• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:19:48+05:45301920266 2026-06-04T09:19:48+05:45000000Thu, 04 Jun 2026 09:19:48 +0545Thu, 04 Jun 2026 09:19:48 +0545Asia/Kathmandu630_301906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000048Asia/Kathmandu 620266-9Jun+0545 301906Asia/Kathmandu4830am06p, 0000006ThursdayAsia/Kathmandu4848 262026000000 k620264 3009Asia/Kathmandu 0419ffAsia/KathmanduThu, 04 Jun 2026 09:19:48 +0545Asia/Kathmandu62026-06-04T09:19:48+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:19:48 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 19f ( '301906Asia/Kathmandu4830am06p' === $3026pAsia/Kathmandu || '1780544088' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:19:48 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:19:48 +05456 $90630 ? 301906Asia/Kathmandu() : 301906Asia/Kathmandu() + (19630) ( 9Asia/Kathmandu30_2026p301920266( '90630_2026ff48Asia/Kathmandu30' ) * 09+05451780544088R_04_thEC+05454Thuth ); } 19f ( '062648qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:19:48'; } $301906Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780544088+0545C' ) : 4p_301906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451906Asia/Kathmandu( '620264', $301906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:19:48 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:19:48 +05456 $04am30Asia/Kathmandu301906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:19:48 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

जातबारे रोचक प्रसंग : उपाध्याय र जैसी कसरी भए ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले नाता खाेज्दा पनि जात र थरकाे कुरा खाेज्ने गर्दछन् । विशेषत एउटै जात मानिनेभित्र पनि फरक-फरक तह भएकाे भेटिन्छ । बाहुन जातभित्र पनि उपाध्याय र जैसी भनेर छुट्याउने गरिएकाे पाइन्छ ।

यहाँ लेखक जनकलाल शर्माले लेखेकाे पुस्तक ‘हाम्रो समाज : एक अध्ययन’बाट जात र थर प्रथाबारे केही कुरा बताउन खाेजिएकाे छ । शर्माकाे पुस्तकमा उल्लेख विषय जस्ताकाे तस्तै :

जातप्रथाको जरा

हिन्दु धर्मशास्त्रले ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्रलाई क्रमानुसार राखेका छन, जसलाई वर्णाश्रम व्यवस्था भनिन्छ । शास्त्रकारहरू एक जातिको पुरुषले अर्को जातिकी स्त्रीसित समागम गरेर सन्तान जन्माउँदा विभिन्न जाति उत्पन्न भएको तर्क गर्छन् । वर्णाश्रमअनुसार उच्च जातको पुरुषले निम्न जातकी स्त्रीसित विवाह गर्न सक्छ । यस्तो बिहेलाई अनुलोम बिहे र यस्तो बिहेबाट जन्मेका सन्तानलाई अनुलोम सन्तान भनिन्छ । तर, निम्न जातको पुरुषले उच्च जातकी स्त्रीसित बिहे गर्न पाउँदैन । कदाचित् बिहे भएमा यस्तो बिहेलाई प्रतिलोम बिहे र यसबाट जन्मेका सन्तानलाई प्रतिलोम सन्तान भनिन्छ । यो मान्यता आधुनिक युगमा बेकार साबित भइसके पनि जातप्रथाको अन्तर्य भने त्यहीँ छ ।

‘उपाध्यायकाे विधवा, जैसीको बिर्ता’

जस्तो कि ब्राह्मण पुरुषले रीत पुर्याएर मागी बिहे गरी ब्राह्मणी स्त्रीबाट जन्माएको सन्तान उपाध्याय ब्राह्मण नै हुन्छ । भगाएर ल्याएकी कुमारी बाह्मणी, विधवा ब्राह्मणी वा अर्काकी ब्राह्मणी, पुनर्विवाह भएकी ब्राह्मणी वा वैकल्या (बिहेको कुरा छिनिएपछि अस्वीकृत भई बिहे नभएकी) बाट ब्राह्मणले जन्माएको सन्तान जैसी हुन्छ । वर्णाश्रम र लोक व्यवहारमा जैसीलाई दोस्रो दर्जाको ब्राह्मण मानिन्छ । अनि ब्राह्मण पुरुषले ठकुरी स्त्रीबाट जन्माएको सन्तान हमाल हुन्छ, क्षत्री स्त्रीबाट जन्माएको सन्तान खत्री हुन्छ ।

