HOKHABARNEWS
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

चिनियाँ अर्बपति ज्याक माको १५ सुझाव, कसरी सफल बन्ने ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरू जीवनमा कसरी सफल हुन्छन् । एउटै धरातलबाट उठेका कोही अर्बपतिको सूचीमा विश्वभरि चर्चित हुन्छन् भने कोही किन गुमनाम हुन्छ ? आफूले आफ्नो जीवनलाई जिउने र त्यसको मूल्य बुझ्ने र नबुझ्नेमा यो भिन्नता हुन्छ ।

कसैलाई सम्पत्तिले नै खुसी दिने गर्छ भने कसैलाई विनासम्पत्ति नै खुसी मिल्ने गर्छ । हामीले प्रस्तुत गर्न लागेको जीवनमा सम्पत्ति आर्जन गर्ने ज्याक माको कला केवल सम्पत्ति कमाउने व्यवस्थापनको लागि बढी उपयोगी हुन सक्छ ।

चिनियाँ अर्बपति ज्याक मा अलिबाबा ग्रुपका संस्थापक हुन् । कोरोना भाइसरको समयमा दक्षिण एसियाली मुलुकमा विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेर समाजसेवीको रुपमा चर्चामा आएका उनी त्यसभन्दापहिले व्यवसायिक सफलताका कारण भने धेरै पहिलेदेखि नै सफलतामा थिए ।

कठिनाइ र आलोचनाको सामना गर्दै सफलताको शिखरमा आफूलाई उभ्याउन सफल ज्याक मालाई फाइनान्सियल टाइम्सले सन् २०१३ मा पर्सन अफ दि इयरको उपाधि समेत दिएको थियो । सो उपाधि दिने क्रममा चिनियाँ उद्यमशीलताको प्रतीकको रुपमा उनको अद्भुत सफलतालाई साक्षीको रुपमा उनलाई प्रस्तुत गरिएको छ ।

धेरैलाई लाग्न सक्छ आफ्नो व्यावसायिक र वित्तीय जीवनको व्यवस्थापनमा माको दृष्टिकोणलाई किन समाहित गर्ने ? यदि उनको दृष्टिकोणलाई समाहित गर्न सकिन्छ भन्ने लाग्छ भने उनको सफलताको राज वा उनले दिएको सफलताको सूत्र निम्नानुसार रहेको छ ।

१. अवसरको सोचाइलाई फराकिलो बनाउनुहोस्

मा सफलताको लागि अवसरको बाटोलाई फराकिलो कोणले हेर्नुपर्ने बताउँछन् । सबै सम्भावनालाई सँगै लिएर जाने र प्रत्येक अवसरको लागि बाटो खुला राख्दै जानुपर्छ भन्ने विचार उनी राख्छन् । यसले एउटा अवसरमा सफलता हासिल गर्न नसके पनि अर्काे अवसरले पछ्याइरहेको हुन्छ भन्ने उनको मान्यता छ ।

२. हरेक अवसरलाई खुला रूपमा व्यवहार गर्नुहोस्

यदि तपाईं ठूलो परिणाम हात पार्न चाहनुहुन्छ भने त्यसको लागि कुनै पनि अवसरलाई सानो र मध्यम भनेर विभाजित नगर्नुहोस् । तपाईंमा केही न केही शक्ति छ । त्यो शक्तिलाई समात्नुहोस् । त्यो अवसरलाई कसरी प्रस्तुत गर्ने ? भन्ने बारेमा हृदयबाटै निर्णय लिनुहोस् । केही पनि कुरालाई सानो जस्तो व्यवहार नगर्नुहोस्, यदि तपाईं ठूला परिणामहरू चाहनुहुन्छ भने यो अत्यावश्यक छ ।

३. आफूले आफैंलाई समीक्षा गर्नुहोस्

तपाईंको हालको स्थिति र तपाईंले चाहनुभएको स्थिति बुझ्ने प्रयास गर्नुहोस् । वास्तवमा तपाईं केको लागि त्यो काम गर्दै हुनुहुन्छ ? तपाईं कहाँसम्म पुग्न चाहनुहुन्छ ? त्यसको लागि तपाईं के सही मार्गमा हुनुहुन्छ ? भन्ने कुरालाई समीक्षा गर्नुहोस् ।

