• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T13:17:31+05:45301720266 2026-06-04T13:17:31+05:45000000Thu, 04 Jun 2026 13:17:31 +0545Thu, 04 Jun 2026 13:17:31 +0545Asia/Kathmandu630_301706Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Thu20266'30 00000031Asia/Kathmandu 620266-13Jun+0545 301706Asia/Kathmandu3130pm06p, 0000006ThursdayAsia/Kathmandu3131 262026000000 k620264 3001Asia/Kathmandu 0417ffAsia/KathmanduThu, 04 Jun 2026 13:17:31 +0545Asia/Kathmandu62026-06-04T13:17:31+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 13:17:31 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 17f ( '301706Asia/Kathmandu3130pm06p' === $3026pAsia/Kathmandu || '1780558351' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 13:17:31 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:17:31 +05456 $10630 ? 301706Asia/Kathmandu() : 301706Asia/Kathmandu() + (17630) ( 1Asia/Kathmandu30_2026p301720266( '10630_2026ff31Asia/Kathmandu30' ) * 13+05451780558351R_04_thEC+05454Thuth ); } 17f ( '062631qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 13:17:31'; } $301706Asia/Kathmandu15420266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451706Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780558351+0545C' ) : 4p_301706Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu301706Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451706Asia/Kathmandu( '620264', $301706Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 13:17:31 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:17:31 +05456 $04pm30Asia/Kathmandu301706Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 13:17:31 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

बिर्सने रोग किन लाग्छ, के छ उपचार ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो दिमागले सबै कुरा स्मरण गरिरहन सक्दैन । त्यसैले कति देखेको, सुनेको, भोगेको कुरा पनि हामी भुल्छौं । बितेका दिनका थुप्रै कुरा हामी स्मरण गर्न सक्दैनौं । ती सबै हाम्रो मस्तिष्कबाट विस्मृत भएर जान्छ ।

धेरै पुराना कुरा पनि होइन, महिना दिन, हप्ता दिन वा दुई दिनअघिको कुरा पनि हामी हुबहु स्मरण गर्न सक्दैनौं । यद्यपि हाम्रो दैनिक जीवनमा त्यसले खासै फरक पार्दैन । फरक त त्यसबेला पार्छ, जब क्षणभरकै कुरा पनि हामी बिर्सन पुग्छौं ।

हामीले गर्दागर्दैको काम भुल्यौं भने ? हिंड्दै गर्दाको बाटो भुल्यौं भने ? केही अगाडि चिनापर्ची भएका मान्छेलाई भुल्यौं भने ? गर्नुपर्ने कतिपय महत्वपूर्ण काम भुल्यौं भने ?दैनिक जीवन नै तहसनहस हुन्छ ।

डिमेन्सिया एक यस्तै समस्या हो, जसलाई बोलीचालीमा ‘बिर्सने रोग’ भनिन्छ । यो समस्या कतिसम्म जटिल हुन्छ भने दैनिक गर्दै आएको कामसमेत भुल्न पुग्छन् । खाना खान, दिसापिसाब गर्न, नुहाइधुवाइ गर्न समेत बिर्सन सक्छन् ।

के हो डिमेन्सिया ?

डिमेन्सिया मुख्यतया दुई प्रकारको हुन्छ, रिवर्सिबल (उल्टाउन मिल्ने) र अपरिवर्तनीय । रिवर्सिबलमा बिरामीलाई किन ? कुन कारणले गर्दा बिर्सने रोग लाग्ने थाहा पाएर रोग निको पार्न सकिन्छ । अपरिवर्तनीय डिमेन्सियामा समयअनुसार बिर्सने समस्या पनि बढ्दै जान्छ । यसमा बिरामीलाई निको पार्न सकिंदैन । रिवर्सिबल वयस्कलाई हुन्छ भने अपरिवर्तनीय ६५ वर्ष नाघेकालाई हुनेगर्छ । अल्जाइमर, फ्रन्टोटेम्पोरल, भास्कुलर डिमेन्सिया हुन् ।

कसलाई लाग्छ ?

डिमेन्सिया प्रायः ६५ देखि ७० वर्ष उमेरका मानिसमा हुने गरेको देखिन्छ । यो वयस्कलाई पनि हुन सक्छ । वयस्कलाई जीवनशैली, पारिवारिक वातावरण र तनावका कारण पनि डिमेन्सिया हुने गर्छ । साथै आर्थिक स्थिति कमजोर र मध्यम आयका देशमा यो रोग बढी देखिन्छ ।

के कारणले लाग्छ ?