हमाल शासक वर्गकी स्त्रीबाट जन्मेकोले कुलीन क्षत्री मानिन्छ भने खत्री उच्च स्तरको क्षत्री । ब्राह्मणले वैश्य स्त्रीबाट जन्माएको सन्तान साधारण क्षत्री हुन्छ । जातको स्तर मान्ने हो भने ब्राह्मण समाजमा बाबुले यसरी ‘बदमासी’ गर्दा छोराको जात घटुवा हुने भयो । शूद्रलाई बिहे गरेचाहिँ ब्राह्मण पनि शूद्र नै र उसका सन्तान पनि शूद्र नै अर्थात् अछुत हुन्छ । राणाकालसम्म यस्ता ब्राह्मणलाई चारपाटे मुढेर, जुत्ताको माला लगाई गधामा उल्टो बसाएर डाँडा कटाउने चलन थियो ।

जैसी समाज उपाध्यायको तुलनामा अलि उदार छ । यस समाजमा सजातीय स्त्रीसित जारी विवाह वा विधवा विवाह पनि स्वीकृत छ । यस्तो विवाहबाट जन्मेको सन्तान हीन वर्णको मानिँदैन । जैसी समाजमा उपाध्यायका सधवा वा विधवासँग पुनःविवाह पनि चल्छ । यस्तो विवाहबाट उत्पन्न सन्तति उच्चकोटीको जैसी कहलिन्छ । त्यसैले नेपाली समाजमा ‘उपाध्येका विधवा, जैसीका बिर्ता’ भन्ने उखानै छ ।

वर्णाश्रममा वैश्यसम्म (जो आधुनिक युगमा आदिवासी जनजातिका रूपमा चिनिन्छन) पानी चल्ने वर्ण मानिन्छ । जैसीले आफूभन्दा ‘निम्न’ तर पानी चल्नेसम्मकी जातकी स्त्री बिहे गरेर सन्तान जन्माए त्यस्तो सन्तान क्षत्री हुन्छ । तर, शासक वर्ग भएकाले ठकुरी स्त्रीले जैसी पुरुषबाट जन्माएको सन्तान पनि उपाध्यायबाट जन्माएको सन्तानसरह हमाल नै हुन्छ ।

को हुन् भाट र खाती ?

यता, शास्त्रकारले क्षत्रीय पुरुष र ब्राह्मण स्त्रीबाट जन्मेको सन्तानलाई ‘सूत’ मानेका छन् । महाभारतमा सूतपुत्र भनेर होच्याइएका कर्ण सायद यस्तै सन्तान हुन् । नेपालमा सूतलाई भाट भनिन्छ । नेपाली लोक व्यवहारमा चाहिँ एकपल्ट क्षत्रीसँग गइसकेकी ब्राह्मण स्त्रीले फेरि कुनै ब्राह्मणबाट सन्तान जन्माई भने त्यस्तो सन्तान भाट हुन्छ । प्राचीन धर्मशास्त्रले अनुमति नदिए पनि नेपाली लोक व्यवहारमा त्यस्तो सन्तान तागाधारी क्षत्रीय हुन्छ । अनि विधिपूर्वक बिहे नभई गुप्त रूपमा क्षत्रीयसँग संसर्ग भई जन्मेको सन्तान खाती हुन्छ ।

यसले के देखाउँछ भने जातिवादीले जातीय वा नश्लीय शुद्धताका आवाज जति उठाए पनि प्राचीन कालदेखि नै स्त्री–पुरुषबीच प्रेम र शारीरिक सम्बन्धमा यस्तो बन्धन तोडिँदै आएको छ । विज्ञानले पनि आज विजातीय स्त्री–पुरुषबाट जन्मिएको सन्तान शारीरिक र मानसिक रूपमा उन्नत हुने प्रमाणित गरिसकेको छ ।