४. जे गर्नुछ छिटो गर्नुहोस्

हतारमा गरेको कामलाई धेरैले असफलताको कारण मान्ने गर्छन् । तर ज्याक मा योजना बनाएर काम फत्ते गर्ने समय कुर्नु उपयुक्त होइन भन्ने धारणा राख्छन् । त्यसैले उनको बिचारमा जे गर्नुछ छिटो र सुझबुझपूर्वक गर्नु राम्रो हुन्छ । यदि योजना बनाएर समय गुजार्न थालियो भने यसले कसैलाई पनि फाइदा गर्दैन । यहाँ छिटो भनेको योजना बनाएर बीचमा धेरै समय फुर्सदिलो बन्ने विषयलाई उल्लेख गर्न खोजिएको हो ।

५. परिस्थितिभन्दा परको कुरा हेर्नुहोस्

तपाईंको वर्तमान अवस्था के छ ? कसरी वा कहाँ हुर्कनु भएको वा तपाईंको शिक्षा वा प्रशिक्षणको अभाव कस्तो छ ? भन्ने कुराले सफलता प्राप्तिमा जटिलता निम्त्याउन सक्ला । तर यसले सफलतालाई असम्भव गराउँदैन । तपाईं आफूले रोजेको प्रयासमा सफल हुन सक्नुहुन्छ । यो आत्मा, धैर्यता र कठोरताले नै तपाईंको लक्ष्यलाई जित्न मद्दत गर्छ भन्दा फरक पर्दैन ।

६. तपाईंको महत्वाकांक्षाको बाटो खन्नुहोस्

तपाईंको महत्वाकांक्षालाई एकोहोरो बनाउनुहोस् । त्यसको लागि दूरदर्शिताको सहयोग लिन सकिन्छ । तपाईं आफ्नो लक्ष्यमा फोकस गर्नुहोस् र यसको लागि कार्य गर्नुहोस् । आफ्नो महत्वाकांक्षा नबदल्नुहोस् ।

७. साहसी हुनुहोस्

जब माले आफ्नो व्यवसायको एक अत्यन्त सफल समूह अलीबाबा ग्रुपको सुरूवात गरेका थिए । उनले सम्भावित समर्थकहरूको आलोचनात्मक प्रतिक्रियाको सामना गर्न ठूलै साहस जुटाउनु परेको थियो । तपाईंको छनौटको महत्वाकांक्षासँगै यस्ता व्यवधानहरू आइरहन्छन् । त्यस्तो परिस्थितिको व्यवस्थापनको लागि साहस जुटाउनु आवश्यक छ ।

८. तपाईंको युवावस्थाको अवसरलाई सदुपयोग गर्नुहोस्

यदि तपाईं ३५ वर्षको उमेरसम्म पनि धनी बन्न सक्नुहुन्न भने सम्झनुस् तपाईंले आफ्नो युवावस्था त्यसै खेर फाल्नुभयो । तपाईंको महत्वाकांक्षा र यसको खोजीमा राखेर उनीहरूको ऊर्जा र कल्पनाको साथ यी युवा उमेरलाई क्यापिटलाइज गर्नुपर्छ ।

९ सिंगो टिमलाई साझा लक्ष्यमा एकीकृत गर्नुहोस्

तपाईंको टोलीका प्रत्येक सदस्यलाई एकल व्यक्तिको पछाडि एकीकृत गर्न तपाईं कहिल्यै सफल हुनुहुने छैन । मा अनुमान गर्छन् कि ३० प्रतिशत मानिसहरु सधंै तपाईंसँग असहमत हुन्छन् । एक विचार, कारण वा मिसनको पछाडि तिनीहरूलाई एकजुट गर्नुहोस् र तपाईं टोलीको शक्तिलाई सदुपयोग गर्न सक्नुहुनेछ ।

