HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

असोज महिनाको मासिक राशिफल । राशिफल

हो खबर by हो खबर
९ महिना अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष राशि
मेष राशिका लागि लाभदायक रहनेछ। अचल सम्पत्तिको खरिद, व्यवसाय र नोकरीमा सुधारको अवसर मिल्नेछ। प्रतिष्ठा बढ्नेछ भने सरकारी वा कानुनी मामिलामा सफलता मिल्ने सम्भावना छ। समय अनुकूल भए पनि स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ। जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनु होला।

वृष राशि
वृष राशिका लागि असोज महिना मिश्रित रहन्छ।  व्यवसाय र कार्यक्षेत्रमा उन्नति सम्भव छ। मनमा उमंग बढ्नेछ र आम्दानीमा वृद्धि हुनेछ। नयाँ व्यवसाय सुरु गर्न चाहनेहरूका लागि अनुकूल समय हो। विद्यार्थीले उचित समय व्यवस्थापन गर्नुपर्छ। परिवारका सन्तानसम्बन्धी चिन्ताले तनाव हुन सक्छ भने प्रेमजीवनमा उतारचढाव आउन सक्छ।

मिथुन राशि
मिथुन राशिका लागि असोज महिना मध्यम रहन्छ। आर्थिक पक्ष मजबुत देखिन्छ। जागिर वा व्यवसायका लागि यात्रा सम्भव छ। विलासी वस्तुहरूमा खर्च बढ्न सक्छ, तर धन सञ्चय गर्न कठिन हुनेछ। सरकारी कर्मचारीका लागि कार्यक्षमता बढ्नेछ। मातापिताको स्वास्थ्य कमजोर हुन सक्छ। प्रेमसम्बन्ध सामान्य रहनेछ।

कर्कट राशि
कर्कट राशिका लागि असोज महिना राम्रो रहनेछ। सूर्यको तृतीय गोचरले आत्मबल बढ्नेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ, सामाजिक प्रतिष्ठा बढ्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। आकस्मिक धन प्राप्तिको सम्भावना छ। प्रेम जीवन सामान्य रहनेछ। दाजुभाईसँग सामान्य विवाद हुन सक्छ। नेतृत्व क्षमता बढ्नेछ।

सिंह राशि
सिंह राशिका लागि असोज महिना मध्यम रहनेछ। सूर्यको गोचर दोश्रो भावमा भएकाले कार्यक्षेत्रमा सफलता मिल्नेछ। आर्थिक लाभका लागि संघर्ष आवश्यक छ। दीर्घकालीन लगानीमा सतर्क रहनुपर्छ। विद्यार्थीका लागि राम्रो समय छ, तर प्रेमजीवनमा उतारचढाव देखिन्छ। बोलीमा नियन्त्रण राख्नुपर्ने समय छ।

कन्या राशि
असोज महिना सामान्य रहन्छ। सूर्यको गोचर लग्नमा भएकाले व्यवसाय, रोजगारीमा अवसर मिल्नेछ। परिवारको साथ मिल्नेछ। अत्यधिक आत्मविश्वासले अहंकार उत्पन्न गराउन सक्छ, सचेत रहनुहोस्। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। पढाईको क्षेत्र मध्यम रहन सक्छ। प्रेम सम्बन्धमा सामान्य असमझदारी देखिन सक्छ।

तुला राशि
तुला राशिका लागि असोज महिना सामान्य रहनेछ। सूर्यको गोचर बाह्रौं भावमा रहेकाले विदेश जाने अवसर मिल्न सक्छ। मुद्दा मामिलामा सफलता मिल्नेछ। अनावश्यक खर्च नियन्त्रण गर्नुपर्छ । पारिवारिक असमझदारी टार्न प्रयास गर्नुपर्छ। चाडै विश्वास गर्दा समस्यामा पर्न सक्ने भएकाले लेनदेनमा विचार गर्नुपर्छ।

वृश्चिक राशि
वृश्चिक राशिका लागि असोज महिना राम्रो रहनेछ। सूर्यको गोचर एघारौं भावमा भएकाले आम्दानी बढ्नेछ। नयाँ रोजगारी वा व्यवसायको अवसर मिल्नेछ। प्रतिष्ठा बढ्नेछ। प्रतियोगिता तयारी गरिरहेकाले विजय प्राप्त गर्ने समय छ। पारिवारिक जीवन राम्रो रहनेछ।

धनु राशि
धनु राशिका लागि असोज महिना राम्रो रहनेछ। सूर्य दशम भावमा भएकाले व्यवसायमा लाभ मिल्नेछ। कार्यक्षेत्रमा मान-सम्मान बढ्नेछ। विद्यार्थीहरूका लागि राम्रो समय छ। मेहनत अनुसार राम्रो परिणाम प्राप्त हुनेछ। नयाँ कार्यको प्राप्ति वा पदोन्नति समय छ।

मकर राशि
मकर राशिका लागि असोज महिना मध्यम रहनेछ। सूर्य नवम भावमा रहेकाले उत्साह र ऊर्जा बढ्नेछ। कार्यक्षेत्रमा उन्नति मिल्नेछ। विदेश यात्रा वा उच्च अध्ययनको अवसर मिल्नेछ। धन आर्जन राम्रो हुनेछ तर खर्च पनि बढ्न सक्छ। पारिवारिक मेलमिलाप कायम राख्न आवश्यक छ।

कुम्भ राशि
कुम्भ राशिका लागि असोज महिना सामान्य रहनेछ। सूर्य अष्टम भावमा रहेकाले काममा अवरोध आउन सक्छ। परीक्षामा राम्रो गर्न अतिरिक्त प्रयास आवश्यक छ। स्वास्थ्यप्रति सचेत रहनुहोस्। व्यापारमा नोक्सानीको सम्भावना छ, खर्च नियन्त्रण गर्नुहोस्। नयाँ लगानी वा नयाँ कामको सुरुवातको लागि समय त्यति अनुकूल छैन।

मीन राशि
मीन राशिका लागि असोज महिना मध्यम रहनेछ। सूर्य सप्तम भावमा भएकाले व्यक्तित्व प्रभावशाली रहनेछ। जीवनसाथीको करियरमा सुधार आउनेछ। व्यवसायमा सफलता मिल्नेछ। तर मानसिक तनाव बढ्न सक्छ। विद्यार्थीहरूले मेहनत गर्नुपर्छ। साझेदारी व्यवसायबाट नाफा आर्जन हुने समय छ।

Previous Post

बिहीबार भगवान विष्णुको पूजा

Next Post

जेन-जीको आन्दोलन पछि पहिलो पटक खुलेको शेयर बजार ठुलो अंकले घट्यो – सबै सूचक राताम्य

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

जेन-जीको आन्दोलन पछि पहिलो पटक खुलेको शेयर बजार ठुलो अंकले घट्यो - सबै सूचक राताम्य

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.