कुँवर र बेलवासे

कुनै समय शासक वर्ग भएकाले राणाहरूमा एकखालको कुलीनता र उच्च क्षत्रीय भएको दम्भ पाइन्छ । तर, त्यसको जरा खोतल्दै जाँदा कुरा अर्कै आउँछ । नेपालमा दास प्रथाको अन्त्य विसं १९८१ मंसिर १४ गते भयो । त्यसअघिसम्म हुनेखानेको परिवारमा दासदासी हुन्थे । दासदासीले नाथ सम्प्रदायमा दीक्षित भएर त्यो मत ग्रहण गर्नासाथ उनीहरूको सामाजिक मर्यादा बढेर जान्थ्यो ।

नाथ सम्प्रदायका अनुसार कर्म चलाउनुको अर्थ हो कान चिराउनु । यो कार्य असाध्यै बीभत्स हुन्छ । त्यसको घाउ पाकेर कतिको मृत्युसमेत हुन्छ । त्यसैले कतिपयले कान चिराउन मान्दैनन् । यस्ता कान नचिराउनेको सामाजिक मर्यादा दासदासीको भन्दा धेरै माथि हुन्थ्यो । यिनै कान चिराउन नचाहने नाथ सम्प्रदायका जोगीले दासीबाट जन्माएका सन्तानलाई कँवर वा कुँवर भनियो । जंगबहादुर राणा पनि राजा सुरेन्द्रविक्रमबाट श्री ३ को राणा पदवी नपाउन्जेल कुँवर नै थिए ।

यता बेलबासेहरूको पृष्ठभूमि भने अझै रोचक छ । खाना बनाउनुअघि दानका लागि अन्न छुट्टयाउने अर्थात् दुमु निकाल्ने चलन नेपाली समाजमा पनि छ । यसरी निकालिने दुमुमा एक मुठी भए भिक्षा, चार मुठी भए अग्रग्रास र १६ मुठी भए हन्तकार भनिन्छ । यस्तो अन्न ब्राह्मणहरूलाई दान गरिन्छ । यही हन्तकार ग्रहण गर्ने ब्राह्मणलाई हन्तकारी भनिन्छ जुन अपभ्रंश हुँदै पछि हन्तकाली भयो ।

यस सन्दर्भमा पश्चिम नेपालमा ब्राह्मण समाजमा चलेको एक किंवदन्तीअनुसार अंग्रेजहरू भारत आउनुअघि त्यहाँ मुसलमान शासकको दबदबा थियो । कुनै मुगल दरबारमा एकजना हन्तकाली ब्राह्मण पनि मन्त्री थिए । नवावले ब्राह्मणलाई यस्तो हन्तकार नलिन दबाब दिए । तर, ब्राह्मणले परम्परा तोड्न मानेनन् । फलतः उनलाई छाला काढेर मारियो र सर्वस्वहरण गरियो । तिनका सन्तान ज्यान जोगाउन त्यहाँबाट भागे ।

छाला काढेर मारिएका ब्राह्मणका सन्तानलाई छालातानी भनियो । यिनै छालातानी ब्राह्मणहरू सुरक्षित स्थल खोज्दै कुनै बेलको जंगलमा बसोबास गर्न थाले । बेलको जंगलमा बस्ने हुनाले लोकले उनीहरूलाई बेलवासे भन्न थाल्यो । शर्माका पुस्तकअनुसार आज पश्चिम नेपालमा बसोबास गर्ने बेलवासे थरका जनता यिनै छालातानी ब्राहमणका सन्तान हुन् ।

उनीहरू आफूलाई छालातानी नभनी बेलवासेकै रूपमा चिनाउँछन् जुन अहिले उनीहरूको थर भएको छ । व्याख्या नहुन्जेल यस्तो पदावली हीन अर्थमा प्रयोग हुने हुनाले पनि उनीहरूले आफूलाई हन्तकाली वा छालातानी भनी नचिनाउनु स्वाभाविक हो ।

