अहिले अधिकाशं मानिसका लागी मोटोपन टाउको दुखाईको विषय हो ।
अव्यवस्थित खानपान, विलासी जीवन नै मोटोपनको कारण हो । यसरी मोटोपन बढनाले शरीरमा अतिरिक्त बोसो भण्डार भई रक्तनली साँघुरो हुदै जाने हुन्छ ।
मोटोपनको सबैभन्दा ठूलो बेफाइदा भनेकै यसबाट हुनसक्ने संभावित रोगको भय हो ।
मोटोपन कसरी बढ्छ ?
मोटोपन बढ्नुको प्रमुख कारण गलत जीवनशैली र खानपान हो । तथापी कतिपय अवस्थामा वंशानुगत कारणले पनि मोटोपन बढ्ने गर्दछ ।
केहीमा थाइराइड लगायतका रोगले पनि मोटोपन बढ्दछ भने कतिपयमा औषधीको सेवनले पनि मोटोपन बढ्दछ ।
मोटोपनबाट कसरी छूटकारा पाउने ?
१. कोही मानिसहरु मोटोपना घटाउन कम खाना खाने गर्दछन तर कम खादैमा मोटोपन कम हुदैन । बरु स्वस्थ्य एवं पोषणयुक्त खानाको सेवनबाट मोटोपन घटाउन सकिन्छ ।
२. मोटोपन घटाउने अर्को उपाय कार्बोहाइड्रेडयुक्त खानाभन्दा फलफूल, सागसब्जी बढी खानु पर्दछ । यस्ता खानेकुराले शरीरमा आवश्यक पोषण भर्नुको साथै मोटोपन कम गर्छ ।
३. सकेसम्म बजारमा पाइने जंकफूड, प्रशोधित खानेकुरा, चिल्लोयुक्त भोजन कम खानु पर्दछ ।
४. दिनमा १ वा २ पटक भोजन गर्दैमा मोटोपन घट्दैन । बरु दिनभरमा ४/५ पटक गरेर थोरै थोरै खाने गर्नु उत्तम हुन्छ । एकै पटक धेरै खादाँ मोटोपन बढ्छ ।
५. मोटोपना बढाउने अर्को कारण तारेको, भुटेको, मसलेदार खानेकुराहरु हुन् । त्यसैले यस्ता खानेकुराको सट्टामा उसिनेको खानेकुरा खाने गर्नुपर्दछ ।
६. उसिनेको सागसब्जीको रस, फलफूल वा सलाद लगायतका खानेकुरा खाएमा मोटोपन कम हुदैं जान्छ ।
७. दैनिक जीवनमा हामीले अनिवार्य शारीरिक परिश्रमयुक्त काम वा ब्यायाम गर्नुपर्दछ ।
८. बिहान सबेरै उठ्ने, बेलुकी चाडै सुत्ने, राति अबेरसम्म नबस्दा पनि मोटोपन कम हुन्छ ।
९. एकै स्थानमा लामो समय नबस्ने छिनछिनमा शारीरिक क्रिया गर्दा पनि मोटोपन कम हुन्छ ।
१०. मदिरापान तथा मदिरापानका क्रममा गरिने स्न्याक्सको सेवनले पनि मोटोपन बढ्ने गर्दछ ।






Discussion about this post