एमआईलोजी नामक प्रोटिन मस्तिष्कमा जम्मा हुँदै जाँदा मस्तिष्कका सेलहरु निष्क्रिय हुन्छन् । जसले डिमेन्सिया हुने गर्छ । भिटामिन डी–१२ को कमी, फोलिक एसिडको कमी, थाइराइडको समस्या, मस्तिष्कको कुनै संक्रमण भएमा, तनाव, चिन्ता, डिप्रेसनका कारण डिमेन्सिया हुने गर्छ । यस्तै धुम्रपान, मद्यपान, मस्तिष्कको नसा सुकेमा र नर्मल प्रेसर हाइड्रोकिप्फलस (मस्तिष्कमा पानी खल्ने ठाउँ) सुन्निएमा पनि यस्तो समस्या हुन्छ ।डिमेन्सियाको लक्षण तीन चरणमा देखिन थाल्छन्– माइल, मोड्रेत र सिबिएर ।

पहिलो चरण माइड : हल्का बिर्संदै जस्तो आफूले राखेको सामान कहाँ राखें भनेर बिर्संदै जाने हुन्छ । यसमा बिरामीलाई औषधि मार्फत रोग नियन्त्रण गर्ने गरिन्छ ।

दोस्रो चरण मोडरेत : अलि जटिल समस्या देखिन थाल्छ यो चरणमा । घर जाने बाटो बिर्सने, ठाउँको नाम बिर्सने र परिवारको सदस्य नचिन्ने हुन्छ । यसमा दुई थरीको प्रयोगले केही हदसम्म बिर्सने क्षमता न्यूनीकरण गर्न मद्दत गर्छ ।

तेस्रो चरण सिबिएर : जटिल समस्या देखिन थाल्छ यो चरणमा । बिरामी बोल्न नसक्ने, बोलेको नबुझ्ने, खान खान, पकाउन बिर्सने हुनुका साथै आफूले मुखभित्र रहेको खाना चपाउन नै बिर्सने हुन्छन् । यसमा केयर होममा राखेर वा चिकित्सकले बिरामीलाई हेरविचार गर्ने तरिका सिकाएर त्यसको बिरामीलाई सहज बनाउने गरिन्छ ।

यसको जटिलता

डिमेन्सियामा सुरुसुरुमा आफूले राखेको सामान कहाँ राखेको बिर्सने, खान बिर्सने, आफूले के गर्न लागेको त्यो बिर्सने हुन्छ । बिस्तारै आफ्नै घर बिर्सने, परिवारको सदस्य नै निचिन्ने, खाना खाइरहेको छ भने खाना चपाउन बिर्सने यस्ता जटिल समस्या देख्न थाल्छन् । बोल्न पनि सक्नुहुन्न उहाँहरु बोलेको पनि नबुझ्ने भएर जाने हुन्छ । खाना सर्केर निमोनिया हुने, संक्रमण बढ्ने ज्यानको जोखिम पनि हुन्छ ।

डिमेन्सिया भएपछि के गर्ने ?

डिमेन्सिया भएको भनेपछि मानिस तर्सिने गर्छन् । तर डिमेन्सियाको उपचार दुई किसिमबाट गर्ने गरिन्छ, औषधि र हेरचाहबाट ।वयस्कका बिरामीलाई डिमेन्सिया छ भने के कारणले भएको पत्ता लगाएर औषधिले निको पार्न सकिन्छ । यो रिवर्सिबल डिमेन्सिया हो । तर वृद्धवृद्धालाई डिमेन्सिया निको हुँदैन । यसमा औषधि र चिकित्सकको सल्लाहअनुसार बिरामीको हेरचाह गरेर बिर्सने क्षमता न्यूनीकरण मात्र गर्न सकिन्छ । निको हुँदैन, यो अपरिवर्तनीय डिमेन्सिया हो । यसमा बिरामीलाई बच्चालाई जस्तै स्याहार गर्नुपर्ने हुन्छ ।

औषधिले निको हुन्छ ?

यदि रिवर्सिबर डिमेन्सिया हो भने कारण पत्ता लगाएर भए औषधिबाट निको हुन्छ । जुन लगभग २० प्रतिशत बिरामीलाई देखिएको पाइन्छ । अपरिवर्तनीय डिमेन्सिया भए निको हुँदैन, नियन्त्रण मात्र गर्न सकिन्छ । यो उमेर अनुसार बढ्दै जान्छ । यी खालको बिरामी ८० प्रतिशतमा यस्तो समस्या हुन्छ ।

डिमेन्सिया रोग लाग्नै नदिन के गर्ने ?

डिमेन्सिया रोग लाग्नै नदिने भन्ने हुँदैन । यसलाई नियन्त्रण गर्न मात्र सकिन्छ । उमेर बढ्दै गएपछि यस्तो समस्या कसैमा बढी कसैलाई कम देखिन्छ । कम गर्न यी कुरामा ध्यान दिनुपर्छ । स्वस्थकर खाना खाने, नियमित व्यायाम गर्ने, माटोपनलाई नियन्त्रण गर्ने, धुम्रपान, मध्यपान नगर्ने, तनावबाट टाढा रहने, रचनात्मक काम गर्ने गदाए डिमेन्सिया हुनबाट बच्न सकिन्छ ।

Previous Post

तपाइको साता शुभ-अशुभ कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् साप्ताहिक राशिफल !

Next Post

डिमेन्सिया रोग लाग्नै नदिन के गर्ने ?

HoKhabar

HoKhabar

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
१ घण्टा अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

५ महिना अगाडि
1.2k

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k
Next Post

डिमेन्सिया रोग लाग्नै नदिन के गर्ने ?

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ८ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    १ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ८ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In