चोर, ढाँट र ठग : यस्तो पनि थर

शर्माको पुस्तकमा पत्यारै गर्न नसकिने चोर, ढाँट र ठगजस्ता थर पनि महाकाली र सेती अञ्चलमा पाइने एउटा रोचक प्रसंग छ । सिञ्जामा बिष्ट थरका सिँजापति ब्राह्मणले राज्य गर्ने समय आजको डँडेलधुरामा पर्ने अजयमेरु वा अजयमिहिर कोटमा नागीमल्ल नामका राजा अविवाहित भएकाले निसन्तान थिए । आफ्नै राज्यमा पर्ने आजको अछामको छेउमा काम विशेषले जाँदा त्यहीँ उनको मृत्यु भयो । राजाको मृत्युपछि उत्तराधिकारीको अभावमा धेरै वर्षसम्म मन्त्रीहरूले राजाकै नाममा राज्य चलाए ।

यसै समय राज्यका सारा जनताले एउटै सपना देखे । सपनाअनुसार आफ्नै राज्यकी एक विधवा ब्राह्मणीबाट राजा नागी मल्लले छोरा जन्माएका छन् । बालक सिञ्जाली राजाको संरक्षणमा छ ।

प्रतिनिधि मण्डल राजकुमारको खोजीमा सिञ्जा पुग्यो । नभन्दै त्यहाँ राजकुमार रहेछन् । राजकुमार बराबर तौलको सुन तिरेर उनलाई पठाउन सिञ्जाली राजा तयार भए । प्रतिनिधिमण्डलले सर्त मञ्जुर गर्यो । र, अजयमेरु फर्कियो । जीवित मल्ल नामका ती राजकुमारको तौल ३६ धार्नी थियो । ३६ धार्नी सुन तिरेरमात्र उनलाई लान पाइने भयो । १८ धार्नीका दुई लाप्सा सुन लिएर प्रतिनिधिमण्डल सिञ्जा हिँड्यो । सुन लिएर जानेहरूले सोचे, ‘यतिका सुन दिएपछि हाम्रो राज्य कंगाल हुन्छ । ताँबोमा सुनको जलप लगाएर बुझाए सुन पनि जोगिने, राजकुमार पनि आउने दुवै काम हुन्छ ।’

सल्लाहअनुसार उनीहरूले असली सुन त्यहीँ खाल्डो खनेर कसैले नदेख्ने गरी लुकाए । बदलामा सुनको जलप लगाएको ३६ धार्नी ताँबो सिञ्जाली राजालाई बुझाउन गए । चतुर राजाले त्यो छलबारे थाहा पाइसकेका थिए । प्रतिनिधि मण्डललाई राजाले भने, ‘तिमीहरूले चोर, ढाँट र ठगको काम गर्यौ । त्यो पदवी लिन तिमीहरू तयार छौ भने राजकुमार फर्काउँछु ।’

प्रतिनिधि मण्डल जसरी पनि राजकुमार लिएर जाने ताकमा थियो । गल्ती स्वीकारेर त्यो पद धारण गरी राजकुमार लैजान उनीहरू तयार भए । त्यस दिनदेखि ती व्यक्ति र तिनका सन्तानको थर चोर, ढाँट र ठग भयो । त्यो पदवी वा थर २००७ सालसम्म घरायसी काममा मात्र होइन, सरकारी अड्डामा पनि चलाइन्थ्यो। आजभोलि ठगहरू थापा लेख्छन् भने ढाँट र चोरहरू खड्का । ढाँटको गोत्र धनञ्जय हो भने चोरको कौशिक । ठगको गोत्र थाहा हुनसकेको छैन ।

Previous Post

समलिंगी विवाह दर्ता गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

Next Post

आज २०८० साल असार असार १४ गते बिहिबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

HoKhabar

HoKhabar

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post
सुपा देउराली

आज २०८० साल असार असार १४ गते बिहिबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In