१०. आफैँलाई बदल्न योग्य बनाउनुहोस्

विचार वा लक्ष्य मिल्नेहरुको एकीकरणबाट बनेको समूह कुनै विशेष व्यक्तिमा निर्भर हुँदैन । हामीले आफूले सोचेको नै सबै कुरा सही हुँदैन । त्यसैले आवश्यक परेको ठाउँमा आफैंलाई बदल्ने सोच पनि बनाउनुहोस् । त्यसो गर्दा जब तपाईं अगाडि बढ्नुहुन्छ, तिनीहरूको नेतृत्वले त्यो अभियान वा विचारको अविरल सफलता सुनिश्चित गर्छ ।

११. आफूभन्दा राम्रो सीप भएकालाई काममा लगाउनुहोस्

मा विश्वास गर्छन् यदि हाकिमलाई काम गर्ने कर्मचारीलाई भन्दा धेरै जानकारी र प्राविधिक ज्ञान छ भने यो निश्चित छ कि उसले गलत मान्छेलाई काममा लगाएको छ । श्रमिकहरू सधैं प्राविधिक रुपमा विशेषज्ञ हुनुपर्छ । तिनीहरूलाई भाडामा लिनुहोस्, सशक्तीकरण गर्नुहोस् र उनीहरूलाई काम गर्न दिनुहोस् । तिनीहरू यसमा तपाईंभन्दा राम्रो गर्न सक्छन् ।

१२. दूरदृष्टि, दुराग्रहरहित र सत् चरित्रयुक्त भएर जिउनुहोस्

कुनै कुनै यस्ता सीपहरू हुन्छन् जुन कुनै पनि कम्पनीको सफल नेतृत्वको लागि महत्वपूर्ण छ । कुनै पनि व्यवसाय विस्तार हुनको लागि त्यहाँका एक मुख्य नेता दूरदर्शी हुनुपर्छ । उसले हरेक अवसरलाई सही तरिकाले हेर्न सकोस् । एकजना आफैँमा कठोर पनि बन्दै जानुपर्छ । साथै व्यक्तिको चरित्र पनि सफा हुनुपर्छ ।

१३. दृढ रहनुहोस्

काम सुरु भएपछि नियमित रुपमा कठिन समयहरू थपिँदै जानेछन् । सुरुवातमा जहाँसुकै पनि चुनौतीको पहाड खडा हुन्छ नै । त्यो सिद्धान्तलाई दिमागमा राख्नुहोस् । त्यसैले सुरुवाती समयमा आफूले आफैँलाई कमजोर सोच्ने र हार खाने काम नगर्नुहोस् ।

१४. क्षमताभन्दा मनोवृत्ति महत्वपूर्ण हुन्छ

तपाईंको मनोवृत्तिले नै तपाईंको उचाइलाई निर्धारण गर्छ । चाहे सहज समयमा होस् या असहज समयमा । सफल व्यक्तित्वहरू शान्त रहन, उनीहरूको मिसनमा विश्वास राख्न र उनीहरूको इच्छित परिणाममा केन्द्रित गर्न लागिपर्छन् ।

१५. सुरक्षित निर्णय लिनु क्षमताभन्दा बढी महत्वपूर्ण हुन्छ

सबैतिर सफल भनिएका नेतृत्वकर्ता पनि सधैं चलाख वा कागजमा योग्य देखिँदैनन् । यद्यपि तिनीहरू आफैंलाई अत्यन्त सक्षम विज्ञहरूले घेरेका हुन्छन् । उनीहरू परिणाम हात पार्न बरु केही समय पर्खन्छन् तर आफूले निर्णय लिने समयमा स्पष्ट निर्णय लिन्छन् । त्यसैले आफूसँग यो क्षमता छ भन्नेभन्दा पनि निर्णय लिने समय र परिस्थिति कत्तिको उपयुक्त छ भनेर निर्णय लिनु नै उपयुक्त हुन्छन् ।

Previous Post

कहिले आउदैछ एसईईको रिजल्ट ? यस्तो छ बोर्डको तयारी

Next Post

असार १८ गते सोमबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस : राशिफल

HoKhabar

HoKhabar

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
२ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

२ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

असार १८ गते सोमबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.