HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

साउनमा माछा–मासु किन नखाने ? यस्तो छ महत्व

अप्सरा आचार्य by अप्सरा आचार्य
१० महिना अगाडि
in अवर्गीकृत, धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

साउन महिना धर्मकर्म गर्ने महिना । साउनमा विशेष गरी भगवान शिवको पूजा– पाठ, तीर्थ व्र्रत गर्ने हिन्दू धर्मावलम्बीमा परम्परा रहिआएको छ । शास्त्रले साउने सोमबारको व्रतको महिमा गाएको छ ।

पछिल्लो समय फेशनकै रूपमा हरियो चुरा, मेहेन्दी र पहिरन पनि हरिया नै लगाउने चलन बढ्दो छ । यो महिनामा माछामासु खान नहुने मान्यता छ । अधिकांश हिन्दू धर्मावलम्बी साउन महिनामा शाकाहारी भोजन गर्ने गर्छन् ।

साउनमा माछामासु किन नखाने ? भन्ने प्रश्नमा धार्मिक, आर्युवेदिक, वैज्ञानिक र स्वास्थ्य चिकित्साको क्षेत्रमा आ–आफ्नै तर्क पाइन्छन् ।

साउन महिनाको महत्व

१२ महिनामध्ये सबै महिनाका छुट्टाछुट्टै महत्व छन् । उपासना पद्धति र आ–आफ्नो परम्परा अनुसारका नियम छन् । साउन महिनाको पनि छुट्टै महत्व रहेको आचार्य गुरु सोमनाथ कोइरालाले बताउँछन् ।उनका अनुसार साउन महिना भगवान शिवको उपासना गर्ने र आफ्नो मनलाई शान्ति राख्ने पवित्र महिना हो । समुन्द्र मन्थन गरेर निस्केको विषलाई भगवान शिवले घाँटीमा ग्रहण गरेको र गोसाइकुण्डमा त्रिशुलले खोपेर त्रिशुली नदीको उत्पति गरेको शास्त्रीय मान्यता छ । भगवान् शिवले यी सबै काम साउन महिनामा गरेको पूराणमा उल्लेख छ । साउन महिना शिवको भक्तिको महिना हो ।

धर्मिक मान्यता सँगसँगै साउनमा पर्याप्त मात्रामा पानी पर्ने जताततै हरियाली हुने भएकाले प्राकृतिक दृष्टिले पनि साउनको छुट्टै महत्व रहेको कोइराला बताउँछन् ।

साउनमा माछा मासु किन नखाने ?

साउनमा मासु खान नहुने विषयमा पनि धार्मिक, वैज्ञानिक, जैविक तथा आयुर्वेदलगायतको आ–आफ्नै तर्क छ । तर सबैको निश्कर्ष माछा मासु खानु हुँदैन भन्ने नै रहेको कोइराला बताउँछन् ।

धार्मिक कारण

सनातन धर्मले जीव हत्या गर्नु हुँदैन भनेको छ । मांस आहार गर्नु हुँदैन, सधैं सात्विक भावना राख्नुपर्छ । सत्व, रज र तमो गुणमध्ये मानिस सधैं सत्वगुणी हुनुपर्छ भनिएको छ । सत्वगुण धारण गर्नाले जीवनमा सफलता प्राप्त हुन्छ भन्ने शास्त्रीय विश्वास छ ।

साउनको सुरुवातसँगै दक्षिणायन प्रारम्भ हुन्छ । त्यस्तै श्रावण पूर्णिमामा श्रवण नक्षत्रको योग हुने भएकाले यो महिनालाई श्रावण भनिएको हो । यसको धार्मिक, प्राकृतिक र सांस्कृतिक नियम र नीति छन् ।

त्यस्तै हिलो मैलो गरेर खेती किसानी गरिसकेपछि शरीरका रोग हटाउन कण्डारक नामक राक्षसको पूजा गर्ने, लुतो फाल्ने, लगायतका परम्परा छ ।

