आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ ।
नेपालमा प्रत्येक वर्ष असोज १ गते विश्वकर्मा पूजाको रूपमा मनाइन्छ। यो दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ,
मानव सभ्यता हरेक चरणमा सृजनात्मक कर्म र नव-निर्माणमा आधारित छ। घर, मन्दिर, नगरी, पुल, मेसिन, औजार र सम्पूर्ण प्रविधि हाम्रो जीवनलाई सहज, सुरक्षित र सम्पन्न बनाउनका लागि निर्मित गरिएका हुन्। यस्तो सृजनात्मक कर्मको मूल स्रोत र प्रेरणादायी शक्ति मानिन्छन् भगवान् विश्वकर्मा।
विश्वकर्मालाई प्राचीन ग्रन्थहरूमा देव शिल्पी अर्थात् “देवताका वास्तुविद्” भनेर सम्बोधन गरिएको छ। हिन्दु धर्मशास्त्रका अनुसार, भगवान् विश्वकर्मा ब्रह्माको वंशज मानिन्छन्, जसले तीनै लोकको निर्माण गरी सृष्टिलाई व्यवस्थित बनाएका थिए।







Discussion about this post