चालु आर्थिक वर्षको अन्तिम कारोबार हुने दिन मंगलबार नेप्से परिसूचकमा हरियाली छाएको छ । लगातार बढ्ने क्रममा नेप्से आज ३४.६१ अंक बढेर २७९४.७८ विन्दुमा पुगेको छ। यो करिब चार महिनायताकै उच्च विन्दु हो । गत फागुन २२ गते नेप्से २८१८.४३ विन्दुमा थियो । सो पछि भने लगातार घटेको नेप्सेमा मौद्रिक नीति आएपछि आइतबारदेखि सुधार देखिएको हो ।
१९३ कम्पनीको मूल्य बढ्यो भने ५५ को घट्यो । व्यापारबाहेक सबै समूहका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै ३.८६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.५९, फाइनान्स ०.७५, होटल तथा पर्यटन ०.५९, हाइड्रोपावर १.२८, लगानी ०.५२, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन १.३९, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा १.८५, अन्य ०.३३ प्रतिशत बढे । व्यापार भने ०.१८ प्रतिशत घट्यो ।
थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । ग्रिन डेभलपमेन्ट बैंकको ८.४१, अपरहेवाखोलाको ८.३०, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.०३, फरवार्ड माइक्रोफाइनान्सको ७.८४ तथा बुटवल पावरको ६.७९ प्रतिशत मूल्य बढ्यो ।






Discussion about this post