भगवान शिवको नाममा धेरै महिला दिदी बहिनी व्रत बस्छन् । व्रत बस्दा मासु खान उपयुक्त हुँदैन । यो समयमा भगवान विष्णु आराम गरिरहेका र समुन्द्रमा उनको सेवाका लागि विभिन्न जीव जन्तु खटिने भएकाले जीवजन्तुलाई मार्नुहुँदैन भनिन्छ ।

स्वास्थ्यको कारण

स्वास्थ्यका दृष्टिले बर्खाको समयमा हाम्रो पाचन प्रणाली मौसमको प्रभावले कमजोर भएको हुन्छ । त्यस्तो अवस्थामा प्रोटिनयुक्त चिज र पशूजन्य चिज खाँदा शरीरले पचाउन सक्दैन । शरीरमा विभिन्न किसिमका रोग निम्तिने खतरा रहन्छ ।

बर्खाको समयमा जीवमा विभिन्न किसिमका फंगस, ब्याक्टेरिया, माइक्रोवियललगायत परजीविको सङ्क्रमणको जोखिम हुन्छ । तसर्थ पनि मांस आहार गर्नुहुँदैन ।

जैविक कारण

जैविक मान्यता के छ भने यो बेलाको मौसम, प्राकृतिक सुन्दरता लगायतका कारणले धेरै जीवको प्रजननका लागि उपयुक्त समय मानिन्छ ।

यस्तो बेलामा जीव हत्या गर्दा उनीहरूको प्रजनन् प्रक्रियामा प्रभाव पर्छ । साथै मानिसको स्वास्थ्यमा पनि विभिन्न किसिमका सङ्क्रमणको जोखिम हुन्छ ।

आयुर्वेदिक कारण

आयुर्वेदका हिसाबले मानव शरीरमा कफ, बात र पित्त तीन तत्वको व्यवस्थापन मिल्यो भने मात्रै मानिस स्वस्थ रहन्छ ।
बर्खाको समयमा बात र कफ उत्पादन हुने भएकाले कुनै पनि गह्रुङ्गा, बोझिला र प्रोटिनयुक्त वस्तु सेवन गर्नुहुँदैन । शरीरले त्यसलाई ग्रहण गर्न सक्दैन भन्ने मान्यता छ ।

साउनमा कस्तो भोजन गर्ने ?

खानाका सत्व, रज, तम गरी तीन वटा गुण हुन्छन् ।

जुन भोजन ग्रहण गर्दा मन चञ्चल हुँदैन मन शान्त हुन्छ र शरीरलाई हलुका महसुस हुन्छ त्यस्ता चिज जस्तै दाल, भात, ढिँडो, रोटीजस्ता शुद्ध, ताजा र कम मसलायुक्त खाना खानु राम्रो हुन्छ ।

बर्खाको मौसममा पाइने आलु, लौका, घिरौंला, करेला, सागजस्ता तरकारी खान उपयुक्त मानिन्छ । ताकि सजिलै पचाउन सकियोस् । लसुन, प्याज, माछा मासुलगायतका तामसिक भोजन ग्रहण गर्दा हाम्रो मनमा चञ्चलता उत्पन्न हुन्छ ।

कोही नराम्रो विचार भएको मान्छेले दिएको भोजन पनि हामीले ग्रहण गर्नुहुँदैन । भोजन सात्विक छ तर कसैले रिसाएर खान दिएको छ भने त्यसले पनि हाम्रो स्वास्थ्यमा असर गर्छ । त्यसैले जहाँसुकै नखाएर व्रत बसेको दिनमा आफैंले बनाएर खानु उपयुक्त हुन्छ ।

Previous Post

कपिलवस्तुमा नुहाउन गएका १० र ११ वर्षीय दुई बालकको खोलामा डुबेर मृत्यु

Next Post

झापामा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक गरिन – १०० दिनमा गरिएका सुधारका काम

५ महिना अगाडि
1.2k

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k
Next Post

झापामा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.