ दशमलव ०५ अङ्कले बढेको छ ।






Discussion about this post